FAQs Complain Problems

(बैठक नं. ५४, मिति २०७६/०१/०४, बुधबार )

    प्रस्ताव (कार्यपालिका बैठक नं. ५४, मिति २०७६/०१/०४, बुधबार )

१.सार्वजनिक सुनवाई सम्वन्धमा

२. सामुदायिक/संस्थागत विद्यालयलाई अनुमति दिने सम्वन्धमा

३. शहिद कृष्णशेन इच्छुक बहुप्राविधिक शिक्षालयलाई जग्गा व्यवस्थापन सम्वन्धमा

४. जलाशय स्थलको डुबानमा रहेको घरको मुआब्जा सम्वन्धमा

५. प्रहरी चौकी रामपुर सम्वन्धमा

६. अपांग पुनर्स्थापना केन्द्र स्थापना तथा संचालन गर्नका लागि स्वीकृति सम्वन्धमा

७. योजनाको नाम सच्चाउने सम्वन्धमा

८. रेडियो मध्यपश्चिमले संचालन गर्ने 'रेडियो उद्घोषण एवं विकास पत्रकारिता' तालिम  सम्वन्धमा

९. विवध

निर्णय नं. १:

यस घोराही उपमहानगरपालिकाको आ.व. २०७५/०७६ को सार्वजनिक सुनवाई को लागि सूचना शाखाबाट पेश भएको प्रतिवेदन माथि छलफल गरियो | उक्त प्रतिवेदन अनुसार २०७६/०१/०५ मा ग्रामिण महिला उत्थान केन्द्रको सहजीकरणमा हुने सार्वजनिक सुनवाईमा जवाफ दिने निर्णय गरियो |

निर्णय नं. २ :

यस घोराही उपमहानगरपालिका अन्तर्गतका संस्थागत एवं सामुदायिक विद्यालयहरुलाई शैक्षिक सत्र २०७६ देखि कक्षा/तह थप, मन्टेश्वरी संचालन तथा स्थान परिवर्तन गर्नका लागि शिक्षा नियमावली अनुसार तोकिएको मिति भित्र निवेदन पेश भएका र प्राविधिक कारणले छुट भएका केहि विद्यालयहरुको स्थलगत निरिक्षण प्रतिवेदनको आधारमा भौतिक संरचना तथा वातावरणका हिसाबले उपयुक्त देखिएका तपशिल बमोजिमका विद्यालयहरुलाई शिक्षा युवा तथा खेलकुद महाशाखाले करार कबुलियतनामा गराएर अनुमति दिने निर्णय गरियो |

तपशिल:

सामुदायिक तर्फ :

क्र.स.

विद्यालयको नाम

वडा नं.

संचालित तह कक्षा

अनुमति दिएको तह/कक्षा

१.

बालकल्याण मा.वि., खैरा

११

१ देखि १०

११

२.

आधारभूत विद्यालय, सवारिकोट

१ देखि ६

३.

जन कल्याण प्रा.वि., धारापानी

१ देखि २

संस्थागत तर्फ :

क्र.स.

विद्यालयको नाम

वडा नं.

संचालित तह/कक्षा

अनुमति दिएको कक्षा

१.

हाइलाइट इ.बो. स्कुल, बसन्तापुर

१ देखि ९

१०

२.

नव चेतना शैक्षिक बो. स्कुल, प्रा.लि.

१ देखि ९

१०

३.

गुरुकूल एकेडेमी, प्रा.लि. रतनपुर

१५

१ देखि ९

१०

४.

ज्ञानकुन्ज इ.बो., बकुलाही

१ देखि ८

५.

बालकुन्ज, इ. मि. स्कुल, बन्जाडी

१ देखि ७

६.

जन भावना इ.बो.स्कुल

१ देखि ६

७.

सनराइज एकेडेमी प्रा.लि.

१२

१ देखि ६

८.

अर्किड इडन एकेडेमी

१६

१ देखि ६

९.

मोडेल इ.बो. स्कुल, नारायणपुर

१०

१ देखि ५

१०.

नवज्योति विद्या निकेतन डुम्मरगाउँ

१३

१ देखि ५

१२

मिडवेष्टन भ्याली एकेडेमी प्रा.लि.

१८

१ देखि ५

१३

क्यास्पियन एकेडेमी स्कुल, प्रा.लि., नैनवार

१ देखि ३

१४

बाल प्रतिभा इ.बो प्रा.लि., मुकुनडाँडा

१ देखि  ३

१५

शुभतारा एजुकेशन एकेडेमी प्रा.लि.

१०

१ देखि २

१६

ए.वि.सी. एकेडेमी

१५

१ देखि २

१७

बहुआयामिक शिक्षा सदन प्रा.लि.

१८

सनग्लो एकेडेमी स्कुल

१४

 

१९

युनिक मिड वेस्टर्न एकेडेमी

१०

१ देखि ८

मन्टेश्वरी शिक्षा संचालन तर्फ :

क्र. स.

विद्यालयको नाम

वडा नं.

कै

१.

संस्कार मन्टेश्वरी

१४

 

२.

हिमचुली स्कुल

१६

 

३.

ओम अम्बिकेश्वरी विद्याश्रम

१८

 

४.

न्यु वेष्ट मन्टेश्वरी स्कुल

१५

 

५.

संस्कार एकेडेमी

१८

 

सिद्ध एकेडेमी (मन्टेश्वरी विद्यालय)

१७

 

स्थान परिवर्तन

क्र.स.

 

विद्यालयको नाम

हाल संचालन भएको स्थान

स्थान परिवर्तनको स्थान

१.

साउथ पोइन्ट इ. बो

घोराही-७,  डुम्मर गाउँ

घोराही १०, दक्षिण अम्राइ

 

निर्णय नं.३:

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय को च.नं.. ३०८ मिति २०७५/१२/१४को जग्गा हस्तान्तरण सम्वन्धको पत्रानुसार २०७५/१२/१२ को मन्त्रीस्तरीय निर्णयानुसार श्री प्राथमिक विद्यालय कर्जाही दाङको स्वामित्वमा रहेको साविक हरिद्वार ७ कि,नं. ५५ को १-१८-१ क्षेत्रफल जग्गा शहिद कृष्णशेन इच्छुक बहुप्राविधिक शिक्षालयलाई हस्तान्तरण गर्ने सम्वन्धमा स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) को खण्ड ज. को उपखण्ड (९) अनुसार सामुदायिक विद्यालयको जग्गाको स्वामित्व, सम्पत्तिको अभिलेख, संरक्षण र व्यवस्थापन गर्ने नगरपालिकाको काम कर्तव्य अधिकार अन्तर्गत रहेको हुँदा अर्को व्यवस्था नहुन्जेल शहिद कृष्णशेन बहुप्राविधिक शिक्षालयलाई भोगाधिकार दिने निर्णय गरियो |

निर्णय नं. ४:

यस घोराही  उपमहानगरपालिका नगर कार्यपालिकाको बैठक नं. 49, मिति 2075/11/17 गतेको निर्णय बमोजिम घोराही उपमहानगरपालिका वडा नं. 1 अन्तर्गत चेपेखोलामा ड्याम निर्माण गर्दा डुबानमा रहेको घरलाई प्राविधिक मुल्यांकन अनुसार रु १०७७०००|०० (अक्षरुपि दश लाख सत्तरी हजार मात्र )मुअब्जा दिने निर्णय गरियो |

निर्णय नं. ५ :

यस घोराही उपमहानगरपालिका वडा नं. २ स्थित प्रहरी चौकीलाई बि.पि. मार्ग निर्माण कार्यले क्षति पुर्याएको हुँदा प्राविधिक ल.इ. अनुसार मर्मत कार्य कन्टेनजेन्सी शिर्षकबाट अगाडी बढाउने निर्णय गरियो |

निर्णय नं. ६ :

नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र, दाङ शाखाको च.नं.२७ मिति २०७५/१२/२० को पत्र र आवश्यक कागजात अनुसार विगत २० वर्ष देखि अपांगता क्षेत्रमा विभिन्न क्रियाकलाप गर्दै आइरहेको र हाल अपांगहरुका लागि थप सेवा उपलब्ध गराउन अपांग पुनर्स्थापना केन्द्र स्थापना तथा संचालन गर्न लागेको हुँदा उक्त शुभ कार्यका लागि स्वीकृति दिने निर्णय गरियो |

निर्णय नं. ७:

यस घोराही उपमहानगरपालिकाको आ.व. २०७५/०७६ को स्वीकृत वडास्तरीय कार्यक्रम वडा नं. ५ को सि.नं. सिंचाई ३०२० को सि.नं.१० मा घोराही ६ गिरी टोल पक्की सिंचाई नाला निर्माण भएको हुँदा "घोराही ५ गिरी टोल पक्की सिंचाई नाला निर्माण" मा सच्चाउने निर्णय गरियो |

निर्णय नं. ८ :

रेडियो मध्यपश्चिम ९१.४ मेगाहर्ज, घोराही दाङ को च.नं.३६६ मिति २०७६/०१/०२ को प्रस्तावना अनुसार दक्ष रेडियोकर्मी उत्पादन गर्ने उद्देश्यले " रेडियो उद्घोषण एवं विकास पत्रकारिता " तालिम संचालनको लागि नगरस्तरीय सि.नं. ५०३० को सूचना प्रविधि को सि.नं. ८ को निर्माण हुन लागको नगर प्रोफाइल अद्यावधिक एवं डिजीटलाइजेसन शिर्षक बाट रु. १०००००|०० (अक्षरुपि एक लाख मात्र ) आर्थिक सहयोग गर्ने निर्णय गरियो |

निर्णय नं. ९ :

विविध

९.१ आधारभूत तह कक्षा ८को ग्रेड वृद्धि परीक्षा संचालन गर्न परिक्षा समितिको निर्णय बमोजिम थप रकम आवश्यक भएको हुँदा अन्य कुनै खर्च नभएका शिर्षक समेत व्यवस्थापन गरि रु ६०००००|०० (अक्षरुपि छ लाख मात्र) रकम उपलब्ध गराउने निर्णय गरियो |

९.२ यस घोराही उपमहानगरपालिका वडा नं. १७ को च.नं. १६७१ मिति २०७५/०९/१५ को पत्रानुसार वडा नं. १७ मा अवस्थित नयाँ विहानी टोल विकास संस्था अन्तर्गत गुलरियामा रहेको भुयाँरथान पूर्ण रुपमा जिर्ण भएको हुँदा नगरस्तरीय सि.नं.२०४० संस्कृति प्रवर्द्धन सि.नं. १ भुयाँरथान संरक्षण शिर्षकबाट आर्थिक व्यवस्थापन गरि मर्मत गर्ने निर्णय गरियो |

९.३  योजना संसोधन

यस घोराही उपमहानगरपालिकाको आ.व. २०७५/०७६ को स्वीकृत नगरस्तरीय आर्थिक विकास अन्तर्गत कृषि कार्यक्रमको योजना तपशिल अनुसारमा संसोधित गर्ने निर्णय गरियो |

 तपशिल

क्र.स.

नगरस्तरीय स्वीकृत कार्यक्रम

स्वीकृत बजेट

शंसोधित कार्यक्रम

शंसोधित बजेट

१.

सि.न. १०१० को सि.नं.१४ मत्स्य पोखरी निर्माण अनुदान (रु १०००० प्रति कठ्ठा)

६०००००|०० (बाँकी १,००,०००|००)

मूल विउ खरिद

१०००००|००

 

 

 

 

 

यस घोराही उपमहानगरपालिकालाई आ.व. 2075/076 मा प्राप्त स्वास्थ्य क्षेत्रमा प्राप्त नेपाल सरकारको शसर्त अनुदान र नगर सभाबाट स्वीकृत नगरस्तरीय स्वास्थ्य सेवा अन्तर्गत मिति २०७५/११/१७ गते ४९ औं कार्यपालिका बैठकबाट विभिन्न कार्यक्रममा विनियोजित बजेटलाई पुन: तपशिलको कार्यक्रममा बाँडफाँड गरी कार्यान्वयन गर्ने निर्णय गरियो।

तपशिल :

सि.नं.

स्वीकृत कार्यक्रम

बजेट रु.

 ४९ औं बैठकबाट संसोधित कार्यक्रम / बजेट

शंसोधित कार्यक्रम

बजेट

१.

स्थापना भएका र थप शहरी स्वास्थ्य केन्द्र संचालन अनुदान

२५,००,०००|०० (सि.नं.२०२० को सि.नं. ४)

काँडे तारबार शहरी स्वास्थ्य केन्द्र घोरदौरा (१,००,०००|००)

कम्पाउण्ड वाल निर्माण तथा तारजाली, शहरी स्वास्थ्य केन्द्र, घोडदौरा

१,००,०००|००

२.

शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना तथा संचालन

४०,००,०००|०० (नेपाल सरकार शसर्त अनुदान सि.नं. २६६१२, पेज न. ११७)

१.शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कार्यरत कर्मचारी त.भ. मासिक, पोशाक भुक्तानी (१८,००,०००)

१.शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कार्यरत कर्मचारी त.भ. मासिक पोशाक भुक्तानी

१५,००,०००|००

२.औषधि उपकरण खरिद आयुर्बेद तथा एलोप्याथी (२,००,०००|००)

२.औषधि उपकरण खरिद आयुर्बेद तथा एलोप्याथी

१,५०,०००|००

३.

 

 

 

ल्याब सामग्री खरिद

३,५०,०००|००

 

यस घोराही उपमहानगरपालिका स्वास्थ्य तर्फ करारमा कार्यरत का.स.को कार्यक्रम अनुसारको तपशिल बमोजिम तलब स्केल मिति २०७५/१०/०१ गते देखि समायोजन गर्ने निर्णय गरियो |

तपशिल :

क्र.स.

तह

नयाँ तलबमान

कार्यक्रम

१.

 

का.स. (कार्यालय सहयोगी)

११०००|००

शहरी स्वास्थ्य केन्द्र, शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र संचालन तथा व्यवस्थापन र पाले, स्वीपर का.स. करार