FAQs Complain Problems

घोराही उपमहानगरपालिका द्धारा ८० बर्ष माथीका जेष्ठ नागरिकहरुको घरमै पुगेर स्वास्थ्य जाँचको सुरुवात

घोराही उपमहानगरपालिका द्धारा ८० बर्ष माथीका जेष्ठ नागरिकहरुको घरमै पुगेर स्वास्थ्य जाँचको सुरुवात गरेको छ । मंगलबार घोराही २ कालिमाटीबाट अभियान सुरु गरिएको छ । नगर प्रमुख श्री नरुलाल चौधरी, वडा अध्यक्ष श्री केशब आचार्य, राप्ती उपक्षेत्रिय अस्पतालका डा. उमेश रेग्मी, उपमहानगरपालिकाका स्वास्थ्य शाखाका श्री ठाकुर खनाल, स्वास्थ्य चौकी रामपुरका ईन्चार्ज श्री दिपेन्द्र न्यौपाने सहित ७ जना स्वास्थ्यकर्मीको टोलीले जेष्ठ नागरिक सँग भेट गर्दै स्वास्थ्य जाँच, औषधी बितरण र आबस्यक स्वास्थ्य सुझाब दिएको छ । बसेकै बिस्तरामा मेयर सहित स्वास्थ्यकर्मीहरु पुग्दा जेष्ठ नागरिकहरु निकै खुशी भएका छन्  । उपमहानगरका १९ वटै वडामा जेष्ठ नागरिकहरुको घरमै पुगेर स्वास्थ्य जाँच हुने छ ।