FAQs Complain Problems

घोराही बजार क्षेत्र भित्र घोडाको प्रतिमा निर्माणका लागि आशय माग सम्बन्धी सूचना

घोराही उपमहानगरपालिका

नगर कार्यपालिकाकाको कार्यालय

५ नं प्रदेश, दाङ

घोराही बजार क्षेत्र भित्र घोडाको प्रतिमा निर्माणका लागि आशय माग सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मितिः- २०७५।१२।२१

घोराही उपमहानगरपालिका, नगर कार्यपालिकाको मिति २०७५।१२।११ को वैठकबाट घोराही उपमहानगरपालिकाको बजार क्षेत्रभित्र घोराहीको ऐतिहासिक नाम झल्काउन दुई वटा घोडाको प्रतिमा निर्माण देहायको डिजाइनमा गर्ने भनी निर्णय भएअनुसार इच्छुक फर्महरुले यो सूचना प्रकाशित भएको मितिले 15 (पन्ध्र) दिन भित्र यस कार्यालयको आन्तरिक व्यवस्थापन तथा खरिद शाखामा आशय पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

सूचिकृत हुनका लागि पेश गर्नुपर्ने कागजातहरु

 

  • प्राविधिक तथा आर्थिक प्रस्ताव सम्बन्धी आवेदन
  • संस्थाको भौतिक पूर्वाधार र उपकरणको विवरण
  • कालो सूचीमा नपरेको स्वघोषणा पत्र
  • नविकरण भएको संघ संस्था एवं कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • कर चुक्ता प्रमाणपत्र
  • अघिल्लो तीन आर्थिक बर्षको लेखापरिक्षणको प्रतिवेदन
  • सम्बन्धित क्षेत्रमा काम गरेको कार्य अनुभव
  • संचालक र प्रोपराइटरको नागरिकताको प्रतिलिपि

 

स्वीकृत डिजाइन

 

घोडाको उचाईः- ७५ इञ्च

घोडाको टाउकोको लम्बाईः- १८ इञ्च

घोडाको टाउकोको चौडाई- १२ इञ्च

घोडाको कम्मरः- ५५ इञ्च

घोडाको खुट्टाः- २४ इञ्च

घोडाको लम्बाई- ७८ इञ्च

घोडाको छातीः- ३० इञ्च

घोडाको पछाडिको भागः- २८ इञ्च

ढलौटको मोटाइः- 0.5 इञ्च

दुई घोडाबीचको फरकः १.५ फिट

बेस

माथिको डायमिटरः- ८ फिट

तलको डायमिटरः- १० फिट

बेसको उचाई ८ फिट

बेस कंक्रिट सिमेन्टबाट बनाउने ।

 

-प्रमुख प्रशासकीय अधिकृत