प्रस्ताव: बैठक नं.२० (२०७४/१०/२९)
निर्णय १.
यस घोराही उपमहानगरपालिकाको सेवा प्रवाहलाई सरल एवं आम नागरिकको पहुँचयोग्य बनाउन तथा प्रथम नगर सभाबाट पारित नीति कार्यान्वयन गर्ने सन्दर्भमा निम्न कानून निर्माण गर्न अत्यावश्यक देखिएको हुँदा निर्माण गर्ने निर्णय गरियो |
तपशील:
निर्णय २.
यस घोराही उपमहानगरपालिकाबाट प्रवाह गरिने सूचनालाई व्यवस्थित रुपमा प्रवाह गर्न तथा स्थानीय संचार माध्यमको विकास एवं प्रवर्द्धनका लागि समेत उपमहानगरपालिकाबाट सूचना प्रवाह गर्ने क्रममा स्थानीय संचार माध्यमलाई प्राथमिकतामा राखी सूचना प्रवाह गर्ने निर्णय गरियो |
निर्णय नं. ३
यस घोराही उपमहानगरपालिकाको बजार क्षेत्रमा संचालनमा रहेका टेम्पो तथा इ-रिक्साहरुको रुट अनुसारको दर रेट, दर्ता शुल्क तथा रुट परमिट शुल्क निर्धारण सम्वन्धमा अध्ययन गरि प्रतिवेदन गर्न निम्न ९ सदस्यीय समिति गठन गर्ने निर्णय गरियो |
तपशील:
उप प्रमुख - संयोजक
वडा अध्यक्ष ५ - सदस्य
वडा अध्यक्ष १०- सदस्य
वडा अध्यक्ष १४- सदस्य
वडा अध्यक्ष १५- सदस्य
वडा अध्यक्ष १६- सदस्य
वडा अध्यक्ष १८-सदस्य
कार्यपालिका सदस्य धन बहादुर कुसुण्डा - सदस्य
सामान्य प्रसाशन महाशाखा प्रमूख - सदस्य सचिव
निर्णय नं. ४ :
दाङ जिल्ला उद्योग बाणिज्य संघबाट पेश भएकोमिति २०७४/०९/१४, च.नं. ४८० को प्रस्ताव अनुसार दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं प्रदेश स्तरीय औद्योगिक कृषि प्रदर्शनी-२०७४ संचालनका लागि सहयोग माग भए बमोजिम रु ५५१०००|०० (अक्षरुपि पाँच लाख एकाउन्न हजार मात्र) आर्थिक सहयोग गर्ने निर्णय गरियो |
महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजालबाट पेश भएको मिति २०७४/१०/२६ गतेको प्रस्ताव अनुसार प्रदेश स्तरीय महिला मंच दाङ, तुलसीपुरमा आयोजना गर्नका लागि सहयोग माग भइ आएको हुँदा रु १०००००|०० (अक्षरुपि १ लाख मात्र) आर्थिक सहयोग गर्ने निर्णय गरियो |
निर्णय नं. ५:
घोराही उपमहानगरपालिकाको फोहरमैला व्यवस्थापनको लागिप्रतिफलमा आधारित अनुदानमा कम्पोष्ट बिन खरिद गरिएको छ | उक्त कम्पोष्ट बिन यस उपमहानगरपालिकाको फोहरमैला व्यवस्थापनमा उपयोग गर्न सम्वन्धित टोल विकास संस्थाको स्वामित्व, रेखदेख र नियन्त्रणमा रहने गरि खरिद मूल्यको १० प्रतिशत लागत सहभागितामा वितरण गर्ने निर्णय गरियो |
निर्णय नं. ६:
यस घोराही उपमहानगरपालिकाको आ.व. २०७४/०७५ को बजेट तथा कार्यक्रममा घर नक्सा पास दस्तुर छुट भएकाले साविक घोराही नगरपालिकाको २०औं नगर परिषदबाट पारित भएको पेज नं. ३२ मा उल्लेख भएको घर नक्सा पासका साथै टावर निर्माण दस्तुर सोही बमोजिम लिई आगामी नगर सभाबाट अनुमोदन गराउने निर्णय गरियो |
घोराही उपमहानगरपालिका हाल वडा नं. १,२,३,४,५,६,७,१९ ( साविक रामपुर, लक्ष्मिपुर, धर्ना, सौडियार र सैंघा गा.वि.स. ) र ८,९,१०,११,१२ (साविक त्रिपुर न.पा.)का हकमा निम्नानुसारको घर नक्सापास तथा अभिलेखिकरण दस्तुर लिई आगामी नगर सभाबाट अनुमोदन गराउने निर्णय गरियो | तपशील:
नक्सापास दस्तुर तर्फ प्रति व.फि: रु ४ |
अभिलेखिकरण तर्फ प्रति व.फि.: रु २|
कच्ची घर प्रति व.फि: रु २ |
निर्णय नं. ७ :
यस घोराही उपमहानगरपालिकाको प्रथम नगर सभाबाट पारित नीति तथा कार्यक्रम अनुसार नगर विकास योजना दिग्दर्शन २०७४/०७५को पेज नं. ६३, खानेपानी तथा सरसफाई २०३०, सि.नं. ८ बसपार्क खानेपानी योजनाको टंकी निर्माणका लागि रु १० लाख विनियोजन भएको र नयाँ बसपार्क खानेपानी तथा सरसफाई समितिको माग अनुसार उक्त टंकी निर्माणका लागि घोराही उपमहानगरपालिका पशु सेवा कार्यालय कम्पाउण्ड भित्रको जग्गा टंकी निर्माणका लागि माग गर्ने निर्णय गरियो |
निर्णय नं. ८:
यस घोराही उपमहानगरपालिकाको क्षेत्र भित्र नेस्नल ट्रेडिंग लिमिटेडको स्वामित्वमा रहेको जग्गा खोजी गरि प्रतिवेदन गर्न निम्न ३ सदस्यीय समिति गठन गर्ने निर्णय गरियो |
तपशील :
हरि घर्ती - वडा सदस्य १३
सनत श्रेष्ठ - वडा सदस्य १५
बुद्धि प्रकास चौधरी - वडा सदस्य १८
निर्णय नं. ९: