FAQs Complain Problems

बैठक नं.४६ (मिति २०७५/०९/३०)

प्रस्तावः कार्यपालिका बैठक नं. 46 (मिति 2075/09/30 गते सोमवार)

  1. आय व्यय अनुमान सम्बन्धमा,
  2. विविध।

निर्णयहरु

निर्णय नं. 1

आगामी आ.व. 2076/077 को यस घोराही उपमहानगरपालिकाको राजश्व परामर्श समिति तथा श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको सिफारिश बमोजिमको आय-व्यय अनुमानित प्रक्षेपण गरी संघीय अर्थ मन्त्रालय र प्रदेश नं. 5 को आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाउने निर्णय गरियो।

निर्णय नं. 2

  1. यस घोराही उपमहानगरपालिकाका कार्यपालिका सदस्य तथा वडा नं. 8 का वडा अध्यक्ष श्री चन्द्र प्रसाद चौधरीज्यूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरियो।
  2. नेपालीहरुको चाड माघी पर्व 2075 को उपलक्ष्यमा सम्पूर्ण नगरवासीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्ने निर्णय गरियो।
  3. यस घोराही उपमहानगरपालिकाको पुरानो क्याण्टिन भत्कायर न्यायिक समितिको इजलास, पाले घर (दमकल र गेट पाले) र बन्दै गरेको थप तला भवनको रेलिङ्गको लागत स्टीमेट अनुसार कण्टेन्जेन्सी रकमबाट गर्ने निर्णय गरियो।
  4. मतवा समाजको माघि मिलन कार्यक्रम गर्नको लागि 20,000।- (बीस हजार मात्र) आर्थिक सहयोग गर्ने निर्णय गरियो।
  5. यस घोराही उपमहानगरपालिकालाई आवश्यक पर्ने कार्यविधिहरु बनाउन विद्येयक समितिका संयोजक श्री रमेश कुमार पाण्डेय र सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक श्री खोपीराम चौधरीलाई जिम्मेवारि दिने निर्णय गरियो।
  6. यस घोराही उपमहानगरपालिका नगरस्तरिय तथा  वडास्तरिय  योजनाहरुको अनुगमन तथा सुपरिवेक्षण समिति स्थानीय तहको बार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन, 2074 (परिमार्जित) बमोजिम गर्ने निर्णय गरियो।