FAQs Complain Problems

बैठक नं. १७ को निर्णयहरु(२०७४।०९।२२)

प्रस्ताव (बैठक नं. १७) :

१. कामकाजको भाषा सम्वन्धमा

२. समिति गठन सम्वन्धमा

३. बजेट व्यवस्थापन

४. निर्णय अनुमोदन सम्वन्धमा

५. नगर स्वास्थ्य प्रवर्धन केन्द्र स्थापना सम्वन्धमा

६. कार्यविधि पारित सम्वन्धमा

७. राष्ट्रिय परिक्षा बोर्डलाई जग्गा उपलब्ध गराउने सम्वन्धमा

निर्णय नं. १:

प्रथम नगर सभाबाट पारित नीति तथा कार्यक्रम अनुसार थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने नीति बमोजिम घोराही उपमहानगरपालिका र सो अन्तर्गतका सबै वडा कार्यालयहरुमा आगामी २०७४ साल माघ १ गते देखि थारु भाषा सरकारी कामकाजको भाषाको रुपमा लागु गर्ने निर्णय गरियो |

 

निर्णय नं. २:

घोराही उपमहानगरपालिका कृषि शाखाबाट संचालित अनुदान कार्यक्रमहरुका लागि परेका आवेदनहरुको मूल्यांकन गरि छनौट गर्न तपशील अनुसारको समिति गठन गर्ने निर्णय गरियो |

तपशील :

राममणि पाण्डेय (अर्थ विकास समिति): संयोजक

माया रावत (कार्यपालिका सदस्य) : सदस्य

खुसिराम चौधरी (१७ नं. वडा अध्यक्ष ) : सदस्य

भरत पोख्रेल (कृषि शाखा प्रमुख): सदस्य सचिव

समितिले आवश्यकता अनुसार कृषि विज्ञको सेवा लिन सक्नेछ |

 

निर्णय नं. ३ :

आ.व. २०७४/०७५ प्रथम नगर सभाबाट पारित भएको कार्यालय संचालन तर्फको बजेट मध्य चालु र पूँजीगततर्फ हाल सम्म भएको खर्च विवरण प्रमूख प्रशासकीय अधिकृतबाट प्रस्तुत भयो | प्रस्तुत भएको खर्च विवरण अनुसार चालु तथा पूँजीगत खर्च तर्फ चालु आ.व. २०७४ असार मसान्तसम्म हाल विनियोजन भएको बजेट नपुग हुने देखिएकोले  नपुग रकमको व्यवस्थापन नगरस्तरीय योजनामा विनियोजन भएको बजेट मध्य उपयुक्त शिर्षकबाट व्यवस्थापन गर्ने जिम्मेवारी नगर प्रमूख र प्रमूख प्रशासकीय अधिकृतलाई दिने निर्णय गरियो |

 

निर्णय नं. ४:

घोराही उपमहानगरपालिका वडा नं. १४ का वडा अध्यक्षज्यूको अध्यक्षतामा मिति २०७४/०९/१८ गते बसेको सार्वजनिक बाटो र सडक नालासंग जोडिएर बनाइएका/राखेका अव्यवस्थित संरचनाहरु हटाउने भनि गरिएको वडास्तरीय बैठकको निर्णय नगरकार्यपालिका बैठकबाट अनुमोदन गरियोस भनि निर्णयको प्रतिलिपि सहित कार्यालयको च.नं. ९८६, मिति २०७४/०९/२० गतेको पत्रसाथ प्राप्त भएको निर्णय माथि छलफल गरियो | वडा बाट पारित भएको उपर्युक्त निर्णय र मिति २०७४/०९/१३ गते नगर प्रमुखज्यूको अध्यक्षतामा बसेको नगर यातायात व्यवस्थापन सम्वन्धि निर्णय समेत सर्वसम्मतबाट पारित गर्ने निर्णय गरियो |

 

निर्णय नं. ५:    

घोराही उपमहानगरपालिका भित्र शहरी स्वास्थ्य प्रवर्धन केन्द्र संचालन तथा स्थापना गर्ने सम्वन्धमा छलफल गरियो | केन्द्र स्थापनाको लागि हाल उपलब्ध स्थान मध्य सबै पूर्वाधारले उपयुक्त देखिएको वडा नं. २, रामपुरमा शहरी स्वास्थ्य प्रवर्धन केन्द्र स्थापना गरि संचालन गर्ने निर्णय गरियो |

 

निर्णय नं.६:

फोहरमैला व्यवस्थापन कार्यविधि निर्माण समितिबाट पेश भएको फोहरमैला व्यवस्थापन कार्यविधि-२०७४ माथि छलफल गरियो | समितिबाट पेश भएको कार्यविधि पारित गर्ने निर्णय गरियो |

 

निर्णय नं. ७ :

राष्ट्रिय परिक्षा बोर्ड शाखा कार्यालय घोराही दाङको च.नं. ६२७, मिति २०७४/०९/२१ को पत्रबाट यस घोराही उपमहानगरपालिका भित्र परीक्षा बोर्ड भवन निर्माणको लागि जग्गा उपलब्ध गराईदिन भनि माग भई आएको र सो सम्वन्धमा छलफल गर्दा यसै उपमहानगरपालिका वडा नं. ६ को प्रा. वि. गुरुवा गाउँ कम्पाउण्ड भित्रको जग्गा वा वडा नं. १८ को नवलपुरमा जग्गा उपलब्ध गराउने निर्णय गरियो |