FAQs Complain Problems

बैठक नं. २१ को निर्णयहरु (२०७४।११।०५)

प्रस्ताव (२०७४/११/०५, बैठक नं. २१)

  1. प्रजातन्त्र दिवस मनाउने सम्वन्धमा   
  2. योजना परिवर्तन सम्वन्धमा

 

निर्णय नं.१:

यहीँ २०७४ साल फागुन ७ गते ६८औं प्रजातन्त्र दिवसको सन्दर्भमा निम्न कार्यक्रम संचालन गरि भव्य रुपमा मनाउने निर्णय गरियो |

  •  
  • २०७४/११/०६ गते बिहान ७ :३० बजे तुलसीपुर चोकमा जम्मा भई तुलसीपुर चोक देखि गुलेरिया पार्क सम्म सरसफाई अभियानमा सहभागी हुने
    • २०७४/११/०६,७ र ८ गते बेलुका ६:०० बजे कार्यालयमा दीप प्रज्वलन गर्ने
  • २०७४/११/०७ गते आ.वि. र मा.वि.का प्रधानाध्यापक, व्यवस्थापन समितिको अध्यक्ष र कार्यपालिकाका सदस्य सहित (११:०० बजे) घोराही उपमहानगरपालिकाको सभा कक्षमा संचालन हुने शिक्षा सम्वन्धि अन्तरक्रिया कार्यक्रममा सहभागी हुने |

 

निर्णय नं. २:

घोराही उपमहानगरपालिकाको प्रथम नगर सभाबाट पारित योजना तथा कार्यक्रमहरु संसोधन गर्ने भनि विभिन्न वडाका वडा समितिको कार्यालयबाट पेश भएको कार्यक्रम संसोधन प्रस्ताव माथि छलफल गरियो | सम्वन्धित वडामा बसेको वडा स्तरीय बैठकको निर्णय अनुसारका कार्यक्रममा संसोधन गर्ने गरि निर्णयको प्रतिलिपि सहित पेश हुन आएको हुँदा आगामी नगर सभाबाट अनुमोदन गर्ने गरि योजना परिवर्तन/संसोधन गर्ने निर्णय गरियो |