FAQs Complain Problems

बैठक नं. २२( २०७४/११/१३)

प्रस्ताव:( बैठक नं. २२, २०७४/११/१३)

  1. नगर सभा स्थगित सम्वन्धमा
  2. शोक प्रस्ताव सम्वन्धमा

 

 

निर्णय नं. १:

घोराही उपमहानगरपालिकाको दोश्रो नगर सभा २०७४/११/१५ गते गर्ने भनिएकोमा विशेष कारण बस अर्को निर्णय नहुन्जेलसम्मका लागि स्थगित गर्ने निर्णय गरियो |

 

निर्णय नं. २

यस घोराही उपमहानगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत श्री ऋषिराम के.सी.ज्यूकी ममतामयी आमा श्री लक्ष्मी देवी के.सी.ज्यूको ७० बर्षको उमेरमा यही मिति २०७४।११।११ गतेका दिन असामयिक स्वर्गारोहण भएको खबरले नगर कार्यपालिका परिवारलाई अत्यन्त दुखी तुल्याएको छ | यस दुखद घडीमा स्वर्गवासी आत्माको चिर शान्तिको कामना र भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकटका साथ शोक प्रस्ताव पारित गरियो साथै ७ दिनको दिन पत्रिका मार्फत संवेदना प्रकट गर्ने निर्णय गरियो ।