FAQs Complain Problems

बैठक नं. २७ (२०७५।०१।०७)

प्रस्ताव : (मिति २०७५।०१।०७, बैठक नं. २७)

  1. क्षेत्र निर्धारण सम्वन्धमा (ग्रामिण/ (१४-१५बजार)
  2. कक्षा थप अनुमति सम्वन्धमा
  3. फोहरमैलाको लागि पावरटेलर खरिद सम्वन्धमा
  4. जग्गा खरिद सम्वन्धमा
  5. नगर स्वास्थ्य क्लिनिक स्थापना सम्वन्धमा
  6. बोलपत्र स्वीकृत सम्वन्धमा
  7. नारायणपुर खानेपानी उपभोक्ता सम्वन्धमा
  8. सल्लाहकार नियुक्ति सम्वन्धमा
  9. खानेपानी आयोजना सम्वन्धमा

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

निर्णय नं. १ :

घोराही उपमहानगरपालिकाको सबै क्षेत्रको समान एवं सन्तुलित विकास तथा यस क्षेत्रमा आर्थिक एवं सामाजिक क्रियाकलाप संचालन गर्ने सरोकारवाला निकायलाई सोही अनुसार लगानी एवं कार्यक्रम संचालन गर्न प्रेरित गर्ने उद्देश्यका साथ उपमहानगरपालिका भित्र पर्ने तपशील अनुसारका वडाहरुलाई तपशील अनुसारका क्षेत्रमा रहने गरी क्षेत्र निर्धारण गर्ने निर्णय गरियो |

तपशील:

वडा विवरण

ग्रामिण क्षेत्र

नगर क्षेत्र

वडा नं.

१,२,३,४,५,६,७,८,९,१०,११,१२,१३,१६,१७,१८ र १९

१४ र १५

निर्णय नं. २:

यस घोराही उपमहानगरपालिका अन्तर्गत रहेका संस्थागत/सामुदायिक विद्यालयको अनुमति/स्वीकृति, कक्षा थप, तह थप सम्वन्धमा अनुगमन समितिबाट पेश भएको प्रतिवेदन माथि छलफल गरियो | समितिको प्रतिवेदन, स्थानीय भौगोलिक आवश्यकता र प्रचलित कानूनलाई समेत दृष्टिगत गरि उपर्युक्त सम्वन्धमा तपशील अनुसार गर्ने निर्णय गरियो |

  •  

संस्थागत विद्यालयको कक्षा थप, तह थप अनुमति सम्बन्धमा छलफल गर्दा कक्षा १ देखि ३ सम्मको कक्षा थपका लागि माग गरिएको विद्यालयमा माग गरिएको कक्षा भन्दा तल्लो कक्षाको विद्यार्थी संख्या न्युनतम १० भएमा र भौगोलिक रुपमा अन्य विद्यालयहरुको दूरी टाढा भएमा कक्षा थपका लागि माग भएका विद्यालयहरुलाई कक्षा थप दिने र कक्षा १० का लागि अनुमति माग गरेका विद्यालयहरुको हकमा अनुमति नदिदा ति विद्यालयहरुमा अध्यनरत विद्यार्थीहरुले सोही विद्यालयमा कक्षा ९ मा रजिस्ट्रेशन फारम भरिसकेको हुने हुँदा अन्य विद्यालयमा विद्यार्थी हस्तान्तर गर्न कठिनाई हुने भएकोले विद्यार्थी संख्या जतिसुकै भएपनि अनुमति दिने तथा अन्य कक्षा थप र तह थप सम्बन्धमा संस्थागत विद्यालय निर्देशिका २०६९ बमोजिम माग गरिएको कक्षाको तल्लो कक्षामा कम्तिमा २२ जना विद्यार्थी भएका विद्यालयको तह वा कक्षा थप दिने निर्णय गरियो |

माथिको निर्णय अनुसार तपशिल बमोजिमका संस्थागत विद्यालयलाई तह थप तथा कक्षा थप अनुमति दिने निर्णय गरियो |

१) संस्थागत विद्यालय तर्फ :

  1.  

विद्यालयको नाम

वडा नं.

विद्यार्थी संख्या

अनुमति दिने कक्षा

कैफियत

  1.  

गोदावरी ई.बो. स्कुल

१३

  •  
  •  

 

  •  

नवचेतना शैक्षिक बोर्डिंग स्कुल

  •  

२६

  •  

 

हाईलाईट ई.बो. स्कुल,बसंतापुर

  •  
  •  
  •  

 

  •  

गुरुकुल एकेडेमी घोराही

  •  
  •  
  •  

 

  •  

अरनिको ई .बो . स्कुल सुनपुर

  •  
  •  
  •  

 

  •  

बालकुन्ज ई.मि. बन्जाडी

  •  
  •  
  •  

 

  •  

सनराइज एकेडेमी, हापुर

  •  
  •  
  •  

 

  •  

जनभावना इ.बो. स्कुल, मर्पा

  •  
  •  
  •  

 

  •  

मिड वेस्टर्न भ्याली बो.स्कुल, नवलपुर

  •  
  •  
  •  

 

  •  

ज्ञानकुन्ज इ.बो. स्कुल, रतनपुर

  •  
  •  
  •  

 

  •  

ए.वि.सी. एकेडेमी, भरतपुर

  •  

कक्षा १ मा ११ जना प्रि-प्राइमरी-१६

  •  

 

  •  

एभरग्रिन स्कुल, कर्जाइ

  •  
  •  
  •  

 

  •  

बालप्रतिभा इ.बो. स्कुल, मुकुनडाँडा

  •  
  •  
  •  

 

 

२) सामुदायिक विद्यालय तर्फ:

  1.  

विद्यालयको नाम

अनुमति दिने कक्षा

  •  
  •  

श्री बालकल्याण आधारभूत विद्यालय खैरा

  •  

 

  •  

प्राथमिक विद्यालय, सवारीकोट

  •  

 

  •  

प्राथमिक विद्यालय, पेदा

  •  

 

 

३) संस्थागत विद्यालयको स्थान परिवर्तन :

क्र.स.

विद्यालयको नाम

हाल संचालनमा रहेको स्थान

स्थान परिवर्तन गरिएको स्थान

कैफियत

१.

नवज्योति विद्यानिकेतन

घो.उ.प.न.पा-१३, बाहुनडाँडा

घोराही- १३, डुम्मरगाउँ

 

२.

शिशु आधारशिला प्रा.इ.स्कूल

घोराही-१५, तुलसीपुर चोक

घोराही-१७, कर्जाई

 

३.

मोडेल इ.बो. स्कुल, बिजौरी

घोराही -१२, बिजौरी

घोराही-१०, नारायणपुर

 

 

४) यस घोराही उपमहानगरपालिका अन्तर्गतका विद्यालयहरुलाई वितरण गर्ने शिक्षा क्यालेण्डर तयार भएको र विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत निकासा हुने राहत दरबन्दी, स.का. एवं नगर शिक्षा योजना बनाई जेष्ठ मसान्त सम्म संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयमा पठाउनु पर्ने भएकाले उक्त योजना निर्माण गर्दा लाग्ने रकम रु २२५०००|०० (अक्षरुपि दुइ लाख पच्चीस हजार मात्र ) गरी रु ३०००००|०० ( अक्षरुपि तीन लाख मात्र) माथिको शिर्षकमा भुक्तानी दिन रकम छुट्टाउने निर्णय गरियो |

५) विद्यालयहरुको पाठ्यपुस्तक बिल सम्वन्धमा छलफल गर्दा साझाबाट खरिद भएका पाठ्यपुस्तकका बिल उक्त संस्थाको हुनुपर्ने र अन्य पाठ्यपुस्तक लागु गरिएका विद्यालयहरुले पाठ्यपुस्तक लागु भएकै संस्थाको बिल पेश गर्न लगाई बाँकी पुस्तक वापतको रकम भुक्तानी दिने निर्णय गरियो |

६) पूर्व प्रा.वि. अनुमति सम्वन्धमा छलफल गर्दा विद्यालयको प्राविधिक जाँच गराई वडा समितिको निर्णयानुसार सम्वन्धित वडा अध्यक्षले अनुमति दिने निर्णय गरियो |

७) विद्यार्थी भर्ना अभियान २०७५ का सम्बन्धमा छलफल गर्दा घोराही उपमहानगरपालिका अन्तर्गत रहेका सम्पूर्ण राजनैतिक दलका अगुवा जननिर्वाचित पदाधिकारीहरु एवं यस उपमहानगरपालिका अन्तर्गत सरकारी सेवामा कार्यरत सम्पूर्ण व्यक्तिहरुका छोराछोरीहरुलाई सामुदायिक विद्यालयहरुमा भर्ना गराउन अनुरोध गर्ने निर्णय गरियो |

८) घोराही  उपमहानगरपालिका वडा नम्बर १८ मा चेतना महिला विद्यालयलाई दोस्रो तहको अनुमति दिने र उक्त तहको लागि स.का. दुई जना तथा पुस्तक व्यवस्थापन समेत गर्ने निर्णय गरियो |

९) यस घोराही उपमहानगरपलिका अन्तर्गत संचालनमा रहेका तर अनुमति नलिएका विद्यालयहरु, कक्षाहरु एवं कोचिङ्ग सेन्टरहरु बन्द गराउने निर्णय गरियो |

१०) संस्थागत विद्यालय अनुमति एवं कक्षा थप सम्वन्धमा फाइल पेश गर्दा लाग्ने दस्तुर आधारभुत सम्म रु १०००|०० (अक्षरुपि एक हजार मात्र) र माध्यमिक तह थप भए रु २०००|०० ( अक्षरुपि दुई हजार मात्र) लिने निर्णय गरियो |

११) संस्थागत विद्यालयको आधारभुत कक्षा १ देखि ५ भए तह वा कक्षा थपको निर्णय हुँदा रु १५०००|०० (अक्षरुपि पन्ध्र हजार मात्र), आधारभुत कक्षा ६ देखि ८ भए रु २००००|०० (अक्षरुपि बिस हजार मात्र) र माध्यमिक तह भए रु २५०००|०० (अक्षरुपि पच्चीस हजार मात्र ) लिने निर्णय गरियो |

१२) संस्थागत विद्यालयका नाम एवं स्थान परिवर्तन गर्दा आधारभूत तह भए रू २००००|०० (अक्षरुपि बीस हजार मात्र) र माध्यमिक तह भए रु २५०००|०० (अक्षरुपि पच्चीस हजार मात्र) लिने निर्णय गरियो |

 

माथि उल्लेखित रकम घोराही उपमहानगरपालिकाको स्थानीय विकास कोषको खाता नं. ०२७०३००००००००५००९००३ मा जम्मा गरी भौचर पेश गर्नुपर्ने समेत निर्णय गरियो |

निर्णय नं. ३ :

वातावरण तथा विपद व्यवस्थापन समितिको मिति २०७४/१२/०५ गतेको निर्णयानुसार घोराही उपमहानगरपालिका भित्रको फोहर व्यवस्थापन गर्न साना सवारी साधनहरु पर्याप्त नभएको तथा हाल उपलब्ध ठूला स्तरका सवारी साधनहरु बजारका भित्री साना सडक गल्लीहरुमा जान नसक्ने भएको हुँदा भित्री साना सडक गल्लीहरुमा थुप्रिने फोहर व्यवस्थापनका लागि १ थान पावर टेलर खरिद गर्ने निर्णय गरियो |

निर्णय नं. ४:

प्रस्ताव नं. ४ माथि छलफल गरी निर्णय गर्ने सम्वन्धमा जग्गा खरिद तथा व्यवस्थापन समितिबाट पेश भएको प्रतिवेदन माथि छलफल गरियो | वडा नं. १ र वडा नं. १९ को वडा कार्यालय निर्माण तथा वडा नं. १७मा खेलकुद मैदान विस्तारका लागि प्रतिवेदनमा पेश भए अनुसारका जग्गाहरु खरिद गर्न अत्यावश्यक भएको र उपर्युक्त स्थानको जग्गा खरिद गर्न घोराही उपमहानगरपालिकाबाट मिति २०७४/११/०७ गते सार्वजनिक सूचना प्रकाशित गरिएकोमा कुनै पनि जग्गादाताको प्रस्ताव पेश हुन नआएको हुँदा समितिले सम्वन्धित जग्गा धनी, स्थानीय बासिन्दा, सरोकारवाला निकाय / व्यक्ति सबैको सहभागितामा दुई पक्षीय वार्ताद्वारा जग्गाको मूल्य समेत निर्धारण गरी प्रतिवेदन पेश गरेकोले प्रतिवेदन अनुसारको मूल्यमा तपशील अनुसारका जग्गाहरु खरिद गर्ने निर्णय गरियो |

तपशील प्रतिवेदन:

वडा नं १ को  लागि

सि नं.

निवेदक जग्गा धनीको नाम

जग्गाको क्षेत्रफल

प्रस्ताव गरेको मूल्य

कैफियत

गोकर्ण बहादुर वली

कि नं 31३ को 0-4-11

कि नं 314 को 0-0-0

प्रतिकट्ठा 300000।–(तीन लाख मात्र)

 

वडा नं १९ का लागि

सि नं

निवेदक जग्गा धनीको नाम

जग्गाको क्षेत्रफल

प्रस्ताव गरेको मूल्य

कैफियत

हिरा बहादुर गिरी

कि नं १६१ को १ रोपनी

प्रति रोपनी 300000।–(तीन लाख मात्र)

 

हिरा बहादुर गिरी

कि नं १६२ को १ रोपनी

प्रति रोपनी 300000।–(तीन लाख मात्र)

 

निर्मला पुन मगर

कि नं ११४ को 0-4-0-0

जम्मा मूल्य ८००००(असी हजार मात्र)

 

 

 

 

 

वडा नं १७ को खेलकूद मैदान निर्माणका लागि

सि नं

निवेदक जग्गा धनीको नाम

जग्गाको क्षेत्रफल

प्रस्ताव गरेको मूल्य

कैफियत

सिताराम चौधरी

0-1-8

प्रतिकट्ठा १५०००००(पन्ध्र लाख मात्र)

 

निर्मल चौधरी

0-1-8

प्रतिकट्ठा १५०००००(पन्ध्र लाख मात्र)

 

डम्बर बहादुर डाँगी

0-1-11

प्रतिकट्ठा १५०००००(पन्ध्र लाख मात्र)

 

भक्त बहादुर खत्री

कि नं 8ख589 को 0-4-7 मध्ये 0-0-4

प्रतिकट्ठा १५०००००(पन्ध्र लाख मात्र)

 

दामोदर के.सी

कि नं ८ ख 939 को 133.45 व.मी

प्रतिकट्ठा १५०००००(पन्ध्र लाख मात्र)

 

निम प्रसाद चौधरी

कि नं २ घ २ को 0-0-4.5

प्रतिकट्ठा १००००००(दश लाख मात्र)

 

गंगाराम चौधरी

0-0.7

प्रतिकट्ठा १००००००(दश लाख मात्र)

 

8

चुल्लुराम चौधरी

२ घ कि नं १ को 0-१-6                                                                                                

प्रतिकट्ठा १००००००(दश लाख मात्र)

 

निर्णय नं.५ :

घोराही उपमहानगरपालिकाका प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गर्ने नीति तथा कार्यक्रम अनुसार घोराही उपमहानगरपालिकाको वडा नं. १४ मा आम नागरिकका लागि प्राथमिक स्वास्थ्य उपचार गर्न पहुँच योग्य स्वास्थ्य संस्था नभएको हुँदा वडा नं. १४ को केन्द्रमा रहने गरि उपयुक्त स्थानमा नगर स्वास्थ्य क्लिनिक स्थापना गर्ने निर्णय गरियो |

निर्णय नं. ६:

घोराही उपमहानगरपालिकाको प्रथम नगर सभाबाट स्वीकृत भै आ.व. ०७४/०७५ मा संचालन / निर्माण गरिने योजनाहरु प्रथम पटक प्रकाशित सूचनाबाट बोलपत्र सूचनामा माग गरिएका सबै कागजातहरु पेश नगरेकाले पुनः दोश्रो पटक यस कार्यालयबाट विभिन्न मितिमा प्रकाशित सूचनाबाट शिलबन्दी बोलपत्र आह्वान गरिए बमोजिम रितपूर्वक पेश हुन आएका शिलबन्दी बोलपत्रहरु सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ बमोजिम सम्पूर्ण प्रकिया पूरा गरी अनिवार्य शर्त पुरा गरेका बोलपत्रहरुको तालिका सहित बोलपत्र मूल्यांकन समितिबाट सिफारिस भै पेश हुँदा बोलपत्र सूचनामा माग गरिएका सबै कागजातहरु पेश गरेका फर्महरू मध्यबाट न्युनतम कबोल अंक पेश गर्ने तपशील अनुसारका फर्महरुको बोलपत्र स्वीकृत गर्ने निर्णय गरियो |

तपशील:

Tfklzn

l;=g+

7]Ssf g+÷of]hgf

of]hgfsf] gfd

jf]nkqbftfsf] gfd

sjf]n c+s-Eof6 / sG6]Gh]G;L jfx]s

s}lkmot

!

28÷074÷075

!) g+ j8f sfof{no ejg lgdf{0f

;fof lgdf{0f ;]jf

4637612.45

 

@

27÷074÷075

( g+ j8f sfofno sDkfpG8 jfn lgdf{0f

;fof lgdf{0f ;]jf

2207072.70

 

26÷074÷075

sfof{no kl/;/df kfls{ª Jofj:yfkg

k|]dwg lgdf{0f ;]jf

2575822.1

 

25÷074÷075

sfof{no kl/;/df l8kjf]/Lª lgdf{0f

led]Zj/ l8«lnª pBf]u

1255013.5

 

24÷074÷075

s'O/]kfgL ;/f{ bfdf]b/ ;8s

/f]Nkf lgdf{0f ;]jf

8582432.44

 

 

 

 

 

 

निर्णय नं. ७:

नारायणपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको च.नं. २१७, मिति २०७४/१२/२१ को निर्णयानुसार समितिको सह लगानी योजना अन्तर्गत ऋण प्रक्रियाको लागि नगर विकास कोषमा सिफारिस गरि दिनुहुन भनि निर्णयको प्रतिलिपि समेत पेश हुन आएको हुँदा समितिले लिएको ऋणको दायित्व र जिम्मेवारी समितिमा नै रहने गरी ऋण प्रकियाका लागि सिफारिस दिने निर्णय गरियो |

निर्णय नं.८ :

घोराही उपमहानगरपालिका प्रमूखको सचिवालय व्यवस्थापनका लागि निम्न ३ जना व्यक्तिलाई सल्लाहकारका रुप नियुक्त गर्ने निर्णय गरियो |

तपशील:                                    

सल्लाहकार:                                 

१. रमेश कुमार अधिकारी

२. अरुण कुमार शर्मा

३. शिव कुमार आचार्य

निर्णय नं. ९ :

खानेपानी तथा ढल निकास विभाग, काठमाण्डौ च.नं. ५६ मिति २०७४/०४/३२ को पत्रानुसार घोराही उपमहानगरपालिकाका तपशील बमोजिमका स्थानमा खानेपानी आयोजना संचालनका लागि केन्द्रबाट बजेट विनियोजन भइ आएकोमा उक्त बजेट यस कार्यालयको आ.व. २०७४/०७५ को योजना तथा कार्यक्रम बाडफाँड गर्ने क्रममा विभिन्न योजनाहरुमा समावेश भैसकेको र पत्र साथ संलग्न खानेपानी आयोजनाहरु आ.व. २०७४/०७५ बाट संचालन हुन नसकेमा उक्त आयोजनाहरुको लागि आगामी आ.व. ०७५/०७६ मा समेत केन्द्रबाट बजेट विनियोजन हुन कठिनाइ हुने हुँदा आ.व. २०७४/०७५ मा घोराही उपमहानगरपालिकाको विभिन्न शिर्षकमा विनियोजन भएको बजेट मध्य उपयुक्त शिर्षकबाट बजेट व्यवस्थापन गरी आयोजना संचालन गर्ने निर्णय गरियो |

तपशील:

सि.नं.

आयोजनाको नाम

स्थान

आवश्यक बजेट

१.

वृहत त्रिपुर खा.पा.आ.

घो.उ.म.न.पा

२०००००|००

२.

घोराही उ.म.न.पा-११,१२ बुलबुले खा.पा.आ

घो.उ.म.न.पा वडा नं. ११/१२

२०००००|००

३.

त्रिपुर - ६ सिस्नेरी खा.पा.आ

घो.उ.म.न.पा वडा नं. १२

२०००००|००

४.

पेदा जरुवा मुहान खा.पा.आ. त्रिपुर-६

घो.उ.म.न.पा वडा नं. १२

२०००००|००

५.

घोराही - १ खिरिट्टे खा.पा.आ

घो.उ.म.न.पा वडा नं. १६

२०००००|००

६.

डबरी खा.पा.आ, घो.न.पा - ४

घो.उ.म.न.पा वडा नं. १७

२०००००|००

७.

हात्तीखर्क खा.पा.आ, घो.न.पा - ६

घो.उ.म.न.पा वडा नं. १८

२०००००|००

८.

सैघा - ९ दम्ती मालरानी खा.पा.आ

घो.उ.म.न.पा वडा नं. १९

२०००००|००

९.

पाँचपोखरी खा.पा.आ

घो.उ.म.न.पा वडा नं. १९

२०००००|००

१०.

अजम्बरी खा.पा.आ रामपुर -३

घो.उ.म.न.पा वडा नं. २

२०००००|००

११.

लक्ष्मीपुर - ७, डिपबोरिङ खा.पा.आ

घो.उ.म.न.पा वडा नं. ४

२०००००|००

१२.

धर्ना १,२,५,६,९ खा.पा.आ

घो.उ.म.न.पा वडा नं. ५

२०००००|००

१३.

सौडियार १ अघरा डिपबोरिङ खा.पा.आ

घो.उ.म.न.पा वडा नं. ६

२०००००|००

१४.

सौडियार १,७ खा.पा.आ

घो.उ.म.न.पा वडा नं. ६/७

२०००००|००