FAQs Complain Problems

बैठक नं. ३६(२०७५/०५/०९)

प्रस्तावः मिति २०७५/०५/०९ गते शनिबार (कार्यपालिका बैठक नं. ३६)

१.प्राविधिक शिक्षालय संचालन स्वीकृत सम्बन्धमा,

२. शहिद कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालय संचालन गर्न सहमतिसम्बन्धमा,

३. वडा कार्यालयहरुमा प्राविधिक कर्मचारी सेवा करारमा लिने सम्बन्धमा।

४. औषधी उपचार सम्बन्धमा,

५. महेन्द्र बहुमुखी क्याम्पसमा शौचालय निर्माण सम्बन्धमा,

६. वि.पी. सालिक निर्माण सम्बन्धमा,

७. विविध।

निर्णयहरुः  

निर्णय नं. १

सुनछहारी प्राविधिक शिक्षालय (STC) को च.नं. ५ र मिति २०७५/०५/०१ को पत्रबाट उक्त संस्थाले CTEVTबाट उद्यम विकास सहजकर्ता (EDF) को १५०० घण्टाको तालिम संचालन गर्नकोलागि यस आ.व. देखि सम्बन्धन प्राप्त गरी सकेकोले वडा नं. १४, नयाँ बसपार्कमा कलेज संचालनका लागि स्वीकृत माग गरेको सन्दर्भमा CTEVT ले तोकेको शर्तहरु पालना गरे नगरेको स्थलगत अध्ययन गरी राय सहितको प्रतिवेदन पेश गर्न तपसिलको कार्यदल गठन गर्ने र उक्त कार्यदल राय अनुसार स्वीकृत दिने नदिने सम्बन्धमा नगरप्रमुखबाट आवश्यक निर्णय गरी स्वीकृत प्रदान गर्ने निर्णय गरियो।

तपसिल

       श्री भरतमणि अर्याल,               –  संयोजक

        श्री शक्तिराम डाँगी,                 –  सदस्य  

        ई. श्री रामधन श्रेष्ठ,         – सदस्य               

       शा.अ. श्री नारायण प्रसाद पौडेल,     – सदस्य सचिव (शिक्षा शाखा)

 

निर्णय नं. २

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को मिति २०७५/०४/२८ गतेको परिषद् बैठकद्वारा घोराही उपमहानगरपालिका कृष्ण सेन इच्छुक बहुप्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय भएकोमा यस घोराही उपमहानगरपालिका वडा नं. १७ स्थित प्रा.वि. कर्जाहीको च.नं. २१ मिति २०७५/०४/३१ को पत्रबाट विद्यालय व्यवस्थापन समितिको निर्णय समेतबाट उक्त विद्यालयमा शहिद कृष्ण सेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालय संचालन गर्न सहमति प्राप्त भएकोले यस बैठकबाट सहमति दिनुका साथै आवश्यक सिफारिश उपलब्ध गराउने निर्णय गरियो।

 

निर्णय नं. ३

यस उपमहानगरपालिकाको आ.व. ०७५/०७६ का लागि स्वीकृत वार्षिक कार्यक्रम अनुसार १९ वटै वडाहरुको पूर्वाधार तर्फको योजनाहरुको नक्शा, डिजाइन, लागत अनुमान गर्न प्राविधिक इन्जिनियरिङ तर्फका कर्मचारीहरुको अभाव कायमै रहेकोले उक्त कार्यहरु गर्न सबै वडाहरुमा इन्जिनियर वा सव-इन्जिनियर खटाउनु पर्ने भएकाले योग्यता पुगेका व्यक्तिलाई सेवा करारमा लिई साविक बमोजिम नै वडा स्तरिय योजनाबाट कट्टि गरिएको कन्टीजेन्सी रकमबाट दुई प्रतिशत रकम पारिश्रमिक दिने गरी एक प्राविधिकले दुई वटा वडा कार्यालयहरु हेर्ने गरी दश जना प्राविधिकलाई सेवा करारमा खटाउने निर्णय गरियो।

 

निर्णय नं. ४

घोराही उपमहानगरपालिकाको ईलेक्ट्रो टेक्निसियन पदमा कार्यरत श्री बिष्णुध्वज जि.सी. मिति मिति २०६४/०३/१२ गते यस कार्यालयको कामको सिलसिलामा (बिद्युत लाईनको बत्ति जडान गर्दा) करेन्ट लागि बिद्युत पोलबाट खस्दा मेरुदण्ड भाँचिएर कम्मर देखि तलको अंग नचल्ने भै अपाङ्गता भएकोले निजले आफ्नो उपचार गर्दा नेपालगञ्ज मेडिकल केलेज टिचिङ्ग हस्पिटल र सामरा हस्पिटल लखनउउत्तर प्रदेश, भारतमा लागेको खर्चको बिल भरपाई अनुसारको जम्मा रकम रु.३५६०३३।- (तीन लाख छपन्नहजार तेत्तिस मात्र)दिने निर्णय गरियो।

 

निर्णय नं. ५

महेन्द्र बहुमुखी क्याम्पस, दाङको च.नं. र मिति २०७५/०४/२१ पत्रानुसार शौचालय बनाउनको लागि रु.१७३०१३७ (सत्र लाख तीस हजार एक सय सैँतीस)लागत अनुमान सहित रकम माग गरिएकोमा रु.१०,००,०००।- ( दश लाख) सम्मको कामको कार्य सम्पन्न भई बील भर्पाई यस उपमहानगरपालिकामा पेश भएमा रु.१०,००,०००।- ( दश लाख) सहयोग दिने निर्णय गरियो।

 

निर्णय नं. ६

विश्वेश्वर प्रसाद कोइरालाको शालिक निर्माणका लागि सम्बन्धित निर्माण समितिलाई रु.१,५१,०००।- ( एक लाख एकाउन्न हजार मात्र) उपलब्ध गराउने निर्णय गरियो।

 

निर्णय नं. ७

यस उपमहानगरपालिकाको वडा नं. १४ मा रहेको त्रिभुवन पार्कलाई नागरिक स्तरबाट ×नेपालका प्रथम शहिद लखन थापा मगर" नामबाट प्रचलनमा आई सकेको र स्मृति दिवशका रुपमा फागुन ०२ गते मनाउने प्रचलन रहँदै आएकोले उक्त त्रिभुवन पार्कलाई ×नेपालका प्रथम शहिद लखन थापा मगर" नाममा अभिलेखीकरण गर्ने निर्णय गरियो।

 

निर्णय नं. ८

महिला स्वास्थ्य स्वयम सेविका समूहको च.नं. १ र मिति २०७५/०४/२५ गतेको पत्रबाट तिज मिलन कार्यक्रम लागि आर्थिक सहयोग माग गरेकोमा रु.२५,०००।- (रु पच्चीस हजार) सहयोग उपलब्ध गराउने निर्णय गरियो।

 

निर्णय नं. 9

जिल्ला प्रशासन कार्यालय घोराही, दाङको च.नं. ५०२ र मिति २०७५/०४/२९ गतेको पत्रानुसार कर्मचारीहरु तथा सामाजिक क्षेत्रमा काम गरेका अन्य व्यक्तिहरुको विस्तृत व्यक्तिगत विवरण (बायोडाटा) सहित बढीमा 4 (चार) जनाको विवरण माग भई आएको हुँदायस कार्यालयमा सरसफाई तर्फ कार्यरत भा.स.चा. श्री अर्जुन आचार्य र घोराही उपमहानगरपालिका भित्र सामाजिक क्षेत्रमा उल्लेखनीय काम गरेका श्री हुमा डि.सी., श्री बिमला योगी र श्री नारायण प्रसाद शर्मालाई बायोडाटा सहित जिल्ला प्रशासन कार्यालयमा सिफारिश गर्ने निर्णय गरियो।

 

निर्णय नं. १०         

नेपाल नगरपालिका संघको राष्ट्रिय अधिवेशनका लागि प्रवेश शुल्क रु. १०,०००।- (दश हजार) भुक्तानी दिने निर्णय गरियो।