FAQs Complain Problems

बैठक नं. ३९(मिति २०७५।०६।२८)

प्रस्तावः कार्यपालिका बैठक नं. ३९ (मिति 2075/06/28 गते आइतवार)

  1. औद्योगिक क्षेत्र सम्बन्धमा,
  2. सूचना मुलक सामाग्री उपलब्ध गराउने सम्बन्धमा,
  3. आर्थिक सहयोग सम्बन्धमा,
  4. योजना संशोधन सम्बन्धमा,
  5. सेवा सुविधा सम्बन्धमा,
  6. नगर प्रमुखज्यूको चिन भ्रमण सम्बन्धमा,
  7. बिद्युत सब-स्टेसन राख्ने सम्बन्धमा,
  8. विविध।

 

निर्णयहरुः

निर्णय नं. 1

घोराही उपमहानगरपालिकाको वडा नं. 3 रनघरा र मेलखोलि गाउँ क्षेत्रमा रहेको बस्तीलाई उचित व्यवस्थापन गरी उक्त क्षेत्रलाई औद्योगिक क्षेत्र घोषणा गर्ने निर्णय गरियो।

 

निर्णय नं. 2

नेपाल स्तम्भकार समाज दाङ, घोराही उपमहानगरपालिका वडा नं. 15 को प.सं. 2075/076, च.नं. 21 र मिति 2075/6/18 को पत्रानुसार नेपाल स्तम्भकार समाजको प्रथम अधिवेशनको अवसरमा मुख पत्र प्रकाशनको लागि सहयोग माग भै आएको हुँदा उक्त मुखपत्र प्रकाशनको सहयोगार्थ रु 25,000 (पच्चीसहजार) बराबरको सूचनामूलक सामाग्रि प्रकाशन गराएर सहयोग गर्ने निर्णय गरियो।

 

निर्णय नं. 3

  1. भरतपुर आइ.टि.एफ तेक्वान्डो डोजाङ्ग दाङको मिति 2075/06/18 गतेको पत्रानुसार दाङ आई.टि.एफ. तेक्वान्डो संघको सहकार्य र भरतपुर आई.टि.एफ. तेक्वान्डो डोजाङ्गको आयोजनामा यही मिति 2075 कार्तिक 17 र 18 गते 5 नं. प्रदेश स्तरीय प्रथम प्रादेशिक प्रोफेश्नल  आई.टि.एफ. तेक्वान्डो च्याम्पियनसिप प्रतियोगिता हुन लागेकोले उक्त प्रतियोगिता संचालनको लागि रु 50,000।- (पचासहजार मात्र) आर्थिक सहयोग दिने निर्णय गरियो।
  2. नयाँजीवन पुनस्थापना केन्द्र घोराही, दाङको प.सं. 2075/076, च.नं. 34 र मिति 2075/06/18 गतेको पत्रानुसार लागू औषध बिरुद्धको उपचार तथा पूनः स्थापना र लागू औषधको प्रयोगबाट हुने हानी नोक्सानी कम गर्न विभिन्न जनचेतनामूलक कार्यक्रमहरुको निरन्तरता तथा नगर र वडा स्तरिय ×लागू पदार्थ तथा यूवा शिक्षा" कार्यक्रम सञ्चालन गर्न घोराही उपमहानगरपालिकाको महिला, बालबालिका तथा सामाजिक विकास शाखा र वडा स्थरका अन्तर सम्बन्धित कार्यक्रमहरु संचालन गर्न सहकार्य गर्न दिने निर्णय गरियो।
  3. जिल्ला समन्वय समिति घोराही, दाङको मिति 2075/06/21 गतेको सिफारिस तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. 4 बस्ने सुशिल गन्धर्व दुःखीले दिएको निवेदन अनुसार निजको (शुसिल गन्धर्व दुःखी) मिति 2075/01/10 गते तुलसीपुर उपमहानगरपालिका वडा नं. 13 तिलकन्या लेकमा जिप दुर्घटनामा परि बायाँ भागका पाँच वटा करङ र बायाँ हातको  हत्केला देखि भाँचिएको तथा निजको आर्थिक अवस्था निकै कमजोर भएकोले औषधोपचारका लागि 10,000 (दश हजार मात्र) आर्थिक सहयोग गर्ने निर्णय गरियो।
  4. प्रगतिशील लेखक संघ नेपाल, दाङको मिति 2075/06/25 गतेको पत्रानुसार 5 नं. प्रदेश स्तरिय प्रगतिशिल लेखक संघको अधिवेसन दाङ जिल्लामा आगामी मंसिर 7 र 8 गते सम्पन्न गर्नको लागि 25,000।- (पच्चीस हजार मात्र) आर्थिक सहयोग गर्ने निर्णय गरियो।

निर्णय नं. 4

  1. घोराही उपमहानगरपालिका वडा नं. 10 को वडा कार्यालयको च.नं. 1081 र मिति 2075/06/23 गतेको पत्रसाथ प्राप्त सम्वन्धित वडाको मिति २०७5/०6/२0 गते बसेको वडा स्तरीय बैठकको निर्णय अनुसार तपशील अनुसारका कार्यक्रममा संसोधन गर्ने गरि निर्णयको प्रतिलिपी सहित पेश हुन आएको हुँदा तपशील अनुसारका कार्यक्रम संसोधन गर्ने निर्णय गरियो।

तपशिल

सि.नं.

स्वीकृत कार्यक्रम

बजेट रु. (वडास्तरिय)

संसोधित कार्यक्रम

बजेट रु.

कैफियत

 

१.

होम डेलिभेरी मुक्त घोषणा

50,000 (स्वास्थ्य कार्यक्रम सि.नं. 2020 को 1)

 

 

  • सुत्केरी महिला यातायात तथा खाजा खर्च

 

  • महिला स्वास्थ्य स्वयंम सेविकाको खाजा खर्च

 

  • चौविस घण्टे प्रसुति सेवा व्वस्थापन

 

 

 

1,73,600।-

 

 

वडा स्तरीय स्वास्थ्य सि.नं. 2020 को 3 बाहेकका कार्यक्रम संसोधनमा समावेश भएको

 

२.

सुत्केरी महिला यातायात तथा खाजा खर्च

2,00,000 (स्वास्थ्य कार्यक्रम सि.नं. 2020 को 2

 

 

 

26,400।-

 

 

3.

जेष्ठ नागरिक स्वास्थ्य सेवा प्रवर्द्धन

50,000(स्वास्थ्य कार्यक्रम सि.नं. 2020 को 4)

 

 

 

1,50,000।-

 

4.

महिला स्वास्थ्य स्वयंसेविका खाजा खर्च

50,000(स्वास्थ्य कार्यक्रम सि.नं. 2020 को 5)

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

  1. घोराही उपमहानगरपालिकाको तेश्रो नगरसभाले घोराही उपमहानगरपालिका वडा नं. 5 का सबै योजनाहरु पारित गरेता पनि प्रेसमा किताब छाप्दा तपशिलका योजनाहरु छुटेको तथा रकममा तलमाथि परेको हुँदा छुटेका योजना तथा रकममा संशोधन गर्ने निर्णय गरियो।

तपशिल

सि.नं.

किताबमा भएको कार्यक्रम

बजेट रु. (वडास्तरिय)

हुनु पर्ने कार्यक्रम

हुनु पर्ने बजेट रु.

कैफियत

१.

 

विभिन्न सडकहरुमा माग अनुसार ह्युमपाइप खरिद एकमुष्ट (अनुगमनका आधारमा वितरण गरिने)

300000 (पूर्वाधार विकास सि.नं. 30 को 35)

 

2,80,000।-

 

बाँकी 20,000।- सिँचाइ सि.नं. 3020 को 7 मा हुनु पर्ने

२.

सीता बस्नेतको घर देखि राधा डाँगीको घरसम्म पक्की नाला निर्माण

50000 (सिँचाइ सि.नं. 3020 को 7)

 

70,000।-

 

3.

डि.एच 7 डिपवोरिङ्गबाट हुकुम बहादुर भण्डारी र झग बहादुर डाँगीको बारीमा 2 भल्व तथा पाईप विस्तार

60000 (सिँचाइ सि.नं. 3020 को 8)

 

80,000।-

 

4.

घोराही गिरी टोल पक्की सिँचाई नाला निर्माण

50000 (सिँचाइ सि.नं. 3020 को 10)

 

40,000।-

बाँकी 10,000 सिँचाई सि.नं. 3020 को 15  छुटेको योजनामा हुनु पर्ने

5.

वडा कार्यालय परिसर तारवार

300000 (भवन तथा सहरी विकास सि.नं. 3030 को 6)

 

2,80,000।-

बाँकी 20,000।-सिँचाइ सि.नं. 3020 को 8 मा हुनु पर्ने

6.

तारजालि खरिद विभिन्न बस्ती अनुगमन गरी माग अनुसार बजेट विनियोजन गर्ने

335000 (जल उत्पन्न प्रकोप नियन्त्रण सि.नं. 4050 को 1)

तारजालि बक्स बनाइ ढुङ्गा भर्ने काम विभिन्न बस्ती अनुगमन गरी माग अनुसार बजेट विनियोजन गर्ने

3,05,000।-

बाँकी 30,000 सिँचाई सि.नं. 3020 को 15  छुटेको योजनामा हुनु पर्ने

7.

 

 

घोराही 5 सिँचाइ भल्व 3 वटा मर्मत (डुबरिङ्गटोल, बस्नेत टोल, घोराली टोल र बलदेव वि.क. को घर नेर एक वटा भल्व निर्माण)

40,000।-

सिँचाई सि.नं. 3020 को 15 मा हुनु पर्नेमा छुटेको योजना

 

 

निर्णय नं. 5

  1. साविकमा LGCDP  कार्यक्रम तर्फ कार्यरत तथा हाल यस उपमहानगरपालिकाका वडामा कर संकलन तथा अन्य कार्यमा कार्यरत 19 जना सामाजिक परिचालिकाहरुलाई आ.व. 2075/076 को चाडपर्व खर्च वापत मासिक खाईपाई आएको तलब बराबरको रकम दिने निर्णय गरियो।
  2. घोराही उपमहानगरपालिकाका कानूनी सल्लाहकार र प्रेस संयोजकको मासिक खाईपाई आएको सुविधा बराबरको रकम चाडपर्व खर्च बापत दिने निर्णय गरियो।

 

निर्णय नं. 6

Department of Foreign and Overseas Chinese Affairs Sichuan Provincial People's Government को मिति 2018 अक्टोवर 9 को पत्रानुसार यस घोराही उपमहानगरपालिकाका नगर प्रमुख श्री नरुलाल चौधरीलाई अक्टोबर 22 देखि अक्टोबर 26 सम्म तहाँको भ्रमणमा मनोनयन भएको हुँदा भ्रमणमा सहभागी हुन जाने निर्णय गरियो।

निर्णय नं. 7

घोराही उपमहानगरपालिका वडा कार्यालय वडा नं. 12 को च.नं. 540 र मिति 2075/06/22 गतेको पत्रसाथ प्राप्त मिति 2075/06/21 गतेको वडा कार्यालयको बैठकको निर्णयलाई (घोराही वडा नं. 12 अन्तर्गत हापुर 3 कि.नं. 541 को अन्दाजी 1-10-0 (1 विगाहा 10 कट्ठा) जग्गा प्रति ऐलानी भएकाले यस जग्गामा संधियारहरु सवै विद्युत सव-स्टेसन राख्न मञ्जुर भएकाले सव-स्टेसन राख्ने) अनुमोदन गर्ने निर्णय गरियो।

निर्णय नं. 8

  1. नेपालीहरुको महान् चाड बडा दशै र आउदै गरेको शुभ दिपावली तथा छठ पर्व २०७5 को उपलक्ष्यमा सम्पूर्ण नगरवासीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं साथै चाडपर्वलाई सभ्य र मर्यादित रुपमा मनाउन चाड पर्वको अवसर पारी गरिने जुवातास तथा अन्य विकृति जन्य गतिविधिहरुलाई नियन्त्रण गर्न नगरवासी लगायत सरोकारवाला सबैमा हार्दिक अनुरोध गर्ने निर्णय गरियो।
  2. आ.व. 2075/076 मा प्रारम्भिक वातावरणीय मूल्याङ्कन रिपोट पास भइ आएका नदिहरुमा आवश्यक प्रक्रिया पुर्याएर टेण्डर गर्ने निर्णय गरियो।
  3. घोराही उपमहानगरपालिकाको क्यान्टिन भवनको निर्माण कार्य सम्पन्न भएकाले क्यान्टिनको टेण्डरको दररेटको बारेमा आवश्यक छलफल तथा परामर्श गरेर टेण्डर गर्ने निर्णय गरियो।
  4. घोराही उपमहानगरपालिका वडा नं. 14 मा रहेका यस उपमहानगरपालिकाका सटरहरुमा भाँडामा संचालनका लागि आएका टेण्डरहरु मध्ये आवश्यक प्रक्रिया पुगे नपुगेको तथा नियम संगत आए नआएका जस्ता कुराहरुको मध्येनजर गरेर टेण्डर खोल्ने तथा टेण्डर नपरेका सटरहरुको फेरी दोश्रो पटक टेण्डर आह्वान गर्ने निर्णय गरियो। 
  5. घोराही उपमहानगरपालिकाको राजस्वको दायरालाई फराकिलो बनाउन तथा सबै नगरबासीहरुलाई करको दायरामा ल्याउन यस उपमहानगरपालिका क्षेत्र भित्र घर नक्सा पास नगरि बनाएका घरहरुको अनुगमन तथा अभिलेखिकरणको मापदण्डलाई निर्धारण गरेर अनिवार्य र थोरै दस्तुरमा अभिलेखिकरण गर्ने प्रक्रियाको बारेमा सूचना प्रकाशन गर्ने निर्णय गरियो।
  6. घोराही उपमहानगरपालिकाका सबै उपभोक्ता, कर्मचारी र जनप्रतिनिधिहरु नगरपालिकाबाट हुने स्टीमेट र मूल्याङ्कनको जानकारी तथा विकास निर्माणमा हुने कमसल चिजको प्रयोगको खबरदारी गर्न आगामि दिन देखि लागत स्टीमेट र मूल्याङ्कन नेपाली र अङ्ग्रेजीमा तयार पार्न सम्बन्धित महाशाखा/शाखालाई निर्देशन दिने निर्णय गरियो।
  7. घोराही उपमहानगरपालिका स्वास्थ्य क्षेत्रमा कार्यरत सबै कर्मचारीहरुको अभिलेखन, कर्मचारीहरुको पाउँदै आएको सेवा सुविधा, कार्यरत स्थान, कर्मचारीहरुको स्थीतिको बारेमा जानकारी तथा स्वास्थ्य क्षेत्रमा कार्यरत सबै कर्मचारीको सेवा सुविधामा एकरुपतापन ल्याउन राय सहितको प्रतिवेदन कार्यपालिका बैठकमा पेश गर्न तपसिलको कार्यदल गठन गर्ने निर्णय गरियो।  

तपसिल

 उपप्रमुख, श्री सीता सिग्देल न्यौपाने,                    –  संयोजक

              वडा अध्यक्ष वडा नं. 18, श्री भरतमणि अर्याल,       – सदस्य

            वडा अध्यक्ष वडा नं. 1, राममणि पाण्डेय,           -सदस्य

वडा अध्यक्ष वडा नं. 7,  श्री खोपीराम चौधरी ,        –  सदस्य 

वडा अध्यक्ष वडा नं. 14, श्री शक्तिराम डाँगी,               –  सदस्य 

             स्वास्थ्य शाखा प्रमुख, श्री नारायण प्रसाद घर्ती,          – सदस्य सचिव