FAQs Complain Problems

बैठक नं. ४०(मिति २०७५।०७।१७)

प्रस्तावः कार्यपालिका बैठक नं. 40 (मिति 2075/07/17 गते शनिवार)

  1. नगरप्रमुखज्यूको चीन भ्रमणको जानकारी सम्बन्धमा,
  2. सार्बजनिक जग्गा संरक्षण सम्बन्धमा,
  3. सामान उपलब्ध गराउँने सम्बन्धमा,
  4. आर्थिक सहयोग सम्बन्धमा,
  5. नाला माथि कलभर्ट (स्ल्ययाव) निमार्ण सम्बन्धमा,
  6. बायोग्याँस प्लान्टको Draft detail project report छलफल सम्बन्धमा,
  7. नगर क्षेत्र भित्रका भवनहरुको अभिलेखिकरणको शूल्क निर्धारण सम्बन्धा,
  8. भवन निर्माण अनुमति पाएको 2 वर्ष भित्रमा सम्पन्न गर्न नसकी म्याद थपको दरखास्त समेत नपरेका सम्बन्धमा,
  9. गत आ.व. 2074/075 मा निर्माण कार्य सम्पन्न भइ भुक्तानी हुन नसकेका आयोजना सम्बन्धमा,
  10. गत आ.व. 2074/075 लागत सहभागीता रकम जम्मा गरेका आयोजना संचालन नभएको सम्बन्धमा,
  11. कार्यविधि पारित सम्बन्धमा,
  12. विविध।

 

निर्णयहरुः

निर्णय नं. 1

Department of Foreign and Overseas Chinese Affairs Sichuan Provincial People's Government को निमन्त्रणामा यस उपमहानगरपालिका नगरप्रमुख श्री नरुलाल चौधरी सन 2018 अक्टोवर 22 देखि अक्टोवर 26 सम्म आफ्नो भ्रमण समपन्न गरेर आउनु भएको छ। चीनमा रहँदा Sichuan Provincial People's Government को Deputy chef, चिनिया कम्यूनिष्ट पार्टिका स्थायी कमिटी सदस्यहरु र चिनियाँ नगरपालिकाका उपप्रमुख लगाएत उच्च अधिकारीहरुसँग भेटघाट गर्नुका साथै चीनियाँ Planning Process, गरिवि निवारण, पर्यटक स्थलहरुको विकास, चीनियाँ रहनसहन, भेषभुषा, लवाइखवाइ र त्यहाँको हावापानीको वारेमा अध्ययन तथा अवलोकन गरेको जानकारी गराउनु भयो। चीन साचै विकास निर्माण तथा प्रविधिको प्रयोग, नयाँनयाँ खोज र आविस्कारमा फट्को मारेको अनुभुति सुनाउनु भयो। चीन भनेको फुलैफुलको संसार हो र उ सँग विकास गर्न तथा विश्व अर्थतन्त्रमा अग्र स्थान हुनुमा तहाँको वातावरण, प्राकृतिक स्रोत साधन र प्रचुर मात्रामा दक्ष जनशक्तिको उपलब्धताको हात रहेको औंल्याउनु भएको छ। हामी पनि चीन र तहाँका नगरपालिका जस्तै हुन नसके पनि यहाँका भरपुर प्राकृतिक स्रोतसाधन, नयाँ प्रविधि र दक्ष जनशक्तिको प्रयोग गरेर आफ्नो कार्यकाल भित्र आम नगरवासी जनता र सिङ्गो देशको लागि नमुनामूलक काम गर्नुपर्ने बेला आएको बताउनु भयो।

 

 

निर्णय नं. 2

  1. घोराही उपमहानगरपालिका वडा नं. 16 को च.नं. 822 र मिति 2075/07/05 को पत्रानुसार वडा नं. 16 स्थित 3 ग कि.नं. 94 बाल  उद्यानको नाममा दर्ता रहेको जग्गामा सार्वजनिक जग्गा भएको  र उक्त सार्वजनिक जग्गा अतिक्रमण भै रहेको छ। उक्त सार्वजिक जग्गाको स्थितिको बारेमा जानकारी लिन तथा सार्वजनिक जग्गा संरक्षण गर्न यस उपमहानगरपालिकाबाट प्राविधिक सहितको टोलिले स्थलगत अनुगमण गर्ने निर्णय गरियो।
  2. घोराही उपमहानगरपालिकाको वडा नं. 3 को  झीङ्नीमा वडा कार्यालय स्थापना गर्न तयार पारिएको 13 कट्ठा 8 धुर सार्वजनिक जग्गाको संरक्षणको लागि जग्गाको वरिपरि तारवार गर्ने निर्णय गरियो।

निर्णय नं. 3

       लेखक संघ दाङको मिति 2075/06/23 पत्रानुसार लेखक संघका आफ्ना साहित्यिक कार्यक्रम थप सहज र सरल तरिकाले संचालन गर्नको लागि तपशिल बमोजिमका सामानहरु यस उपमहानगरपालिकाको जिन्सी शाखा मार्फत खरीद गरी उपलब्ध गराउने निर्णय गरियो।

तपशिल

1. प्लास्टिकका कुर्सि          – 24 थान

2. प्लास्टिकको टेबल          – 1 थान  

निर्णय नं. 4

  1. तङ्-ईल मो-दो संघ नेपाल शाखा कार्यालय दाङको च.नं. 2 र मिति 2075/07/09 गतेको पत्रानुसार तङ-ईल मो-दो संघ नेपालले युवाहरुलाई चरित्रवान, अनुशासित र संस्कारयुक्त खेलाडीहरु निर्माण गर्दै आइरहेको तथा भारतको नयाँ दिल्लीमा 1st Nov. देखी 4th Nov. सम्म हुन लागेको 10 औँ विश्वकप च्याम्पियन सीपमा दाङबाट पनि खेलाडिहरु छनौट तथा सहभागीताको लागि रु. 25,000।- (पच्चीसहजार मात्र) आर्थिक सहयोग दिने निर्णय गरियो।
  2. यस घोराही उपमहानगरपालिका नगरकार्यपालिकाका सदस्य तथा वडा नं. 16 का वडा अध्यक्ष श्री लछिन बुढाको बिरामी भएको र निजको आर्थिक स्थिति नाजुक भएको हुँदा उपचार खर्च वाफत रु. 1,00,000।- (अक्षरुपि एक लाख मात्र) आर्थिक सहयोग गर्ने निर्णय गरियो।
  3. घोराही उपमहानगरपालिका वडा नं. 7 को बेसाही निवासी सुकुम्म वासी श्री सिश कुमार चौधरीको मिति 2075/05/25 गते सिसा बोकेको बेला सिसा खसेर हात काटेर अशक्त भएको र निजको आर्थिक अवस्था अत्यन्तै कमजोर भएको हुँदा निजको उपचार तथा सहुलियत स्वरुप रु. 25,000।- (पच्चीस हजार मात्र) आर्थिक सहयोग गर्ने निर्णय गरियो।
  4. वडा नं. 18 को नवलपुरमा मङसिरमा आयोजना हुन लागेको फुटबल प्रतियोगिता संचालनको लागि आवश्यक फुटबल मैदान निर्माण गर्न नगर स्तरिय कार्यक्रमको शिर्षक नं. 2040 खेलकूद तथा मनोरञ्जन को उपशिर्षक नं. 2 खेलकूद प्रवर्द्धन कार्यक्रम बाट कट्ने गरी 2,00,000।- (दुई लाख मात्र) आर्थिक सहयोग गर्ने निर्णय गरियो।

निर्णय नं. 5

घोराही उपमहानगरपालिकाको वडा नं. 15 को च.नं. 1187 र मिति 2075/06/09 पत्रानुसार भृकुटीनगर टोल विकास संस्था अन्तर्गत बुद्धि ग्यारेज नापी शाखा निष्कने बाटोमा नाला माथि कल्भर्ट (स्ल्याव) निर्माण कार्य गर्नको लागि सिफारिश साथ अनुरोध भै आएकोले उक्त कल्भर्ट निर्माणका लागि लागत स्टीमेट तयार गरी सो अनुसार गर्ने निर्णय गरियो। 

निर्णय नं 6

बायो-ग्याँस प्लान्टको Draft detail project report मा छलफल गरियो र तत्काल बायो-ग्याँस प्लान्टको  डि.पि.आर. सम्झौँता गर्दा सबै कार्यपालिका सदस्यहरु, बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र नेपाल उर्जा विकास कम्पनी प्राइभेट लिमिटेड विचमा त्रि-पक्षिय छलफल गरी बायो-ग्याँस प्लान्ट बारे अन्तिम सम्झौँता गर्ने निर्णय गरियो।

निर्णय नं. 7

नगर क्षेत्र भित्रका भवनहरु घर नक्शा पास नगरि निर्माण भएका भवनहरुलाई करको दायरामा आवद्द गर्नका लागि उक्त घरहरुको अभिलेख दस्तुर प्रति वर्ग फिट रु 2 का दरले कायम गर्ने र  कार्यविधि तयार गरी 3 महिनाको समय सिमा तोकी सूचना प्रवाह गर्ने निर्णय गरियो।

निर्णय नं. 8

नगरपालिका क्षेत्र भित्र कुनै पनि व्यक्ति वा संघसँस्थाले भवन निर्माण अनुमति पाएको 2 वर्ष भित्रमा म्याद थपको दरखास्त समेत नपरी वा म्याद थप गरी इजाजत लिइ निर्माण भएका तर निर्माण सम्पन्न प्रमाणपत्र नलिएका भवनहरूलाई निर्माण भए पस्चात हालसम्मको राजस्व र नक्शापास गर्दा लाग्ने सम्पूर्ण दस्तुर लिइ निर्माण कार्य सम्पन्न प्रमाणपत्र उपलब्ध गराउने तथा निर्णय नं. 7 बमोजिम तयार पारिने कार्यविधिले यस बुदालाई समेत समेटेर कार्यान्यनमा ल्याउने निर्णय गरियो।

निर्णय नं. 9

गत आ.व. 2074/075 मा निर्माण कार्य सम्पन्न भएका तर भुक्तानी हुन नसकेका आयोजनाहरु जेष्ठ नागरीक दिवा सेवा र चीउरा मिल ओरालो R.C.C. ढलानको भुक्तानीको लागि पाँच/पाँच लाख रकम यस आ.व. को बजेटबाट भुक्तानी दिने निर्णय गरियो।

निर्णय नं. 10

गत आ.व. 2074/075 निर्माण कार्य सम्पन्न नभएका आयोजनाहरु सेनेटरी ल्याण्डफिल साइट डिप वोरिङ्ग र कप्सेरी डिप वोरिङ्ग वडा नं. 08 मा लागत सहभागीता रकम जम्मा भै सकेकाले पाँच/पाँच लाख रकमको व्यवस्था गरी कार्यान्वयनमा ल्याउने निर्णय गरियो।

 

निर्णय नं. 11

स्थानीय स्तरको विकास निर्माणमा निजि क्षेत्रको ज्ञान र विषेशज्ञतालाई उपयोग गर्न तथा सार्वजनिक खरीदको मूलभुत विशेषताहरुलाई अक्षुण राखी सार्वजनिक निर्माणको क्षेत्रमा पारदर्शिता, स्वच्छता, ईमान्दारीता, जवाफदेहिता, विश्वसनियता तथा भेदभाव रहित प्रतिस्पर्धा तथा श्रोत साधनको उच्चतम उपयोग जस्ता उद्धेश्यहरु हासिल गर्न सार्वजनिक निर्माणमा निजि क्षेत्रको सहज पहुँजको लागि स्थानीय सरकार संचालन ऐन, 2074 को दफा 11 को उपदफा 2 को छ (10) ले दिएको अधिकार प्रयोग गरी घोराही उपमहानगरपालिकाको राजश्व व्यवस्थापन व्यवस्थापन शाखा बाट पेश भएको घोराही उपमहानगरपालिकाले "घ" वर्गको निर्माण व्यवसायी इजाजत पत्र सम्बन्धी कार्यविधि, 2075 संशोधन सहित पारित गर्ने निर्णय गरियो।

निर्णय नं. 12

  1. बहुउद्देश्य आयोजनाहरु (पशु बधशाला, रङ्गशाला, क्रिकेट मैदान र घोरदौरा गुलरिया पार्क/शहिद पार्क) को DPR तयार पार्न 20,00,000।- (बीस लाख मात्र) रकम व्यवस्था गर्ने निर्णय गरियो।
  2. घोराही उपमहानगरपालिकाको वडा नं. 15 को वडा कार्यालयबाट सम्पादन कामहरुमा चुस्तदुरुस्त राख्न, जनताले प्राप्त गर्ने सेवामा गुणस्तरीयता, छिटो छरितो र सहजता ल्याउन तत्काल 1 (एक) कोठा थपको आवश्यकता देखिएकोले कोठा थप्ने निर्णय गरियो।
  3. घोराही उपमहानगरपालिकाको वडा नं. 15 स्थित परिवार नियोजन स्वास्थ्य क्लिनिकमा कार्यरत कार्यालय सहयोगी श्री सुकुनी चौधरीलाई 2075 श्रावन 1 गते देखि निजले गत आ.व. मा खाईपाइ आएको तलब भत्ता बराबरको रकम उपलब्ध गराउने निर्णय गरियो।
  4. वडाको पदाधिकारीहरु कार्यालयको कामकाज तथा विकास निर्माणका कामका सिलसिलामा बाहिर जानु पर्ने भएमा सम्बन्धित वडाको सिफारिशमा यस उपमहानगरपालिकाको कार्यालयबाट भ्रमणादेश स्वीकृत गराएमा सम्बन्धित वडाको कार्यालय संचालन शिर्षकबाट रकम कट्ने गरी दैनिक भ्रमण भत्ता दिने निर्णय गरियो।
  5. विकास निर्माण लगाएत अन्य कार्यक्रमहरुमा पारदर्शीता, जवाफदेहीता, छिटोछरितो र गुणस्तरीयता कायम गराउन घोराही उपमहानगरपालिकाका अन्तर्गतका अनुगमन टोलिहरु गत आ.व. 2074/075 मा गरेको अनुमन बाफत लिएको अनुगमन भत्ता अनुमोदन गर्ने तथा यस आ.व. का लागि अनुममन भत्ता उपलब्ध गराउने निर्णय गरियो।
  6. घोराही उपमहानगरपालिकाको पहिलेको, अहिलेको र भावि अनुमानित वस्तु स्थिति लगाएत  वर्तमान परिवेश र भावि कार्य योजनाको बारेमा समेटिएको यस उपमहानगरपालिकाको Existing Model तयार पार्न रु.5,00,000।- (पाँचलाख मात्र) रकम विनियोजन गर्ने निर्णय गरियो।
  7. घोराही उपमहानगरपालिकाको नीति अनुसार क्याण्टिन भवनलाई अपाङ्ग मैत्री बनाउन थप 5,00,000।- (पाँचलाख मात्र) रकम व्यवस्था गर्ने निर्णय गरियो।
  8. यस आ.व. मा आश्विन मसान्त सम्म राजश्व आम्दानी अत्यन्त न्यून रहेकोले राजश्व परिचालनलाई व्यवस्थित गर्न प्रत्येक वडामा राजश्व परिचालन टोली गठन गरी व्यवसाय कर, बहाल कर तथा सम्पत्ती कर लगायतका करहरु संकलन गर्न सक्रियता देखाउने निर्णय गरियो।