FAQs Complain Problems

बैठक नं. ४१(मिति २०७५।०७।२९)

प्रस्तावः कार्यपालिका बैठक नं. 41 (मिति 2075/07/29 गते बिहिवार)

 

  1. ढुङ्गा, गिट्टि र बालुवाको उत्खनन् सम्बन्धमा,
  2. विविध।

 

निर्णयहरु

निर्णय नं.1

  1. आ.व. 2075/076 का लागि नदि जन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) उत्खनन् तथा व्यवस्थापन कार्य गर्न प्रारम्भिक वातावरणीय मूल्यांङ्कन (IEE) र ठेक्का प्रक्रियामा टुङ्गो नलागे सम्म मिति 2075/07/28 गतेको प्राकृतिक स्रोत व्यवस्थापन तथा जिल्ला अनुगमन समितिको निर्णय बमोजिम यस घोराही उपमहानगरपालिकाका विभिन्न खोलाहरुबाट नदिजन्य पदार्थ उत्खनन् गरी निर्धारित समय सिमा भित्र योजना सम्पन्न गर्न र स्थानीय उपभोक्ताहरुको मागलाई समेत आपूर्ति गर्न IEE र EIA को स्वीकृत परिमाण (Quantity) भित्र रहने गरी हाललाई नगरपालिका र वडा कार्यालयले प्रदेश सरकारबाट तोकिएको दररेट अनुसार राजश्वव संकलन गर्ने र स्थानीय वडा अनुगमन समिति तथा तपशिल बमोजिमको यस उपमहानगरपालिकाको नगरस्तरीय अनुगमन समितिबाट अनुगमन हुने गरी नदिजन्य पदार्थको उत्खनन् तथा ओसारपसार गर्ने निर्णय गरियो।
    •  

उपप्रमुख श्री सीता सिग्देल न्यौपाने–संयोजक

वडाअध्यक्ष वडा नं. 11 श्री कुलबहादुर लामिछाने–सदस्य

वडाअध्यक्ष वडा नं. 13 श्री रविलाल घर्ति मगर–सदस्य

वडाअध्यक्ष वडा नं. 03 माधवप्रसाद चौधरी–सदस्य

सम्बन्धित वडा वडा अध्यक्ष–सदस्य

पूर्वाधार महाशाखा प्रमुख सि.डी.ई. श्री युवराज पौडेल– सदस्य सचिव

  1. यस घोराही उपमहानगरपालिका क्षेत्र भित्र  निजि, व्यक्ति तथा संघसँस्थाका नाममा दर्ता श्रेस्ता भएका जग्गा क्षेत्र भित्र रहेका ढुङ्गा, गिट्टि र बालुवा निकासि गर्नका लागि आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयबाट निवेदन सहित सिफारिश भै आएमा व्यक्तिगत प्रयोजन तथा सार्वजनिक विकास निर्माणका लागि एक स्थानबाट अर्को स्थानमा ओसारपसार अनुमति प्रदान गर्न प्राविधिक प्रतिवेदनको आधारमा नगरप्रमुखलाई जिम्मेवारी दिने निर्णय गरियो।

निर्णय नं. 2

जनताहरुको सुरक्षा अवस्थालाई मजबुद बनाउन अत्यन्त आवश्यकिय गाडिको मर्मत गर्न शसस्त्र प्रहरी कार्यालय घोराही दाङलाई रु 20,000।- (बीसहजार मात्र) आर्थिक सहयोग गर्ने निर्णय गरियो।