FAQs Complain Problems

बैठक नं. ४५(२०७५।०९।२२)

प्रस्तावः कार्यपालिका बैठक नं. 45 ( मिति 2075/09/22 गते आइतवार)

  1. योजना संशोधन/परिवर्तन सम्बन्धमा,
  2. योजना DPR को लागि शिर्षक तोक्ने सम्बन्धमा,
  3. स्वीकृत आयोजनामा बजेट खर्च गर्ने शिर्षक खुलाउने सम्बन्धमा,
  4. आर्थिक सहयोग सम्बन्धमा,
  5. घोराही उपमहानगरपालिका अन्तर वडास्तरिय मेयर कप सञ्चालन सम्बन्धमा,
  6. शैक्षिक सत्र 2076 मा नयाँ विद्यालय सञ्चालन/कक्षा,तह थपको लागि वडा कार्यालयले सिफारिस गर्दा लिइने आधार सम्बन्धमा,
  7. शैक्षिक सत्र 2076 मा नयाँ विद्यालय सञ्चालन/कक्षा,तह थप/मन्टेश्वरी/पूर्व प्राथमिक विद्यालय सञ्चालन गर्दा लिइने मापदण्ड तथा आवश्यक कागजातहरु सम्बन्धमा,
  8. नगरसभाको मिति तोक्ने सम्बन्धमा,
  9. विविध।

 

 

 

 

निर्णयहरुः

 

निर्णय नं. 1

  1. घोराही उपमहानगरपालिकाको तेश्रो नगरसभाबाट पारित योजना तथा कार्यक्रमहरु संशोधन गर्ने भनि विभिन्न वडाका वडा समितिको कार्यालयबाट पेश भएका कार्यक्रम संशोधन प्रस्ताव माथि छलफल गरियो। सम्वन्धित वडामा बसेको वडा स्तरीय बैठकको निर्णय अनुसारका कार्यक्रममा संशोधन गर्ने गरी निर्णयको प्रतिलिपि सहित पेश हुन आएको हुँदा आगामी नगरसभाबाट अनुमोदन गर्ने गरी योजना परिवर्तन/संशोधन गर्ने निर्णय गरियो।
  2. यस घोराही उपमहानगरपालिकाको तेश्रो नगरसभाबाट पारित योजना तथा कार्यक्रमहरु संशोधन गर्ने भनि तपशिलका महाशाखा/शाखाबाट पेश भएका कार्यक्रम संशोधन प्रस्ताव माथि छलफल गरियो।छलफल गर्दा तपशिल बमोजिमका योजनाहरु संशोधन गर्न आवश्यक देखिएकोले आगामी नगरसभाबाट अनुमोदन गर्ने गरी योजना परिवर्तन/संशोधन गर्ने निर्णय गरियो।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपशिलः

सि.नं

स्वीकृत कार्यक्रम

बजेट रु.

संसोधित कार्यक्रम

विनियोजित बजेट रु.

कैफियत

लखन पार्क वडा नं. 14 को गुरुयोजना हरियाली पार्क सौन्दर्यकरण

5,00,000।- (नगरस्तरिय वातावरण संरक्षण, जलवायु परिवर्तन 4030, सि.नं. 3)

लखन पार्क वडा नं. 14 को पार्क संरक्षण तथा सम्बर्द्धन समितिसँग (PPP) बमोजिम मासिक आठहजार अनुदान, पार्क सौन्दर्यकरण र गुरुयोजना कार्यक्रम

5,00,000

 

2

संक्सन ट्यांक खरिद

21,00,000।-(नगरस्तरिय वातावरण संरक्षण, जलवायु परिवर्तन 4030, सि.नं. 4)

ट्रेक्टर, संक्सन ट्यांक र मोटरसाइकल खरिद

21,00,000

 

3

सरसफाई कर्मचारी औषधोपचार र प्रोत्साहन

1,50,000।- (नगरस्तरिय फोहोरमैला व्यवस्थापन 4040, सि.नं. 5)

सरसफाई एवं फोहोरमैला व्यवस्थापन कार्यमा खटिने कर्मचारीलाई प्रोत्साहन, औषधोपचार, अस्पताल र जोखिमजन्य फोहोर सम्बन्धी अभिमूखीकरण तालिम

1,50,000

 

4

सरसफाई औजार (बेल्चा, गैंती, रेनकोट, साबुन, पञ्जा, मास्क, दाँते, कुटे, फरुवा, झाडु)

2,00,000।- (नगरस्तरिय फोहोरमैला व्यवस्थापन 4040, सि.नं. 6)

सरसफाई तथा फोहोर व्यवस्थापन कार्यमा प्रयोग हुने विभिन्न औजारहरु

         

2,00,000

 

5

गौशाला व्यवस्थापन

4,00,000।- (नगरस्तरिय फोहोरमैला व्यवस्थापन 4040, सि.नं. 10)

दिवश, बैठक, कार्यशाला, समारोह, अनुगमन, भेला, गोष्ठी, अभिमूखीकरण, अभियान, सम्मेलन, सचेतना कार्यक्रम आदि स-साना कार्यक्रममा सामाग्री, खाजा, ब्यानर, बोर्ड, स्टेशनरी, छपाइ, भत्ता, मसलन्द, भाडा, विविध

4,00,000

 

6

(क) चालु खर्चः

भैपरी आउने चालु खर्च

20,00,000।- (खर्च संकेत नं. 28911)

 

 

 

पूर्ण सरसफाई गोष्ठी, अभिमूखीकरण, कार्यक्रमः

निजी र सामूदायिक विद्यालय, वि.व्य.स., खानेपानी उ.सं., टो.वि.स., जनप्रतिनिधि, उपभोगता समिति, बास समिति, सरसफाई अनुगमन उपसमिति आदि।

 

5,00,000

5,00,000।-रकमान्तर गरी नयाँ शिर्षकमा बजेट विनियोजन गरिएको सो शिर्षकमा बाँकी बजेट 15,00,000।-

सरसफाई, वातावरण तथा विपद् व्यवस्थापन शाखा

पशु सेवा शाखा

सि.नं.

स्वीकृत कार्यक्रम

बजेट रु.

संसोधित कार्यक्रम

विनियोजित बजेट रु.

कैफियत

स्थानीय गाई, भैसीहरुमा कृत्रिम गर्भाधान गराए वाफत प्रोत्साहन स्वरुप प्रति गाइ/भैसीलाई 200।- बरावरको निःशूल्क औषधी वितरण

2,00,000।- (नगरस्तरिय आर्थिक विकास पशुसेवा 1010,  सि.नं. 6)

  • रेफ्रि जेनेटर (फ्रिज) लार्ज

55,000।-

सो स्वीकृत शिर्षकमा प्रथम चौमासिकमा खर्च हुन नसकेको रकम रु.1,30,000।- लाइ कार्यक्रम संशोधन गरी बजेट विनियोजन गरेको

  • इन्भटर लार्ज

45,000।-

  • वडटिङ्ग व्यालेन्सर

20,000।-

  • कुल बक्स 3 गोटा

10,000।-

 

 

 

निर्णय नं. 2

यस घोराही उपमहानगरपालिका नगर कार्यापालिकाको मिति 2075/07/17 गतेमा भएको निर्णय बमोजिम DPR  गर्न रु. 20,00,000।- अक्षरुपी बिसलाख मात्र। बजेट विनियोजन भएकोमा शिर्षक नतोकेकाले कण्टेन्जेन्सी शिर्षकबाट खर्च गर्ने गरी तपशिल बमोजिमका योजनाहरुको DPR  गर्ने निर्णय गरियो।

तपशिल

सि.नं.

योजनाको नाम

वडा नं

विनियोजित रकम

कैफियत

1.

पशु बधशाला

14

3,50,000।-

 

2.

रङ्गशाला

16

3,50,000।-

 

3.

क्रिकेट मैदान

17

5,00,000।-

 

4

घोरदौरा पार्क

18

3,50,000।-

 

5.

गुलरिया शहित पार्क

17

3,00,000।-

 

6.

चरिङ्गे दह

1

1,50,000।-

 

 

जम्मा

 

20,00,000।-

 

 

 

 

निर्णय नं. 3

यस घोराही उपमहानगरपालिका नगरकार्यपालकाको विभिन्न मितिमा बसेको बैठकबाट बजेट स्वीकृत भएको तर शिर्षक नखोलेको हुँदा तेश्रो नगरसभाबाट पारित नगरस्तरिय योजना पूर्वाधार विकास 30, सि.नं. 2 मा भैपरि आउने पुँजिगत खर्च रु. 45,00,000।- (पैतालिस लाख मात्र) बजेट नगरकार्यपालिकाबाट स्वीकृत भएका तपशिलका आयोजनामा उल्लेखित शिर्षकबाट खर्च गर्ने निर्णय गरियो।

 

 

 

 

 

 

 

 

तपशिल

सि.नं.

स्वीकृत कार्यक्रम

बजेट रु.

संशोधित कार्यक्रमको नाम

बजेट रु.

कैफियत

भैपरी आउने पूँजिगत खर्च

45,00,000।- (नगरस्तरिय पूर्वाधार विकास 30, सि.नं. 2)

  • वडान नं 15 को भृकुटी नगर टोलविकास संस्था अन्तर्गत बुद्धि ग्यारेज नापी शाखा निस्कने बाटोमा कल्भर्ट निर्माण

2,98,881।41

 

 

 

 

 

 

 

 

 

 

 

नगरस्तरिय पूर्वाधार विकास 30, सि.नं. 2 मा भैपरी आउने पूँजिगत खर्च 6,58,856.59।- बाँकी रहको

  • वडा नं. 15 जेष्ठ नागरिक दिवा सेवा

5,00,000।-

 

  • वडा नं. 14 चिउरा मिल ओरालो R.C.C ढलान

5,00,000।-

  • वडा नं. 16 स्यानेटरी ल्याण्डफिल्ड साईट डिप बोरिङ्ग

5,00,000।-

  • वडा नं. 11 कप्सेरि डिपबोरिङ्ग

5,00,000।-

  • घोराही उपमहानगरपालिकाको क्याण्टिन भवन अगाडि अपाङ्ग मैत्री रयाम्प निर्माण

5,00,000।-

  • वडा नं. 15 महेन्द्र बहुमुखि क्याम्पसमा शौचालय निर्माण

10,00,000।-

  • वडा नं. 14 ट्राफिक हुँदै नवलपुरमा गाडि पार्किङ्गका लागि 2 दिन सम्म जे.सि.बि. मार्फत काम गरेको, सेवार खोलाको पानी सिदा वगाउनका लागि समेतको

 

42,262।-

 

 

 निर्णय नं. 4

यस घोराही उपमहानगरपालिकाको कार्यालयमा आर्थिक सहयोग पाउँ भनी पर्न आएका निवेदनका सम्बन्धमा तपशिल बमोजिमका व्यक्ति तथा संस्थालाई तपशिल बमोजिमको आर्थिक सहायता रकम उपलब्ध गराउने निर्णय गरियो।

  1. थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति, दाङ देउखरीको च.नं. 16 र मिति 2075/09/11 गतेको पत्राबाट पौष 27 र 28 गते ×प्रदेश नं. 5 स्तरीय माघि महोत्सव 2075" आयोजना गर्नको लागि कार्यक्रमको प्रस्तावना सहित आर्थिक सहयोग मागेकोले रु.2,50,000।- (दुईलाख पचासहजार मात्र) नगरस्तरिय पर्यटन 1030, सि.नं. 8 बाट भुक्तानी हुने गरी दिने,
  2. यस उपमहानगरपालिका वडा नं. 17 को च.नं. 1734 र मिति 2075/09/19 गतेको सिफारिस पत्रानुसार घोराही उपमहानगरपालिका वडा नं. 17 धाइरे खुट्टि बस्ने तुल्सी के.सी. मिति 2075/08/29 गते घाँस काट्दा रुखबाट खस्दा कम्मरको दुई वटा हड्डी फ्याक्चर भएको र निजको आर्थिक अवस्था निकै कमजोर भएकोले औषधी उपचारको लागि रु. 5,000।- (पाचहजार मात्र) दिने,
  3. यस उपमहानगरपालिका वडा नं. 12 को च.नं. 966 र मिति 2075/09/03 गतेको सिफारिस अनुसार घोराही उपमहानगरपालिका वडा नं. 12 पतेनी बस्ने वर्ष 53 की कमला न्यौपाने मिति 2075/08/27 गते दाउरा बालि आगो ताप्ने क्रममा शरिरमा लगाएको कपडामा अचानक आगो लाग्दा घाटिभन्दा मुनिको सम्पूर्ण भाग जलि अंगभंग भएको र निजको घरको आर्थिक अवस्था निकै कमजोर रहेकाले औषधी उपचारको लागि रु.25,000।- (पच्चीस हजार मात्र) दिने,
  4. अठार मगरात मगर खाम संरक्षण विकास मञ्च केन्द्रिय कार्यालय घोराही, दाङको च.नं. 12 र मिति 2075/09/22 गतेको पत्रानुसार  माघि बिशेष वृहत साँस्कृतिक कार्यक्रम 2075 भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि रु.15,000।- (पन्ध्र हजार मात्र) दिने।

 

निर्णय नं. 5

  1. दाङ जिल्ला फुटवल संघले मिति 2075/09/17 मा यस उपमहानगरपालिकामा पेश गरेको वडा स्तरिय मेयर रनिङ्ग फुटबल प्रतियोगिता आयोजना गर्ने सम्बन्धमा पेश भए अनुसारको प्रस्तावना बमोजिम संचालन गर्ने निर्णय गरियो।
  2. यस घोराही उपमहानगरपालिकामा मिति 2075/09/20 गते वडा स्तरिय मेयर कप संचालन सम्बन्धी बसेको बैठकले गरेका निर्णय नं. 2 र 3 लाई अनुमोदन गर्ने निर्णय गरियो।
  3. यस घोराही उपमहानगरपालिकाको मेयर रनिङ्ग फुटबल प्रतियोगिता, 2075 मा वडा स्तरबाट खेलाडिहरु सहभागी गराउन प्रत्येक वडालाई दश/दश हजार नगर स्तरिय कार्यक्रम खेलकूद तथा मनोरन्जन 2050, सि.नं. 2 खेलकूद प्रवर्द्धन कार्यक्रमबाट दिने निर्णय गरियो।  

 

निर्णय नं. 6

     यस घोराही उपमहानगरपालिका क्षेत्र अन्तर्गत शैक्षिक सत्र 2076 मा विद्यालय सन्चालन/कक्षा थप/ तह थपको लागि वडा कार्यालयले तपशिलका कागजातको आधारमा मात्र सिफारिस गर्ने निर्णय गरियो।

  1. विद्यालयको निवेदन,
  2. विद्यालय दर्ता (कम्पनी/शैक्षिक गुठी) प्रमाण पत्रको प्रतिलिपी,
  3. स्थानीय तहमा चालु आ.व. को नवीकरण सहितको व्यवसाय दर्ताको प्रमाण पत्र,
  4. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ती कर तिरेको रसिद,
  5. बहालमा भए सम्झौँता पत्रको प्रतिलिपी र बहाल कर तिरेको रसिद,
  6. सम्बन्धित वडाको निरीक्षण प्रतिवेदन,
  7. विद्यालय/कक्षा/तह थप आवश्यक पर्नुको औचित्य सहितको पत्र।

 

निर्णय नं. 7

यस घोराही उपमहानगरपालिका क्षेत्र भित्रमा शैक्षिक सत्र 2076 मा नयाँ विद्यालय सञ्चालन/कक्षा,तह थप/मन्टेश्वरी/पूर्व प्राथमिक विद्यालय सञ्चालन गर्दा तपशिल बमोजिमको मापदण्ड तथा आवश्यक कागजातहरु लिने निर्णय गरियो।

1. नयाँ विद्यालय सञ्चालन तथा खोल्नको लागि,

  1. निवेदन साथ पेश गर्नु पर्ने कागजागहरुः
  1. शैक्षिक सत्र शुर हुनु भन्दा कम्तीमा 3 महिना (2075 पौष मसान्त भित्र) अगाडि वि.व्य.स. को निर्णय सहितको तोकिएको ढाँचामा निवेदन पेश गर्नु पर्ने,
  2. विद्यालय खोल्नु पर्ने सम्बन्धमा सम्बन्धित वडा समितिको निर्णय सहितको वडाको सिफारिस पत्र,
  3. शैक्षिक गुठीको विधान स्वीकृत गरिएको पत्र र विधानको प्रमाणित प्रतिलिपी, (संस्थागतको हकमा)
  4. जग्गा भाँडामा भए कम्तीमा 5 वर्षको सम्झौँता पत्रको कागजातहरु र क्षेत्रफलको विवरण र आफ्नै भवन भएमा विद्यालयको नामको लालपूर्जा र घरको नक्शाको प्रमाणित प्रतिलिपी,
  5. विद्यालयको सन्चालन गर्ने गुठीको स्थायी लेखा नम्वरको प्रमाण पत्रको प्रमाणित प्रतिलिपी,
  6. संस्था दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी र कर बुझाएको विवरण,
  7. नजिकका 2 वटा सामुदायिक विद्यालयहरुको वि.व्य.स. को निर्णय सहितको सक्कलै सहमति पत्र,
  8. नजिकको विद्यालयसँगको पैदल दुरी 30 मिनेट वा दुरी 2 कि.मी. भन्दा कम नभएको भनी सम्बन्धित वडाको सिफारिस पत्र,
  9. प्रस्तावित शूल्क विवरण तथा सेवा विवरण,
  10. प्रस्तावित विद्यालयको शैक्षिक नक्शा,
  11. निवेदन दस्तुर वुझाएको रसिद, (फिर्ता नहुने गरी प्रा.वि. रु.1,000।-, आ.वि. रु.1,000।- र मा.वि. रु.2,000।-
  12. सेवामूलक रुपमा सन्चालन गर्ने प्रतिवद्धता पत्र,
  13. विद्यालयको खर्च व्यहोर्ने स्रोतको व्यवस्थाको विवरण,
  14. अनुमति पूर्व विद्यालय सन्चालन नगरेको र गरेको पाइएमा अनुमति प्रक्रिया खारेज गरेमा गुठिको सहमति रहेको पत्र र सो अनुसारको निर्णयको प्रतिलिपी,
  15. निरीक्षण प्रतिवेदन।

नोटः शैक्षिक गुठि अन्तर्गत विद्यालय सन्चालन गर्न चाहनेले शैक्षिक सत्र सुरु हुनु भन्दा कम्तीमा 3 महिना अगाडि शैक्षिक गुठि सम्बन्धी विधान बनाइ उपमहानगरपालिकामा स्वीकृतको लागि पेश गर्नु पर्ने छ।

  1. अनुमति लिने समयमा पेश गर्नु पर्ने कागजातहरुः
  1. संस्थागतको हकमा ने.बै.लि./रा.बा.बै.लि./कृ.वि.बै. मध्ये कुनै एकमा मा.वि. को हकमा 2 लाख, आ.वि. का लागि 1 लाख 50 हजार र प्रा.वि. को लागि 50 हजार सुरक्षण धरौटि रकम राखीएको मद्दती कार्डको प्रमाणित प्रतिलिपी,
  2. संस्थागतको हकमा अनुमतिको लागि अनुमति दस्तुर प्रा.वि. को 15 हजार, आ.वि. को 20 हजार र मा.वि. को 25 हजार, (घोराही उपमहानगरपालिकाको स्थानीय विकास कोषको ने.बै.लि. मा रहेको खाता नं. 02703000000005009003 मा रकम जम्मा गरेको भौचर)
  3. शिक्षक नियुक्ती पत्र, निजहरुको नागरिकता, योग्यता, अध्यापन अनुमति पत्रको प्रमाणित प्रतिलिपी,
  4. विद्यालयमा भएको पुस्तक, पाठ्यक्रमको विवरण र विद्यालयले पठन पाठन गराउने पाठ्यक्रम विकास केन्द्रद्वारा सूचीकृत पाठ्यपुस्तकको विवरण,
  5. शिक्षक कर्मचारीको सेवा सुविधा सम्बन्धी विनियमावली।

नोटः सम्बन्धित कार्यालयबाट हुने निरिक्षणको क्रममा  उल्लिखित सबै कागजातहरु देखाउनु पर्नेछ।

 

2. विद्यालयको कक्षा/तह थपका लागि,

(क) निवेदन साथ पेश गर्नु पर्ने कागजागहरुः

  1. शैक्षिक सत्र शुर हुनु भन्दा कम्तीमा 2 महिना (2075 माघ मसान्त भित्र) अगाडि वि.व्य.स. को निर्णय सहितको तोकिएको ढाँचामा निवेदन पेश गर्नु पर्ने,
  2. विद्यालय खोल्नु पर्ने सम्बन्धमा सम्बन्धित वडा समितिको निर्णय सहितको वडाको सिफारिस पत्र,
  3. शैक्षिक गुठी अन्तर्गत भएमा विधान स्वीकृत गरिएको पत्रको प्रमाणित प्रतिलिपी र कम्पनी अन्तर्गत भएमा कम्पनीको प्रमाण पत्र र प्रबन्ध पत्र तथा नियमावलीको प्रतिलिपी (संस्थागतको हकमा)
  4. संस्था दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी र कर बुझाएको विवरण,
  5. कक्षा/तह थप भएमा अघिल्लो कक्षा/तह थपको अनुमति पत्रको प्रमाणित प्रतिलिपी,
  6. शैक्षिक सत्र 2075 को EMIS विवरण,
  7. शिक्षक/कर्मचारीको शैक्षिक योग्यताको प्रतिलिपीहरु,
  8. जग्गा भाँडामा भए कम्तीमा 5 वर्षको सम्झौँता पत्रको कागजातहरु र क्षेत्रफलको विवरण र आफ्नै भवन भएमा विद्यालयको नामको लालपूर्जा र घरको नक्शाको प्रमाणित प्रतिलिपी,
  9. भाँडामा भए बहाल कर तिरेको रसिद,
  10. नजिकका 2 वटा सामुदायिक विद्यालयहरुको वि.व्य.स. को निर्णय सहितको सक्कलै सहमति पत्र,
  11. नजिकको विद्यालयसँगको पैदल दुरी 30 मिनेट वा दुरी 2 कि.मी. भन्दा कम नभएको भनी सम्बन्धित वडाको सिफारिस पत्र,
  12. आगामी शैक्षिक सत्रको लागि अभिभावक भेलाको दुई तिहाई बहुमतको पारित प्रस्तावित शूल्क विवरणको प्रमाणित प्रतिलिपी,
  13. कम्तिमा 3 वर्ष निजी स्रोतबाट सन्चालन गर्ने वि.व्य.स. को प्रतिवद्धता, (सामुदायिकको हकमा मात्र)
  14. प्रस्तावित विद्यालयको शैक्षिक नक्शा,
  15. चालु शैक्षिक सत्रको लागि वितरण गरिएको छात्रवृत्तिको विवरण,
  16. विद्यालयमा भएको पुस्तक, पाठ्यक्रमको विवरण र विद्यालयले पठन पाठन गराउने पाठ्यक्रम विकास केन्द्रद्वारा सूचीकृत पाठ्यपुस्तकको विवरण,
  17. विद्यालयको नाममा विद्यार्थी आवत जावत गर्न प्रयोग गर्ने सवारी साधन भए सोको रङ्ग र नाम देखिने गरी खिचेको सवारी साधनको फोटो,
  18. शिक्षक नियुक्ती पत्र, निजहरुको नागरिकता, योग्यता, अध्यापन अनुमति पत्रको प्रमाणित प्रतिलिपी,
  19. शिक्षक कर्मचारीको सेवा सुविधा सम्बन्धी विनियमावली,
  20. विद्यालयको खर्च व्यहोर्ने स्रोतको व्यवस्थाको विवरण,
  21. गत आ.व. को लेखा परीक्षणको प्रतिवेदन र विद्यालयको सन्चालन गर्ने गुठी/कम्पनीको स्थायी लेखा नम्वरको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी,
  22. अनुमति पूर्व विद्यालय सन्चालन र अनुमति नपाएको थप कक्षा सन्चालन नगरेको र गरेको पाइएमा अनुमति प्रक्रिया खारेज गरेमा गुठिको सहमति रहेको पत्र र सो अनुसारको वि.व्य.स. को निर्णय प्रतिलिपी,
  23. निवेदन दस्तुर, (फर्ता नहुने गरी प्रा.वि. रु.1,000।-, आ.वि. 1,000।- र मा.वि. 2,000।-)
  24. निरीक्षण प्रतिवेदन।

(ख) अनुमति लिने समयमा पेश गर्नु पर्ने कागजातहरुः

 

  1. संस्थागतको हकमा ने.बै.लि./रा.बा.बै.लि./कृ.वि.बै. मध्ये कुनै एकमा मा.वि. को हकमा 2 लाख, आ.वि. का लागि 1 लाख 50 हजार र प्रा.वि. को लागि 50 हजार सुरक्षण धरौटी रकम राखीएको मुद्दती कार्डको प्रमाणित प्रतिलिपी,
  2. संस्थागतको हकमा अनुमतिको लागि अनुमति दस्तुर प्रा.वि. को 15 हजार, आ.वि. को 20 हजार र मा.वि. को 25 हजार,

 

नोटः सम्बन्धित कार्यालयबाट हुने निरिक्षणको क्रममा उल्लिखित सबै कागजातहरु देखाउनु पर्नेछ।

3. नयाँ मन्टेश्वरी/पूर्वप्राथमिक विद्यालय सन्चालनको लागि,

   (क) निवेदन साथ पेश गर्नु पर्ने कागजातहरुः

  1. शैक्षिक सत्र शुरु हुनु भन्दा कम्तीमा 2 महिना (2075 माघ मसान्त) भित्रमा तोकीएको ढाँचामा निवेदन,
  2. सञ्चालकहरुको नागरिकताको प्रमाणित प्रतिलिपी,
  3. शैक्षिक गुठीको स्वीकृत विधान, (निजीको हकमा)
  4. शैक्षिक गुठी/संस्थाको दर्ताको प्रमाणित प्रतिलिपी र कर बुझाएको विवरण,
  5. प्रस्तावित सेवार विभिन्न प्रकारका शिर्षकगत शूल्कको विवरण,
  6. जग्गा भाँडा भए कम्तीमा  वर्षको सम्झौँता पत्रको कागजातहरु र क्षेत्रफलको विवरण तथा आफ्नै भवन भएमा संस्थाको नामको लालपूर्जा र घरको नक्शाको प्रमाणित प्रतिलिपी,
  7. नजिको कम्तीमा 2 वटा सामुदायिक शैक्षिक संस्था/विद्यालयहरुको वि.व्य.स. को निर्णय सहितको सक्कलै सहमति पत्र,
  8. नजिकको विद्यालयसँगको पैदल दुरी 15 मिनेट वा दुरी 1 कि.मी. भन्दा कम नभएको भनी सम्बन्धित वडा सिफारिस पत्र,
  9. खोल्न उपयुक्त रहेको भनी सम्बन्धित वडा समितिको सिफारिश सहितको वडाको सिफारिस पत्र,
  10. खर्च व्यवस्थापनको स्रोत,
  11. प्रस्तावित विद्यालय/संस्थाको शैक्षिक नक्शा,
  12. निवेदन दस्तुर बुझाएको रसिद, (फिर्ता नहुने गरी रु.1,000।-)
  13. निरीक्षण प्रतिवेदन,
  14. अनुमिति पूर्व विद्यालय/मन्टेश्वरी सन्चालन नगरेको र गरेको पाइएमा अनुमति प्रक्रिया खारेज गरेमा संस्थाको सहमति रहेको पत्र र सो अनुसारको निर्णयको प्रमाणित प्रतिलिपी,

(ख) अनुमतिको समयमा पेश गर्नु पर्ने कागजातहरुः

  1. रु.15,000।- अनुमति शूल्क रसिद,
  2. शिक्षक कर्मचारी सम्बन्धी संस्थाको विनियमावलीको प्रमाणित प्रतिलिपी,
  3. सहजकर्ता तथा शिक्षकहरुको शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र र तालिमको प्रमाणित प्रतिलिपीहरु,
  4. व्यवस्थापन समितिको पदाधिकारीहरुको विवरण,
  5. केन्द्र/विद्यालयमा रहेको कम्प्यूटर/पुस्तकालय तथा ICT को सामाग्रीहरुको विवरण।

नोटः

  1. शैक्षिक गुठीको विधान शैक्षिक सत्र शुरु हुनु भन्दा कम्तिमा 3 महिना अगाडि स्वीकृतिको लागि यस उपमहानगरपालिकामा पेश गर्नु पर्नेछ।
  2. सम्बन्धित कार्यालयबाट हुने निरीक्षणको क्रममा उल्लेखित सबै कागजातहरु देखाउनु पर्नेछ।

 

निर्णय नं. 8

यस घोराही उपमहानगरपालिकाको चौँथो (हिउँदे) नगरसभा अधिवेशन  मिति २०७5 साल माघ 25 गते देखि गर्ने निर्णय गरियो।

 

 

निर्णय नं. 9

  1. यस घोराही उपमहानगरपालिका क्षेत्र भित्रका सामुदायिक विद्यालयहरुमा विभिन्न प्रकृतिका संघ संस्थाहरुबाट भौतीक पूर्वाधार लगायतका कार्यहरु गरिदिने नाममा विद्यालयको पठन पाठनमा र आर्थिक पारदर्शितामा समेत सन्तोष जनक काम नभएको पाइएकोले सो कार्य गर्न गराउन वि.व्य.स. को निर्णय सहित प्रस्तावना पेश हुन आएमा कार्यपालिकाको निर्णय सहितको आधारमा शिक्षा, युवा तथा खेलकूद महाशाखाले अनुमति दिने निर्णय गरियो।
  2. यस घोराही उपमहानगरपालिकाले बनाएको कृतिम जलाशयमा (गुलरिया ड्याममा) मिति 2075/08/09 गते घोराही उपमहानगरपालिका वडा नं. 15 निवासी लक्ष्मण डाँगी पौडि खेल्दा डुबेर मृत्यु भएको र निजको लाश निकाल्दा लागेको खर्चको सबै विलभर्पाइ अनुसार जम्मा रु. 1,48,380।- (एकलाख अठचालीसहजार तीनसय असी मात्र) हुन आएकोले सो रकम (क) चालु खर्चको खर्च संकेत 27212 को उद्दार, राहत तथा पुनस्थापना खर्चबाट भुक्तानी दिनको लागि सहमति दिने निर्णय गरियो।
  3. सेवार खोला नयाँ बसपार्क घोराही-14 मा दोश्रो चरणको योजना संचालन भैरहेको र खोलाको तटबन्धको काम समेत गर्नु पर्ने हुँदा  सदन शहरी तथा भवन निर्माण आयोजनालाई अनुरोध गर्ने निर्णय गरियो।