FAQs Complain Problems

वैठक नं २३( २०७४।११।१६)

  • ( २०७४।११।१६, वैठक नं २३ )
  1. नदि जन्य पदार्थ (ढुंगा, गिट्टी, वालुवा, माटो आदि) सम्वन्धमा |
  2. प्रारम्भिक वातावरणीय परिक्षण सम्वन्धमा |
  3. विविध सम्वन्धमा

 

निर्णय नं. १:

स्थानीय सरकार संचालन ऐन २०७४को परिच्छेद ३ दफा ११को प ७ मा एवं जिल्ला समन्वय समितिबाट पेश भएको मिति २०७४/११/१३, च.नं. १३२ को पत्र तथा निर्णय नं. ६ अनुसार यस घोराही उपमहानगरपालिका तहमा संचालन हुने विकास निर्माण सम्वन्धि आयोजनाको लागि नदि जन्य पदार्थहरुको अभाव भई विकास निर्माण समेत अवरुद्ध हुने अवस्था सृजना भएकाले ठेक्का लागेको खोला र स्थान बाहेकको क्षेत्रमा आवश्यक पर्ने नदि जन्य पदार्थहरुको पहिचान तथा व्यवस्थापन गर्न तपशीलको समिति गठन गर्ने निर्णय गरियो | उक्त समितिले सिफारिस गरेका स्थानमा घोराही उपमहानगरपालिका तहमा संचालन हुने विकास निर्माण सम्वन्धि आयोजनाको लागि मात्र बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म प्रतिघन फिट रु. २|०० (अक्षरुपि दुई रुपियाँ मात्र) राजश्व लिई उठाउने व्यबस्था गर्ने निर्णय गरियो | साथै आ. व. २०७४/०७५को विनियोजित बजेट अन्तर्गत संचालन हुने योजनाका लागि आवश्यक पर्ने नदि जन्य पदार्थको उत्खनन् र ओसार पसार गर्न  Heavy Equipment  समेत प्रयोग गर्न सकिने निर्णय गरियो |

  •  

भरतमणि अर्याल, वडाध्यक्ष १८ : संयोजक

कुलबहादुर लामिछाने, वडाध्यक्ष ११: सदस्य

ई. रामधन श्रेष्ठ : सदस्य सचिव

निर्णय नं. २ :

यस उपमहानगरपालिका क्षेत्र भित्र पर्ने नदि जन्य पदार्थको संकलन उत्खनन् गर्नको लागि ति क्षेत्रहरुको प्रारम्भिक वातावरणीय परिक्षण गर्न जिल्ला समन्वय समितिलाई अनुरोध गर्ने निर्णय गरियो |

निर्णय नं. ३

यस घोराही उपमहानगरपालिका नगर कार्यपालिकाका सदस्य श्री बिमला गन्दर्भका श्रीमान् बिरामी भएको र विपन्न भै उपचार गर्न कठिनाई भएको हुँदा उपचारका लागि रु. १००००|०० ( अक्षरुपि दस हजार मात्र ) आर्थिक सहयोग गर्ने निर्णय गरियो |

साथै यस घोराही उपमहानगरपालिका नगर कार्यपालिकाका सदस्य श्री डिल्ली नेपालीकी श्रीमती बिरामी भएको र विपन्न भै उपचार गर्न कठिनाई भएको हुँदा उपचारका लागि रु. ५०००|०० ( अक्षरुपि पाँच हजार मात्र ) आर्थिक सहयोग गर्ने निर्णय गरियो |