FAQs Complain Problems

सूची दर्ता गराउने सम्बन्धी सूचना

घोराही उपमहानगरपालिका
सूची दर्ता गराउने सम्बन्धी सूचना

प्रकाशित मितिः- २०७६।०३।२०

 

यस उपमहानगरपालिकामा आ.व. २०७६।७७ का लागि आवश्यक तपशिल बमोजिमको सामान तथा वा आपूर्ति गर्नका लागि इच्छुक इजाजत प्राप्त व्यक्ति, फर्म, कम्पनी एवं संस्थाहरुबाट सार्वजनिक खरिद नियमावलीको, २०६४ को नियम १८(३) मा भएको व्यवस्था अनुसार प्रत्येक कार्यका लागि छुट्टाछुट्टै दर्ताका  लागि २०७६।०४।०५ भित्र निवेदन सहित अन्य कागजात पेश गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

  1. सामाग्री आपूर्ति तर्फ
    1. मसलन्द तथा कार्यालय सामान
    2. इलेक्ट्रोनिक सामान तथा पार्टपुर्जाहरु
    3. छपाई
    4. खानेपानी आपूर्ति
    5. फर्निचर तथा फर्निसिङ्ग
    6. सवारी साधनका पार्टपुर्जाहरु
    7. पत्रपत्रिका आपूर्ति
    8. प्लमविङ
    9. कार्यालयका अन्य सामाग्रिहरु
  2. परामर्श सेवा तर्फ
    1. विज्ञापन एजेन्सी
    2. तालिम व्यवस्थापन, संचालन तथा मूल्यांकन
    3. अध्ययन,अनुसन्धान, मूल्यांकन परामर्श सेवा
    4. आर्थिक तथा खरिद सम्बन्धी परामर्श
    5. अन्य परामर्श सेवा
  3. अन्य सेवा तर्फ
    1. सफ्टवेयर र हार्डवेयर मर्मत
    2. सफ्टवेयर निर्माण तथा जडान
    3. इन्टरनेट सेवा जडान तथा मर्मत
    4. सवारी साधन मर्मत
    5. फर्निचर मर्मत
    6. इलेक्ट्रिकल तथा मेसिनरी सामान जडान तथा मर्मत
    7. कार्यालय भवन, कम्पाउण्ड वा खानेपानी लगायतका अन्य मर्मत कार्य
    8. श्रव्यदृष्य सामाग्री उत्पादन, प्रकाशन र प्रशारण सम्बन्धी कार्य
    9. निर्माण सम्बन्धी कार्य

 

 

निवेदकले पेश गर्नुपर्ने कागजातहरु

  1. व्यवसाय/पेशा/कम्पनी/फर्म/संस्था दर्ताको प्रमाणित प्रतिलिपि, स्थायी लेखा नं, मू. अ. कर दर्ताको प्रमाणित प्रतिलिपि र आ.व. ०७४।७५ सम्मको कर चुक्ताको प्रतिलिपि ।
  2. व्यक्तिगत परामर्शदाताको हकमा शैक्षिक योग्यता, समकक्षता(यदी आवश्यक भएमा) र काउन्सिल लगायत अन्य पेशागत संस्थामा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि ।
  3. सार्वजनिक खरिद कार्यमा भाग लिन अयोग्य नभएको, प्रस्तावित खरिद कारवाहीमा आफ्नो स्वार्थ नबाझिएको र सम्बन्धित पेशा वा व्यवसाय सम्बन्धी कसुरमा कारवाहीमा नपाएको भनी लिखित घोषणा गरेको पत्र ।
  4. अध्ययन अनुसन्धान तथा परामर्श सेवा उपलब्ध गराउने कार्यमा स्वतन्त्र परामर्शदाताले बायोडाटा, नागरिकता, शैक्षिक योग्यता, अनुभव सम्बन्धी कागजात तथा प्राविधिक परामर्शको लागि नेपाल इञ्जिनियरिङ्ग काउन्सिल, नेपाल मेडिकल काउन्सिल तथा अन्य पेशागत संस्थामा दर्ता भएको कागजातको प्रमाणित प्रतिलिपि समेत पेश गर्नुपर्ने छ ।
  5. कुन विषयका लागि सूचीकृत हुने हो स्पष्ट किटानी भएको रु १०।०० को टिकट टाँस भएको निवेदन पेश गरको हुनुपर्नेछ ।

सर्तहरु

  1. निवेदकले छुट्टाछुट्टै कार्य वा सेवाको लागि छुट्टाछुट्टै कागजात र निवेदन पेश गर्नुपर्नेछ ।
  2. कुनै फर्म, संस्था कम्पनी वा व्यक्तिलाई सूचीकृत गर्ने वा नगर्ने भन्ने अधिकार उपमहानगरपालिकामा रहनेछ ।
  3. यो सूची आ.व. २०७६।०७७ अवधिभर सम्मका लागि हुनेछ ।
  4. सूचीकृत हुन चाहने व्यक्ति, फर्म वा संस्थाले सूचिकर्त हुन चाहेको क्षेत्रमा कार्य गर्न आधिकारिक निकायको अनुमति  वा अधिकार प्राप्त गरेको हुनुपर्नेछ ।