FAQs Complain Problems

सामाजिक सुरक्षा लाभग्राहीको नाम दर्ता तथा नवीकरण बारे सूचना ।।

घोराही नगरपालिकामा स्थाई बसोबास गर्ने जेष्ठ नागरिक लगायतका लक्षित समूहका नागरिकहरुलाई प्रदान गरिदै आएको सामाजिक सुरक्षा भत्ता आगामी आ.व. को साउन १ गते देखि पाउन सो तपसील बमोजीमको  शर्त पूरा गरेका योग्य र इच्छुक नागरिकहरुले २०७२ मार्ग १५ गते भित्र घोराही नगरपालिका कार्यालयका वडा कार्यालयमा रित पूर्वक दरखास्त दिनु हुन सूचित गरिन्छ । हाल भत्ता पाइरहेका नागरिकहरुले समेत आगामी आ.व.मा भत्ता लिन चाहेमा नवीकरणका लागि दरखास्त दिनु पर्नेछ । यो सूचना बमोजीम दर्ता तथा नवीकरणका लागि दरखास्त नदिने नागरिकहरुले २०७३ साउन देखि भत्ता प्राप्त गर्न नसक्ने व्यहोरा समेत जानकारी गराइन्छ ।दरखास्त फाराम निशुल्क उपलब्ध गराइनेछ । थप जानकारीका लागि घोराही  नगरपालिका कार्यालय र वडा कार्यालयमा सम्पर्क गर्नहुन समेत अनुरोध छ । 

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरु ।

  •    ७० वर्ष नाघेका जेष्ठ नागरिक
  •   ६० वर्ष नाघेका दलित जेष्ठ नागरिक
  •    ६० वर्ष नाघेका अविवाहित वा सम्बन्ध विच्छेद भएका एकल महिला तथा पतिको मृत्यु भएका जुनसुकै उमेरका विधवा
  •    महिला तथा बालबालबालिका कार्यालयबाट रातो रंगको अपाङ्गता परिचयपत्र प्राप्त गरेका पूर्ण अशक्त अपाङ्गता भएका
  •    महिला तथा बालबालबालिका कार्यालयबाट निलो रंगको परिचयपत्र प्राप्त गरेका अति अशक्त अपाङ्गता भएका
  •    लापोन्मुख आदिबासी जनजाति नागरिकहरु
  •    ५ वर्ष मुनिका दलित परिवारका एक आमाका बढीमा २ बालबालिका
  •    अघिल्लो वर्षको आषाढ मसान्त भित्र ७० वर्ष पूरा भई चालु आ.व.को भत्ता पाउने सूचिमा समावेश भएका जेष्ठ नागरिकहरुलाई उपचार खर्च ।