FAQs Complain Problems

एन्ड्रोइड ट्याबलेट खरिद सम्बन्धी सिलबन्दी दरभाउपत्र आव्हानको सूचना

घोराही उपमहानगरपालिका

नगर कार्यपालिकाको कार्यालय

घोराही दाङ

 

एन्ड्रोइड ट्याबलेट खरिद सम्बन्धी सिलबन्दी दरभाउपत्र आव्हानको सूचना

प्रथम पटक सूचना प्रकाशित मितिः-  २०७६।०९।०३ गते

 

यस घोराही उपमहानगरपालिका कार्यालयका लागि एन्ड्रोइड ट्याबलेटहरु खरिद गर्नुपरेकोले सो सम्बन्धी कार्य गर्न मान्यता प्राप्त फर्म/कम्पनीहरुवाट निम्न शर्तहरुको अधिनमा रही रितपुर्वकको सिलबन्दी दरभाउपत्र आव्हान गरिएको छ ।

शर्तहरु–ः

१. दरभाउपत्र फारम रु १०००।(पछि फिर्ता नहुने गरि) तिरी यो सूचना प्रकाशित भएको मितिले १५ दिनसम्म कार्यालय समयमा खरिद गर्न सकिने छ ।

२. दरभाउपत्र फारम खरिद गर्न फर्म/कम्पनीहरुले कम्पनि रजिस्ट्रेसन प्रमाणपत्र, भ्याट/प्यान दर्ता तथा नविकरण गरेको प्रमाणपत्र र आ. व. २०७५।७६ को कर चुक्ता प्रमाणित प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

३.दरभाउपत्र शर्त रहित केरमेट नभएको हुनुपर्नेछ । यदि केरमेट भएमा केरमेट भएको ठाउँमा बोलपत्र दाताको दस्तखत र छाप भएको हुनुपर्नेछ ।

४.तपशिलमा उल्लेखित धरौटी वापतको रकम यस कार्यालयको नाममा रहेको श्री नेपाल बैक लिमिटेड, घोराहीको धरौटी खाता –नं. 02703000000003000004 मा नगदै जम्मा गरेको सक्कल भौचर वा यस कार्यालयको नाममा मान्यता प्राप्त वाणिज्य बैंकले जारि गरेको ग्यारेन्टी(विड वण्ड) संलग्न हुनु पर्ने छ । प्रस्ताबकको Bid validity कम्तीमा ७५ दिनको हुनु पर्नेछ।

५.कवोल अंकको दररेट अंक र अक्षरमा स्पष्ट उल्लेख गर्नु पर्नेछ । केरमेट भएमा केरमेट भएको स्थानमा सहिछाप गर्नु पर्नेछ।दररेट रकम अंक र अक्षरमा फरक पर्न आएमा अक्षरमा लेखिएकोलाई मान्यता दिईनेछ ।

६.एक फर्मको नाममा खरिद गरिएको दरभाउपत्र फाराम अर्को फर्मको नामबाट दाखिला गर्न पाईने छैन।

७.खरिद भएको दरभाउपत्र फाराम सिलवन्दी गरी खाम वाहिर आफनो फर्मको नामथर, वतन र कामको विवरण स्पष्ट उल्लेख गरी सिलवन्दी गरी यस कार्यालयमा सूचना प्रकाशित भएको मितिले १६ औ दिनको १२ बजे भित्र दर्ता गरी सक्नु पर्नेछ । दर्ता भएका दरभाउपत्रहरु सोही दिनको २ बजे यस कार्यालयम सरकारी प्रतिनिधी, फर्मको प्रतिनिधीहरुको रोहवरमा खोलिने छ । खोल्ने समयमा फर्मको वा निजहरुको प्रतिनिधी उपस्थित नभएमा पनि सिलवन्दी दरभाउपत्र खोल्न बाधा पुग्नेछैन । कारणवश सिलवन्दी बोलपत्र खरिद गर्ने,दर्ता गर्ने तथा खोल्ने दिन सार्वजनिक विदा पर्न गएमा कार्यालय खुलेको सोही समयमा हुनेछ।

८.दरभाउपत्रदाताले दरभाउपत्र सँगै फर्मले प्रदान गर्ने वस्तुहरुको ब्राण्डहरु विक्रि गर्नका लागि प्राप्त गरेको आधिकारिक Dealership Certificate  पेश गर्नुपर्नेछ ।

९.दरभाउपत्र पूर्ण वा आंशिकरुपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित हुनेछ ।

१०.अन्य कुराहरु सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ वमोजिम हुनेछ। अन्य कुराहरु दरभाउपत्र फाराममा उल्लेख भए वमोजिम हुनेछ ।

११. थप जानकारीको लागि यस कार्यालयमा सम्पर्क राख्न सकिने छ साथै यो सुचना घोराही उपमहानगरपालिकाको वेभसाइट www.ghorahimun.gov.np बाट समेत डाउनलोड गरी हेर्न सकिनेछ ।

बोलपत्र नं

सामानको विवरण

ल.इ(मू अ क बाहेक)

धरौटी रकम

कैफियत

१६/२०७६/७७

एन्ड्रोइड ट्याबलेट खरिद

१२३४५१३.३0

३००००।-