FAQs Complain Problems

कार्यपालिका बैठक नं. १०(२०७४।०५।२९)

कार्यपालिका बैठक नं. १० का निर्णयहरु ।

निर्णय नं. १ :

    नेपाल सरकारले विश्व वैँकबाट  Scaling Up Renewable Energy Program (SREP): Extended Biogas Project को लागि अनुदान प्राप्त गरेको र सो को केहि अंश यस उप महानगरपालिका भित्र उत्पादन हुने फोहरलाई व्यवस्थित गरी ऊर्जा उत्पादन गर्ने कार्यका लागि अनुदान स्वरुप खर्च गर्न चाहेको र सोही बमोजिम मिति २०७३ कार्तिक ४ गते यस  उपमहानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बीच एक समझदारी पत्रमा हस्ताक्षर समेत भएको हुँदा सो समझदारी पत्र अनुसार यस उप-महानगरपालिकाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसंगको सहकार्यमा यस नगर क्षेत्रमा उत्पन्न फोहरबाट ऊर्जा उत्पादन गर्ने लक्ष्य सहित नगर फोहर व्यवस्थापनका माध्यमबाट फोहोरबाट ऊर्जा उत्पादन गर्ने कार्यमा विश्व वैँकबाट स्वीकृत विधि एवं प्रक्रिया बमोजिम एक योग्य निजि लगानीकर्ताको छनोटका लागि यस उपमहानगरपालिकाबाट योग्यता सम्बन्धि सार्वजनिक सूचना आह्वान गरी फोहोर व्यवस्थापनको कार्य नगरपालिकाको अनिवार्य दायित्व भएकाले यस्को व्यवस्थापन समुचित तवरबाट हुनुपर्ने विषयमा विमती रहेन । यस विषयमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग यस घोराही उप महानगरपालिकाले सहकार्य गरी अगाडी बढ्न सकेमा व्यवस्थापन कार्यमा अझै प्रभावकारिता आउन सक्ने तथा यस उप महानगरपालिका र नगरवासी समेतको हित हुने महसुस भएकोले यस सम्बन्धमा निम्न उल्लिखित सर्तका आधारमा यसैसाथ संलग्न योग्यता सम्बन्धि कागजात र सार्बजनिक सुचना समेत गरी नियमानुसार प्रकृया अगाडी वढाउने निर्णय गरियो ।

  • फोहोर व्यवस्थापनका माध्यमबाट फोहरबाट ऊर्जा उत्पादन गर्ने कार्यमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग थप सहकार्य गर्ने र प्रक्रिया तत्काल अगाडि बढाई उक्त केन्द्रसँग समन्वय गर्ने ।
  • फोहोर व्यवस्थापन गरी सोबाट ऊर्जा निकाल्न विस्तृत सम्भाव्यता अध्ययन वा अन्य उपयुक्त अध्ययन गराउन वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा सहमति दिने ।
  • विस्तृत सम्भाव्यता अध्ययन तथा फोहरबाट ऊर्जा उत्पादन गर्ने कार्यमा निजी क्षेत्रलाई लगानी सहित डिजाईन, लगानि, निर्माण, स्वामित्व ग्रहण, संचालन र हस्तान्तरण (DBFOOT) विधि मार्फत सरिक गराउने र यसको लागि उप महानगरपालिकाबाट निम्नानुसार सर्त तथा सुविधाहरु प्रदान गर्ने सुनिश्चितता गर्नेः

क) फोहरबाट ऊर्जा उत्पादन गर्ने प्रयोजनको लागि कम्तिमा २० वर्ष अवधिसम्मको लागि नगरको उत्पादित फोहर निजि लगानीकर्तालाई उपलव्ध गराउने र २० वर्ष पछि सम्पुर्ण मेसिन, औजार तथा उपकरण सहित छनोट गरिएको निजी क्षेत्रले उपमहानगरपालिकालाई चालु अवस्थामा हस्तान्तरण गर्ने।

ख)  यस उप महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्रमा रहेको जग्गा मध्ये ३ बिगाह जग्गा  फोहरबाट ऊर्जा उत्पादन गर्ने, तथा हरियालि तथा पार्क लगानिकर्ताले निर्माण गर्ने र अन्य जग्गा फोहोर व्यवस्थापन  प्रयोजनको लागि उपलब्ध गराउने। तर सो जग्गा सहित फोहरबाट उर्जा उत्पादन प्लान्ट २० वर्ष पछि निजि लगानिकर्ताले चालु अवस्थामा उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने ।

ग) परियोजनाको लागि आवश्यक पर्ने जैविक फोहोरलाई श्रोतमा नै छुट्याउने आशयले प्रत्येक वर्ष २० प्रतिशत घर धुरीका दरले  ५ वर्ष भित्र उपमहानगरपालिका, निजि लगानिकर्ता र सर्वसाधारण घरधनिको संयुक्त लगानिमा प्रत्येक घरधुरीमा दुईवटा फोहोर संकलन गर्ने फोहोरदानी (Double Bin System for source segregation) कार्यान्वयनमा ल्याउने ।

निर्णय नं. २:

यस घोराही उपमहानगरपालिकाको प्रथम नगर सभा बाट पारित नीति, वजेट तथा कार्यक्रम अनुसार यस आ.व. २०७४/०७५ मा पुँजीगत तर्फबाट संचालन हुने योजनाको तीन प्रतिशत कन्टेन्जेन्सी रकम कट्टा गरि उ.म.न.पाको खातामा जम्मा गर्ने निर्णय गरियो | उक्त रकम तोकिएको  शीर्षकमा बमोजिम खर्च गर्ने निर्णय गरियो ।

निर्णय नं ३:

घोराही उपमहानगरपालिकाबाट आ.व. २०७४/०७५ मा संचालन हुने योजनाहरुका लागि नेपाल सरकारबाट स्थानीय तहमा कर्मचारी समायोजन प्रक्रिया भई कर्मचारीहरुको टुंगो नलागेको र हाल यस उ.म.न.पामा मौज्दात प्राविधिक कर्मचारीहरु अति न्यून भई योजना संचालनका लागि नक्सा, डिजाइन, ल.ई., मुल्यांकन तथा अनुगमनमा प्रभावित हुने भएकोले अर्को व्यवस्था नभएसम्मका लागि  एक जना कर्मचारीले दुई देखि तीन वटा वडा कार्यालय हेर्ने गरि तोकिएको योग्यता पुगेका प्राविधिक सव-इन्जिनियरहरु प्रचलित कानूनको अधिनमा रही सेवा करार, दैनिक ज्यालादारी वा अन्य कुनै उपयुक्त मोडालिटी अपनाई सेवा लिने साथै यसरी सेवा लिने प्राविधिकहरुको पारिश्रमिक वडास्तरीय योजनाबाट कट्टी गरिएको कन्टेनजेंसी रकमबाट व्यहोर्ने निर्णय गरियो ।

निर्णय नं ४:

घोराही उपमहानगरपालिका बाट आ.व. २०७४/०७५ मा लागत सहभागितामा संचालन गरिने योजनाहरुको लागत सहभागिताको रकम,  भूगोल,  सहभागिताको प्रकृति,  योजनाको किसिम लगायतका विषयहरु समेटि कार्यविधि निर्माण गर्नको लागि श्री लछिनप्रसाद बुढा,  श्री रमेशकुमार पाण्डे, श्री कुलबहादुर लामिछाने,  श्री रामधन श्रेष्ठ,  श्री पवित्रा वि. क. रहेको पाँच सदस्यीय कार्यदल गठन गर्ने र उक्त कार्यदलले पाँच दिन भित्र कार्यविधि निर्माण गरी कार्यपालिकामा पेश

निर्णय नं ५ :

नगर कार्यापालिकाका सदस्य श्री  विष्णुमणि दाहाल, शा.अ. श्री सुवोध रेग्मी, स्वास्थ्य अधिकृत नारायणप्रसाद घर्ति, स्वास्थ्य अधिकृत श्री ठाकुरप्रसाद खनाल  रहेको टोलीले स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन कार्यविधि २०७४ निर्माण गरी ३ दिन भित्र नगर कार्यापालिकामा पेश गर्ने निर्णय गरियो |

निर्णय ६ :

सामाजिक विकास समितिका संयोजक श्री भरतमणि अर्याल, सामजिक विकास अधिकृत श्री बालकृष्ण खनाल र स्रोत व्यक्ति श्री  विप्लब अधिकारी रहेको कार्यदल गठन गर्ने र उक्त कार्यदलले ३ दिन भित्र  शिक्षक छनौट परीक्षा संचालन कार्यविधि २०७४ निर्माण गरी कार्यापालिकामा पेश गर्ने निर्णय गरियो ।

निर्णय ७:

घोराही उपमहानगरपालिका कार्यालयको संचार माध्यम सम्बन्ध,  प्रबन्ध र व्यवस्थापन,  संयोजन लगायतका मिडिया म्यानेजमेन्टको कार्यका अतिरिक्त नगरप्रमुख श्री नरुलाल चौधरीको संचार सम्बन्ध प्रभावकारी बनाउनको लागि प्रेस संयोजकको रुपमा घोराही उपमहानगरपालिका वडा नं ४ निवासी,  रेडियो मध्य पश्चिममा समाचार प्रमुखको रुपमा कार्यरत श्री निमबहादुर घर्ति (निमु संगम घर्ति) लाई नियुक्ति गर्ने । अर्को व्यवस्था नभएसम्मका लागि निजलाई यातायात, संचार र खाजा खर्च स्वरुप मासिक रु १५००० (  अक्षेरुपी रु पन्ध्र हजार) उपलब्ध गराउने निर्णय गरियो ।

निर्णय नं ८:

मिति २०७४।४।१९ गते गठन गरिएको नगर कार्यपालिकाका देहायका समितिहरुमा देहाय बमोजिमका सदस्यहरुलाई मनोनयन गर्ने निर्णय गरियो । 

सार्वजनिक सेवा तथा क्षमता विकास समितिको सदस्यमा श्री खुसीराम चौधरी, श्री हर्कबहादुर घर्ति, श्री विमला गन्धर्व । आर्थिक विकास समितिका सदस्यमा श्री विष्णुमणि दाहाल, श्री पशुपति चौधरी, श्री टोपाकुमारी पौडेल |  सामाजिक विकास समितिमा श्री चित्रबहादुर डाँगी, श्री राजेन्द्र बुढा, श्री माया रावत ।  पूर्वाधार विकास समितिमा श्री केशवराज आचार्य, श्री रविलाल घर्तिमगर, श्री भिमबहादुर सार्कि  र श्री चन्द्रप्रसाद चौधरी ।  वातावरण तथा विपत व्यवस्थापन समितिका सदस्यमा श्री मानबहादुर बस्नेत, श्री रेबबहादुर बुढाथोकी, श्री धनबहादुर कुसुन्डा । विधेयक समितिमा श्री कुलबहादुर लामिछाने, श्री माधवप्रसाद चौधरी, श्री डिल्लीबहादुर नेपाली ।

निर्णय नं ९:

तुल्सीपुर चोकमा निर्माण गर्न लागिएको सार्वजनिक शौचालयको लागि आवश्यक पर्ने करिब चार धुर जग्गा नेपाल विद्युत प्राधिकरण घोराही शाखासँग माग गर्ने निर्णय गरियो।

निर्णय नं १०:

विजयी दशमी २०७४ र दीपावली २०७४ लाई मनन गर्दै घोराही उपमहानगरपालिकामा आपूर्ति हुने बस्तु तथा सेवालाई नियमन गर्न, उपभोक्तालाई गुणस्तरीय बस्तु तथा सेवा आपूर्ति गर्न, गैरकानूनी रुपमा व्यापार व्यवसाय गर्ने व्यवसायीहरुलाई निरुत्साही गर्नको लागि सार्वजनिक सेवा तथा क्षमता विकास समितिले नियमित रुपमा उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय,  सम्बन्धित वडा कार्यालय र विषयगत कार्यालयको सघन समन्वयमा बजार अनुगमन गर्ने निर्णय गरियो ।

निर्णय नं ११:

यस कार्यापालिकाको मिति २०७४।४।१९ गतेको निर्णानुसार नियुक्ति हुनु भएका कानूनी सल्लाहाकार श्री भूपबहादुर केसीलाई अर्को व्यवस्था नभएकासम्मका लागि यातायात, संचार, तथा खाजाखर्च वापत रु.  १५, ०००।- ( अक्षरुपी रु पन्ध्रहजार ) रकम उपलब्ध गराउने निर्णय गरियो।

 

 

निर्णय नं १२:

यस घोराही उपमहानगरपालिकामा समायोजन हुनुभन्दा अगाडिका साविक गा.वि.स. (रामपुर, लक्ष्मीपुर, धर्ना, सौंडियार र सैघा) हाल वडा नं. १, २, ३, ४, ५, ६, ७, १९ र साविक त्रिपुर नपा हाल वडा नं. ८, ९, १०, ११, १२ मा निर्माण भएका पक्कि घरका संरचनाहरुलाई उप महानगरपालिकामा अभिलेखीकरण असोज १ गते देखि लागू हुने गरी छ महिनाको समय  दिई सूचना आह्वान गर्ने र तोकिएको समयभित्र प्राप्त निवेदनका सम्बन्धमा आवश्यक प्रक्रिया अवलम्वन गरी घर नक्सा अभिलेखीकरण गर्ने र अन्यको हकमा स्वेच्छिक रुपमा निबेदन दर्ता गरि प्रक्रिया अगाडि बढाउन सकिने र तोकिएको समय (२०७४ चैत्र १) पश्चात घोराही उपमहानगरपालिकाको नक्सा पास मापदण्ड एवं राष्ट्रिय भवन निर्माण संहिता अनुसार घर नक्सा पास इजाजत प्रदान गर्ने निर्णय गरियो |

 

निर्णय नं. १३:

घोराही उपमहानगरपालिका आ.व. २०७२/०७३ को न्यूनतम शर्त तथा कार्यसम्पादन मापनमा ९१ अंक प्राप्त गरि देशका नगरपालिकाहरु मध्ये प्रथम स्थान हाशिल गर्न सफल भएकोमा उक्त कार्यमा महत्वपूर्ण योगदान पुर्याउने सम्पूर्ण कर्मचारीहरुलाइ विशेष धन्यवाद ज्ञापन गर्दै र आगामी दिनमा थप उर्जा र उत्साहका साथ कार्यसम्पादन गर्ने वातावरण सिर्जना गर्ने निर्णय गरियो ।