सूचना
घोराही उपमहानगरपालिका नेपाल कै पहिलो बालमैत्री उपमहानगरपालिका घोणणा
मिति २०७८/१२/२३ गते घोराही उपमहानगरपालिका नेपाल कै पहिलो बालमैत्री उपमहानगरपालिका घोषणा भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले घोराही उपमहानगरपालिकालाई नेपालकै पहिलो बालमैत्री उपमहानगर घोषणा गर्नु भएको हो। घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरी ज्यूको अध्यक्षता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो।