FAQs Complain Problems

सूचना

Pages

घोराही उप-महानगरपालिकाको संक्षिप्त परिचय

नेपालको लुम्बिनी प्रदेश अन्तर्गत पर्ने दाङ जिल्लामा अवस्थित घोराही उपमहानगरपालिका क्षेत्रफलका हिसाबले देशकै ठूलो उपमहानगरपालिका हो । चुरे र महाभारात पर्वतले घेरेको  एसिया कै दोस्रो ठूलो उपत्यका दाङ उपत्यकाको पूर्वि भाग र केही पहाडी इलाकामा फैलिएर कुल ५२२.२१ बर्ग किलोमिटर  क्षेत्रफल रहेको उपमहानगरपालिकाको पूर्वमा बंगलाचुली गाँउपालिका , पश्चिममा तुलसीपुर उपमहानगरपालिका , उत्तरमा रोल्पा जिल्ला र  दक्षिणमा लमही नगरपालिकाले घेरिएको छ ।२०६८ सालको जनगणना अनुसार घोराही उपमहानगरपालिकामा ३५ हजार ४ सय १९ घरधुरीमा गरी कूल जनसंख्या १ लाख ५६ हजार १ सय ६४ रहेको थियो भने २०७८ सालको जनगणना अनुसार घोराही उपमहानगरपालिकामा ४९ हजार ७ सय ६१ घरधुरीमा गरी कूल जनसंख्या २ लाख ५ सय ३० रहेको छ जस्मा ४६.८ प्रतिशत पुरुष छन भने ५३.२ प्रतिशत  महिला रहेका छन । विविधतापूर्ण जातीय पहिचान रहेको घोराही उपमहानगरपालिकामा खस आर्य, दलित, जनजाति, मधेसी, मुस्लिम आदिको बसोबास छ ।२०७८ सालको जनगणनाको दृष्टिकोणले २५.५ प्रतिशत क्षेत्री , २२.१ प्रतिशत थारु , १९.४ प्रतिशत मगर, ११.४ प्रतिशत ब्राह्मण-पहाड, ७.४ प्रतिशत विश्‍वकर्मा, ३ प्रतिशत परियार, २.२ प्रतिशत मिजार, २ प्रतिशत सन्याशी/दशनामी, १.३ प्रतिशत नेवार, १.३ प्रतिशत ठकुरी जातका मानिसहरुको बसोबास रहेको छ भने बाकिँ अन्य जातिका छन । घोराही उप-महानगरपालिकाको जनसंख्याको ७२.५ प्रतिशतले नेपाली , २१.२ प्रतिशतले थारु, २.४ प्रतिशतले मगर खाम, १.९ प्रतिशतले मगर ढुट, ०.३ प्रतिशतले नेवारी, ०.२ प्रतिशतले अवधी,  ०.२ प्रतिशतले भोजपुरी तथा अन्यले अन्य भाषाहरु बोल्दछन् । घोराही उपमहानगरपालिकामा ८५ वटा सरकारी तथा ३० वटा निजी गरी कुल १ सय १५ शिक्षण संस्था  रहेका छन् । २०६८ सालको जनगणना अनुसार ७३.५८ प्रतिशत कुल साक्षरता दर रहेको उपमहानगरपालिकामा ८२.१५ प्रतिशत पुरुष साक्षर थिए भने ६६.३३ प्रतिशत महिला साक्षर रहेका थिए भने २०७८ सालको जनगणना अनुसार घोराही उपमहानगरपालिकाको साक्षरता दर ८३ प्रतिशत रहेको छ जस मध्ये ८९.६ प्रतिशत पुरुष साक्षर छन भने ७७.४ प्रतिशत महिला साक्षर रहेका छन।नेपाल सरकारको २०७३ साल फाल्गुन २२ गतेको निर्णयअनुसार साविक घोराही नगरपालिका, त्रिपुर नगरपालिका, सौडियार गा.वि.स., सैघा गा.वि.स., धर्ना गा.वि.स., रामपुर गा.वि.स. र लक्ष्मीपुर गा.वि.स. समायोजन भई घोराही उपमहानगरपालिकामा परिणत भएको हो ।                                                                                                                                                                                

प-महानगरको वडा नं.

साविक गा.वि.स. र नगरपालिकाका वडाहरु

 वडाको जनसंख्या

(२०६८ को जनगणना अनुसार)

वडाको जनसंख्या

(२०७८ को जनगणना अनुसार)

साविक गाविस वा नपाको नाम

साविकका वडा नं

रामपुर गा.वि.स.

वडा नं. ५,७,८,९

५०८३

४९८७

रामपुर गा.वि.स.

वडा नं. १,२,३,४,६

७५४२

८०३३

लक्ष्मीपुर गा.वि.स.

वडा नं. १,२,३,६

६७६९

९०९०

लक्ष्मीपुर गा.वि.स.

वडा नं. ४,५,७,८,९

६९५६

८७४४

धर्ना गा.वि.स.

वडा नं. १ देखि ९ सम्म

६८५१

७६२६

सौडियार गा.वि.स.

वडा नं १,२,३,४

५४८३

६०९३

सौडियार गा.वि.स.

वडा नं.५,६,७,८,९

 

६६१८

७९१३

त्रिपुर न.पा.

वडा नं ४,११

६६५८

७४७३

त्रिपुर न.पा.

वडा नं १०,१२,१३

७४३४

८३३६

१०

त्रिपुर न.पा.

वडा नं१,२,३

१००४९

१५२९६

११

त्रिपुर न.पा.

वडा नं. ५,८

७१३३

९०२०

१२

त्रिपुर न.पा.

वडा नं. ६,७,९

९९०९

११५३५

१३

घोराही न.पा.

वडा नं. ७,८

 

७२२४

१२८७८

१४

घोराही न.पा.

वडा नं. १०

१११८१

१२००४

१५

घोराही न.पा.

वडा नं. ११

१९७५७

२९०४४

१६

घोराही न.पा.

वडा नं. ९,१

६१०१

९७५८

१७

घोराही न.पा.

वडा नं. २,३,४

९३००

१३८२५

१८

घोराही न.पा.

वडा नं. ५,६

९३६५

१२९६६

१९

सैघा गा.वि.स.

वडा नं १ देखि ९ सम्म

६७४८

५९०९

 

जम्मा

 

१५६१६४

२००५३०