FAQs Complain Problems

घोराही नगरपालिका कार्यालयको सरसफाई सम्बन्धी अनुरोध

सूचना !  सूचना !!    सूचना !!!

 

गर्मियाम बढेसँगै लामखुट्टेको प्रकोप लगायत अन्य संक्रमित रोगहरुबढ्ने हुँदा आफ्नो घर,व्यापार, व्यवसाय,होटल, रेष्टुरेन्ट,कार्यालय,उद्योग र कारखानाबाट निस्कने फोहोरको उचित व्यवस्थापनगर्न, आफ्नो घर अगाडिको नाला सफा राख्न,सडकमा फोहोर नथुपार्न, आफ्नो वरिपरिको वातावरण सफा राख्न र फोहोरलाई विसर्जनस्थलमा पुर्याउनको लागि नगरपालिकाको सहयोग लिन सम्पूर्ण नगरवासिहरुमा हार्दिक अनुरोध छ ।  ‍

तोकिएको समयमा फोहोर ननिकाल्ने,  जथाभावी फोहोर फाल्ने,आफ्नो घर तथा व्यवसायबाट निस्कने फोहोर सडकमा थुपार्ने, आफू वरिपरिको वातावरण फोहोर राख्ने,  फोहोर मैला व्यवस्थापनको कार्यमा असहयोग गर्ने व्यक्ति तथा निकायलाई फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३९ बमोजिम सजाय हुने हुँदा समयमै सचेत भई फोहोर मैलाको उचित व्यवस्थापन गरौ र नगरसरसफाईको महाअभियानमा सहभागी बनौ ।

 

घोराही नगरपालिका कार्यालय