सूचना
तथ्याङ्क संकलक आवश्यकता सम्वन्धी सूचना
घोराही उपमहानगरपालिका
नगर कार्यपालिकाको कार्यालय
तथ्याङ्क संकलक आवश्यकता सम्वन्धी सूचना
प्रथम पटक प्रकाशित मिति :२०७६/०९/०१
घोराही उपमहानगरपालिकाको खानेपानी सरसफाई तथा स्वच्छता योजना (वास) निर्माण गर्नुपर्ने भएको हुँदा घरधुरी र संस्थागत तथ्यांक संकलन गर्न तपशिल बमोजिमको योग्यता पुगेका जनशक्तिको आवश्यकता परेकोले सो सम्वन्धी कार्य गर्न इच्छुक नेपाली नागरिकहरुबाट रितपूर्वक दरखास्त पेश गर्नुहुन सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल:
पद: तथ्यांक संकलक
योग्यता:
१. एस.इ.इ. वा सो सरह उत्तीर्ण भएको
२. एन्ड्रोइड मोबाइल भएको र चलाउन जानेको
३. सामाजिक परिचालक सम्वन्धी अनुभव भएको
४. तथ्यांक संकलन सम्वन्धी ज्ञान भएको
फाराम साथ:
१. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२. एस.इ.इ. वा सो सरह उत्तीर्ण भएको प्रमाणपत्रको प्रतिलिपि
परीक्षाको किसिम : अन्तर्वार्ता
सुबिधा: प्रति घरधुरी रु ३०
संख्या: ५०
परीक्षा दस्तुर : रु १०० ( दर्ता उपशाखाबाट फाराम उपलब्ध हुनेछ ।)
दरखास्त दिने मिति: २०७६/०९/०१ देखि २०७६/०९/०७
सम्पर्क मिति : २०७६/०९/०८
थप जानकारीका लागि घोराही उपमहानगरपालिकाको सरसफाई व्यवस्थापन शाखामा सम्पर्क राख्नुहोला । सम्पर्क नं. : ९८४७८२५८२४