FAQs Complain Problems

बैठक नं.४७ (मिति २०७५/१०/२४)

प्रस्तावः कार्यपालिका बैठक नं. ४७ (मिति 2075/10/24 गते बिहीवार)

  1. ऐन/कानून पारित सम्बन्धमा,
  2. कार्यविधि/निर्देशिका/मापदण्ड स्वीकृत सम्बन्धमा,
  3. चिम्नी ईट्टा उद्योग नवीकरणको लागि सिफारिस सम्बन्धमा,
  4. करार कर्मचारीहरुको सेवा थप सम्बन्धमा,
  5. भूमिहिनहरुको लगत तयार गर्ने सम्बन्धमा,
  6. घरेलु तथा साना उद्योग कार्यालय दाङलाई घरेलु उत्पादनको प्रदर्शनी तथा विक्रि गर्न सार्वजनिक स्थल उपलब्ध गराउने सम्बन्धमा,
  7. नमुना विद्यालय सुधार गुरुयोजना स्वीकृत सम्बन्धमा,
  8. आर्थिक सहयोग सम्बन्धमा,
  9. कक्षा 8 को Software व्यवस्थापन सम्बन्धमा,
  10. घोराही उपमहानगरपालिका क्षेत्र भित्रमा मौरी जोन कार्यक्रम कार्यान्वयनको सम्बन्धमा
  11. कित्ताकाट मापदण्ड सिफारिस सम्बन्धमा,
  12. विविध।

 

 

निर्णयहरु

 

निर्णय नं. 1

यस घोराही उपमहानगरपालिकाका विभिन्न विषयगत महाशाखा/ शाखाबाट सम्पादन हुने कार्य र कार्य क्षेत्र भित्रका कामकार्वाहीलाई विधि सम्मत तरिकाले सम्पादन गर्न तपशील अनुसारका कानूनको मस्यौदा निर्माण गरेको हुनाले उक्त कानूनको मस्यौदा पारित गरी मिति 2075/10/25 गते बस्ने सम्मानित नगरसभामा विद्येयकको रुपमा नगरप्रमुख मार्फत पेश गर्ने निर्णय गरियो।

 

तपशिलः

  1. विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विद्येयक, 2075,
  2. आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विद्येयक, 2075

 

 

निर्णय नं. 2

यस घोराही उपमहानगरपालिकाको तपशिलका महाशाखा/शाखाहरुबाट पेश भएका तपशिल बमोजिमका कार्यविधि, निर्देशिका र मापदण्डहरु छलफल गरियो।छलफल गर्दा उक्त महाशाखा/शाखाहरुबाट पेश भएका कार्यविधि, निर्देशिका र मापदण्डहरु यस उपमहानगरपालिका काम कार्वाही विधि सम्मत तरिकाले सम्पादन गर्न आवश्यक देखिएकोले स्वीकृत गर्ने निर्णय गरियो।

 

 

 

 

 

 

तपशिल

क्र.सं.

कार्यविधि/निर्देशिका नाम

पेश गर्ने शाखा

1.

भवन निर्माण अनुमति प्रक्रियाको कार्यविधि, 2075

शहरी पूर्वाधार विकास महाशाखा

2.

समाज कल्याणका क्षेत्रमा काम गर्ने संस्थालाई दिइने अनुदान सम्बन्धी मादण्ड, 2075

महिला, बालबालिका, ज्येष्ठ  नागरिक तथा सामाजिक विकास शाखा

3.

बालकल्याण समिति कोष (सन्चालन) कार्यविधि, 2075

महिला, बालबालिका, ज्येष्ठ  नागरिक तथा सामाजिक विकास शाखा

4.

बाल गृह सञ्चालन कार्यविधि, 2075

महिला, बालबालिका, ज्येष्ठ  नागरिक तथा सामाजिक विकास शाखा

5.

सडक बालबालिकाको व्यवस्थापन खर्च कार्यविधि, 2075

महिला, बालबालिका, ज्येष्ठ  नागरिक तथा सामाजिक विकास शाखा

6.

अटो रिक्सा, ई-रिक्सा दर्ता सम्बन्धी कार्यविधि, 2075

राजश्व शाखा

7.

पशु सेवा कार्यक्रम सञ्चालन कार्यविधि, 2075

पशु सेवा शाखा

8.

कृषि विकास कार्यक्रम संचालन कार्य निर्देशिका, 2075

कृषि विकास शाखा

9.

फोहोरमैला व्यवस्थापन कार्यविधि को पहिलो संशोधन, 2075

सरसफाई, वातावरण तथा विपद् व्यवस्थापन शाखा

10.

कक्षा 8 को आधारभूत तह उत्तीर्ण परीक्षा कार्यविधि को पहिलो संशोधन, 2075

शिक्षा, यूवा तथा खेलकूद महाशाखा

 

 

निर्णय नं. 3

घोराही उपमहानगरपालिकाको वडा नं. 8 सौंडि, दाङमा संचालित शिवशक्ति फिक्स चिम्नी ईट्टा उद्योग (वडा नं. 11, प्रो. सर्वजित वली, मुमान सिं खड्का, हिमालय के.सी. र वडा नं. 10, चन्द्र बहादुर सेढाई को नाममा साझेदारी ईट्टा उद्योग) लाई घरेलु तथा साना उद्योग कार्यालयमा नवीकरणको लागि सिफारिस गर्न आवश्यक कागजात र लिनु पर्ने सबै कर लिई सिफारिस गर्ने निर्णय गरियो।

निर्णय नं. 4

  1. यस उपमहानगरपालिकामा साविकमा सेवा करार सम्झौँता गरी कार्यरत रहेका महिला जागृती, गरिबसँग विश्वेश्वर कार्यक्रम लगायत सबै स्तरका करार तर्फका कर्मचारीहरुलाई 2075 माघ 1 गते देखि लागु हुने गरी थप 6 महिनाका लागि म्याद थप्ने निर्णय गरियो।
  2. साविकमा LGCDP  कार्यक्रम तर्फ कार्यरत 19 जना सामाजिक परिचालिकाहरुको सेवा म्याद अवधि 2075 पौष मसान्त सम्म रहेकोमा यस उपमहानगरपालिकामा वडास्तरमा कर संकलन तथा अन्य कार्यमा समस्या देखिएकोले ती सामाजिक परिचालिकाहरुलाई साविक बमोजिमको सुविधा दिने गरी 2076 असार मसान्त सम्मका लागि सेवा करार सम्झौँता गरी काममा लगाउने निर्णय गरियो।

 

 

 

 

 

निर्णय नं. 5

     संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरवार, काठमाण्डौ को च.नं. 348 र मिति 2075/09/24 गतेको प्राप्त पत्रको निर्देशन अनुसार यस घोराही उपमहानगरपालिका क्षेत्र भित्र बसोबास गर्ने भूमीनहरुको लगत तयार गर्न सम्बन्धीत वडा भित्र सम्बन्धीत वडा कार्यालयले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले उपलब्ध गराएको फारमको नमूना बमोजिम विवरण संकलन गर्ने निर्णय गरियो।

 

निर्णय नं. 6

     घरेलु तथा साना उद्योग कार्यालय दाङको च.नं. 2068 र मिति 2075/10/15 गतेको पत्रानुसार यस उपमहानगरपालिकाका अधिकतम लघु उद्यमीहरुकालाई सेवा सुविधा पुग्ने र उपमहानगरको बजार क्षेत्र समेत समेटने गरी प्रदर्शनी केन्द्र निर्माण गर्न सार्वजनिक जग्गा उपलब्ध गराइ दिन अनुरोध गरेकाले यस उपमहानगरपालिकाको वडा नं. 11 खैरामा रहेको सार्वजनिक जग्गा र आवश्यक परेमा प्राविधिक सहयोग पनि उपलब्ध गराउने निर्णय गरियो।

 

निर्णय नं. 7

     पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय भरतपुर, दाङको च.नं. 356 र मिति 2075/10/14 गते को पत्र साथ प्राप्त पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय भरतपुरको नमूना विद्यालय सुधार गुरुयोजना स्वीकृती गर्ने। थप उक्त विद्यालयलाई सल्लाह, सुझाव, अनुगमन तथा निर्देशन दिन यस उपमहानगरपालिकाको शिक्षा, यूवा तथा खेलकूद महाशाखालाई जिम्मेवारी दिने निर्णय गरियो।

 

निर्णय नं. 8

यस घोराही उपमहानगरपालिकाको कार्यालयमा आर्थिक सहयोग पाउँ भनी पर्न आएका निवेदनका सम्बन्धमा तपशिल बमोजिमका व्यक्ति तथा संस्थालाई तपशिल बमोजिमको आर्थिक सहायता रकम उपलब्ध गराउने निर्णय गरियो।

 

तपशिल

  1. वडा नं. 9 को च.नं. 896 र मिति 2075/09/04 गते सिफारिस पत्रानुसार यस उपमहानगरपालिकाको वडा नं. 9 दुबिचौर बस्ने युवराज घिमिरेको छोरा आरभ घिमिरे मुटुमा प्वाल परेको र निजको मुटुको सल्यक्रिया गराउन आर्थिक सहयोग दिन सिफारिस गरेकोले रु 5,000।- (पाँचहजार मात्र) सहयोग गर्ने,
  2. वडा नं. 5 को च.नं. 696 र मिति 2075/09/24 गतेको पत्रानुसार घोराही उपमहानगरपालिका वडा नं. 5 निवासी लक्ष्मी कुमारी वि.क. को स्तनमा क्यान्सर भएको र निजको आर्थिक अवस्था कमजोर भएकाले निजलाई रु. 5,000।- (पाँचहजार मात्र) आर्थिक सहयोग गर्ने,
  3. वडा नं. 5 को च.नं. 685 र मिति 2075/09/24 गतेको पत्रानुसार घोराही उपमहानगरपालिका वडा नं. 5 निवासी पार्वती के.सी. प्यारालाईसिस भएको र उपचारको लागि निजको आर्थिक अवस्था निकै दयनीय भएकाले उपचारको लागि रु. 5000।- (पाँचहजार मात्र) सहयोग गर्ने,
  4. दाङ जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघले मिति 2075 फागुन 11 प्रथम मिस्टर दाङ जिल्ला स्तरिय शारीरिक सुगठन प्रतियोगिता गर्न रु. 10,000 (दश हजार मात्र) आर्थिक सहयोग गर्ने,
  5. नेपाल कम्यूनिष्ट पार्टि (माक्सवादी-लेनिनबादी) जिल्ला कमिटी, दाङ को मिति 2075/10/03 गते पत्रबाट मिति 2075 माघ 29 र 30 गते 8 औं जिल्ला सम्मेलन आयोजना गर्न आर्थिक सहयोग मागेकोले रु. 5,000।- (पाँच हजार मात्र) दिने,
  6. अखिल नेपाल युवक संघको च.नं. 036 र मिति 2075/10/06 गतेको पत्रानुसार देशका सचेत तथा जुझारु युवाहरुलाई संगठित गर्दै उनीहरुलाई रचनात्मक र उत्पादनको कार्यमा उत्प्रेरत गर्न साथै जनविरोधी र राष्ट्रबिरोधी क्रियाकलापको खबरदारी गर्न राष्ट्रिय अभियानको घोषाणा गरेको र सो अभियान सफल बनाउन आर्थिक सहयोग मागेकोले रु. 5,000।- (पाँच हजार मात्र) सहयोग गर्ने, 
  7. घोराही उपमहानगरपालिकाको गाडि नं. रा 1 द र उमेश राज भार चढेको मोटर साइकल (नं. म 2 प 7092) मिति 2075/09/19 गते ठोकिदा बाइक चालक उमेश राज भार घाइते भएकोले निजको औषधी उपचार खर्च रु. 15,000 (पन्ध्र हजार मात्र) दिने।

 

निर्णय नं. 9

      यस घोराही उपमहानगरपालिका क्षेत्र भित्रका विद्यालयहरुको कक्षा 8 को परीक्षालाई व्यवस्थीत र प्रविधिमैत्री बनाई अभिलेखीकरण प्रभावकारी बनाउनका लागि Software आवश्यक रहेकाले सो Software बनाउन अधिकतम लागत तीन लाख नबढ्ने गरी खरिद गर्न शिक्षा, यूवा तथा खेलकूद महाशाखालाई जिम्मेवारी दिने र  Software खरिद गर्दा लाग्ने खर्च कण्टेन्जेन्सी रकमबाट व्यहोर्ने निर्णय गरियो।

 

निर्णय नं. 10

      यस घोराही उपमहानगरपालिका क्षेत्र भित्रमा वृहत् रुपमा मौरीपालन व्यवसाय सञ्चालन भैरहेको र यो व्यवसायलाई थप विस्तार गरी आधुनिकिकरण र व्यवसायिकरण गर्न श्रोत र सम्भावनाहरु प्रचुर मात्रामा भएको हुँदा यस उपमहानगरपालिकाकालाई समेट्ने गरी मौरी जोनको रूपमा  विकास  गर्न प्रधानमन्त्री आधुनीकरण परियोजना कार्यान्वयन इकाइमा सिफारिस गर्ने निर्णय गरियो।

 

निर्णय नं. 11

      घोराही उपमहानगरपालिकाका क्षेत्र भित्रमा जग्गा कित्ताकाट गर्न एक समिति गठन गरी सो समितिले निर्धारण गरे बमोजिमको मोहडा मालपोत तथा भूमी सुधार कार्यालयमा सिफारिस गर्ने निर्णय गरियो।

 

निर्णय नं. 12

  1.  साविक हापुर वडा नं. 7 (हाल घोराही उपमहानगरपालिका वडा नं. 11) मा पर्ने चाचिला र खुमकोट गाउँ र साविक हापुर 9 (हाल घोराही उपमहानगरपालिका वडा नं. 12) मा पर्ने गुरौँ र रामकोट गाउँ अन्दाजी 200 हेक्टर क्षेत्रफल जमिन हालसम्म पनि नापी नक्शा हुन छुट भएको हुँदा सो क्षेत्र भित्रका जग्गाहरुको नियम अनुसार नाप नक्शा कार्य संचालन गरी ज.ध.द.प्र. पूर्जा वितरण लगाएत नक्शा तथा श्रेस्ता हस्तारण गरी दिन नापी कार्यालय घोराही, दाङमा अनुरोध गर्ने निर्णय गरियो।
  2. यस घोराही उपमहानगरपालिकाको वडा नं. 13 मा अवस्थित बाह्रकुने दहमा बहुउद्देश्य पार्क निर्माणका लागि आ.व. 2075/076 मा प्रदेश नं. 5 को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मार्फत रु. 2,00,00,000।- (दुई करोड मात्र) विनियोजन भएको हुँदा उक्त योजना संचालनको लागि आवश्यक प्रक्रिया अगाडि बढाइदिनको लागि प्रदेश नं. 5 को प्रदेश वन निर्देशनालयमा सिफारिस गर्ने निर्णय गरियो।
  3. घोराही उपमहानगरपालिका वडा नं. 12 को सालझुण्डी कोलही टोल विकास संस्था अन्तर्गत पर्ने सीताराम चौधरीको घरदेखि बिजौरि डाँडा सम्म अधुरो रहेको बाटो (600 मिटर) पुरा गर्नको लागि अधिकतम लागत रु.6,00,000।- (छ लाख) नबढाइ ल.ई. गरी सो योजनालाई अगाडि बढाउने र ल.ई. अनुसारको रकम भुक्तानीको लागि प्रमुख प्रशासकीय अधिकृतले अन्य शिर्षकबाट बच्न आएको रकमबाट खोजि बजेट विनियोजन गर्ने निर्णय गरियो।
  4. सर्वोदय पुस्तकालय तथा वाचनालय घोराही दाङको च.नं. 58 र मिति 2075/09/24 गते पत्रबाट पुस्तकालयको नयाँ भवन डिजाइन स्टीमेट नक्शापास लगायतका शूल्क मिनाहा गरि पाउँ भनी निर्णय सहित अनुरोध भै आएकोले सो पुस्तकालय तथा वाचनालयको नयाँ भवन डिजाइन स्टीमेट नक्शापास लगायतका शुल्क मिनाहा गर्ने निर्णय गरियो।
  5. घोराही नगर विकास समितिको च.नं. 134 र मिति 2074/10/10 को पत्रबाट यस घोराही उपमहानगरपालिका नगर विकास समितिको प्लानिङ्ग अन्तर्गत नेपाली सेना व्यारेक देखि सेवार खोला पुल सम्मको बाटो नक्शामा 10 मिटर भएता पनि हाल अन्तर जिल्ला जोड्ने बाटोमा पर्न गएकोले बाटोको दायाँ बायाँ बाटोको सेन्टर लाईन देखी 15/15 मिटर बाटोको लागि जग्गा छाडि घरनक्शा पास गर्ने व्यस्था गर्न अनुरोध गरेकोले नगर विकास समितिले अनुरोध गरे बमोजिम नै घरनक्शा पास गर्ने निर्णय गरियो।
  6. यस घोराही उपमहानगरपालिकाकोले बनाएको ×घ" वर्गको निर्माण व्यवसायी इजाजत पत्र सम्बन्धी कार्यविधि, 2075 बमोजिम सबै प्रक्रिया र कागजातहरु पुरा गरे नगरेको हेरी आशा इन्फ्राइस्ट्रक्चरका प्रो. आशिष लम्साल र देवभूमि कन्स्ट्रक्सन प्रा.लि. का प्रो. तेज बहादुर रोका मगरलाई ×घ" वर्गको निर्माण व्यवसायी इजाजत पत्र दिने निर्णय गरियो।
  7. सामी परियोजनाको च.नं. 302 र मिति 2075 माघ 14 गते पत्रानुसारको सामि परियोजनाको नेतृत्व तथा स्वामित्व ग्रहण गर्ने र सहमतिको लिखित जानकारी यथाशिघ्र गराएर सम्झौँता पत्रमा हस्ताक्षरको प्रक्रिया अगाडि बढाउने निर्णय गरियो।
  8. कल्पु धर्मशाला समिति घोराही दाङले मिति 2075/09/05 गते को निर्णयानुसार गठन गरेको कार्यसमितिका आवश्यकता अनुसार सदस्य थप गरी उल्लेखित समितिलाई अनुमोदन गरियो।
  9. घोराही उपमहानगरपालिकाको वार्षिक कृषि कार्यक्रम अनुसार कृषि शशर्त अनुदान तर्फको सिँचाई निर्माण/मर्मत सम्भार/प्लाष्टिक पोखरी निर्माण/हिउँ पोखरीको रु. 13,50,000।- र कृषि बजार पूर्वाधार निर्माण कार्यक्रमको रु. 5,00,000।- को 5 प्रतिशतले हुने कण्टेन्जेन्सी रकम रु. 92,500।- कृषि विकास शाखालाई तपशिल बमोजिमका कार्यक्रममा खर्च गर्न दिने निर्णय गरियो।
  10.  

क्र.सं.

कार्यक्रमको विवरण

बजेट रु.

कैफियत

1.

समिति तथा प्राविधिकलाई व्याग र छाता

35,000।-

 

2.

अफिस सामान खरिद

12,500।-

 

3.

अनुगमन तथा मूल्याङ्कन

25,000।-

 

4.

विविध खर्च

20,000।-

 

जम्मा

 

92,500।-

 

 

  1. घोराही उपमहानगरपालिका वडा नं. 18 को च.नं. 1728 र मिति 2075/10/23 गतेको सिफारिस पत्रानुसार यस उपमहानगरपालिकाका वडा नं. 18 अन्तर्गत अम्बिकेश्वरी मन्दिर देखि घोरदौरा कालोपत्रे गर्ने योजना भएको र उक्त योजना श्री अम्बिकेश्वरी आधारभुत विद्यालय हुँदै जाने र योजना संचालनको लागि आवश्यक पर्ने 15 प्रतिशत लागत सहभागिता रकम उठाउन उक्त विद्यालयको आर्थिक स्रोत साधनको अभावमा उठाउन नसक्ने भनी लेखी आएकोले उक्त विद्यालय हाता भित्रको क्षेत्रमा संचालित हुने योजनामा लागत सहभागिता रकम मिनाहा गरी उक्त कालो पत्रे योजनाको कामलाई अगाडि बढाउने निर्णय गरियो।
  2. घोराही उपमहानगरपालिकाको तेश्रो नगरसभाबाट नगरस्तरिय योजना पूर्वाधार विकास 30, सि.नं. 1 को पिच मर्मत संभारमा रु. 50,00,000।- (पचास लाख मात्र) छुट्याइएकोमा तपशिल अनुसारका विनियोजन गरी खर्च गर्ने निर्णय गरीयो।

तपशिल

क्र.सं.

विवरण

विनियोजित बजेट रु.

कैफियत

1.

गतवर्ष आ.व. मा भएको सडक बोर्डको लागत सहभागिता भुक्तानी

3,59,973।43

 

2.

चालु आ.व. मा सडक बोर्ड मार्फत सञ्चालन हुने योजनाहरुको लागत सहभागिता

36,42,857।14

 

3.

चालु आ.व. मा यस उपमहानगरपालिका क्षेत्र भित्रका पिच सडकहरुको मर्मत सम्भार

9,97,169।43

 

जम्मा

 

50,00,000।-

 

 

  1. मिति 2075/08/18 गते बसेको घोराही उपमहानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन समितिको बैठकले निर्णय नं. 1 मा गरेको निर्णयलाई अनुमोदन गर्ने निर्णय गरियो।
  2. घोराही उपमहानगरपालिकाको मिति 2075/10/13 गते बसेको नगरस्तरीय पर्यटन तथा संस्कृति प्रवर्द्धन समितिको बैठकले नगरस्तरिय कार्यक्रम पर्यटन 1020, सि.नं. 12 को नेसनल ट्रेडिङबाट प्राप्त जग्गामा पिपिपिको अवधारणामा पार्क निर्माण योजना संशोधन गरी बर्का नाचको लागि वृत्तचित्र तयार गर्ने निर्णयलाई अनुमोदन गर्ने निर्णय गरियो।