FAQs Complain Problems

बैठक नं.४९ (मिति २०७५/११/१७)

प्रस्तावः कार्यपालिका बैठक नं. 49 (मिति 2075/11/17 गते शुक्रवार)

  1. जग्गा दर्ता कार्यमा जग्गा धनिहरुलाई उपस्थित गराउँने सम्बन्धमा,
  2. रङ्गशाला निर्माण स्थलको जग्गा प्रदेश सरकार सामाजिक विकास मन्त्रालय मातहत लिजमा लिइ उपयोग गर्न आवश्यक स्वीकृतिको प्रकृया अगाडी बढाउने सम्बन्धमा,
  3. फिक्स चिम्नी ईट्टा उद्योग नवीकरणको लागि सिफारिस गर्ने सम्बन्धमा,
  4. एकीकृत नमूना बस्ति विकास सम्बन्धमा,
  5. चक्रपथको लोकेसन निर्धारण सम्बन्धमा,
  6. घडेरीको मापदण्ड निर्धारण सम्बन्धमा,
  7. जग्गा उपयोगिता विश्लेसन प्राविधि समिति गठन सम्बन्धमा,
  8. वडा कार्यालयको भवन निर्माण सम्बन्धमा,
  9. स्वास्थ्य चौकीका भवन निर्माण सम्बन्धमा,
  10. कार्यविधि पारित सम्बन्धमा,
  11. तालिमको लागि सहभागी उपलब्ध गराउने सम्बन्धमा,
  12. लागत सहभागिता मिनाह सम्बन्धमा,
  13. आर्थिक सहयोग सम्बन्धमा,
  14. थारु कलाकार संघ, दाङको प्रस्तावना सम्बन्धमा,
  15. ई-रिक्सा/अटोरिक्सा दर्ता सम्बन्धमा,
  16. सेकुरिटी सर्भिस प्रा.लि. को प्रस्तावना स्वीकृत सम्बन्धमा,
  17. योजना संशोधन/परिवर्तन सम्बन्धमा,
  18.  यस उपमहानगरपालिकाको भ्रमणका साथै राष्ट्रियरुपमा प्रचार-प्रसारको लागि आउने पत्रकारहरुका लागि आवास तथा खानको व्यवस्था गर्ने सम्बन्धमा,
  19. आधारभुत तहको अन्तिम (कक्षा 8) परीक्षा सञ्चालनको लागि बजेट व्यवस्था गर्ने सम्बन्धमा,
  20. विविध।

निर्णयहरु

निर्णय नं. 1    

नापी कार्यालय दाङको च.नं. 552 र मिति 2075/10/29 गतेको पत्रबाट नापी कार्यालय दाङले यस घोराही उपमहानगरपालिका वडा नं. 14 (साविक घोराही न.पा. 10) को डिजिटल प्रविधिबाट नाप नक्शाको फिल्ड कार्य समाप्त भै नक्शा तयार भएर जग्गा दर्ताको कार्य सुरुवात भएकोमा जग्गा धनिहरुको न्यून उपस्थितिका कारण उल्लेख्य मात्रामा जग्गा दर्ता हुन नसकी श्रेष्ता, पूर्जा तयार गरी मालपोत कार्यालयमा श्रेष्ता हस्तारण गर्न नसकिएकोले उक्त जग्गा दर्ता कार्यमा जग्गा धनिहरुलाई उपस्थित गराईदिने कार्यको लागि आवश्यक पहल गरी दिन अनुरोध भै आएकोले सो सम्बन्धमा वडा नं. 14 अन्तर्गतका टोल विकास संस्थाका अध्यक्षहरुलाई बोलाएर अन्तरक्रिया तथा छलफल गराउन 14 नं. वडा कार्यालयलाई जिम्मेवारी दिने र आवश्यक परेमा स्थानीय पत्रिका मार्फत पनि सूचना निकालेर जग्गा दर्ता कार्यमा जग्गा धनिहरुलाई उपस्थित गराइ नापी कार्यालयलाई सहयोग गर्ने निर्णय गरियो।

निर्णय नं. 2

प्रदेश नं. 5 को सामाजिक विकास मन्त्रालयको च.नं. 1463 र मिति 2075/11/02 गतेको पत्रबाट यस घोराही उपमहानगरपालिका वडा नं. 16 अन्तर्गत कित्ता नं. 139 को ज.वि. 86-17-02 मा प्रस्तावित नेत्रलाल रङ्गशाला निर्माण (बहुवर्षिय योजना) को लागि निर्माण स्थलको जग्गा प्रदेश सरकार सामाजिक विकास मन्त्रालय मातहत लिजमा लिइ उपयोग गर्न आवश्यक स्वीकृतिको प्रक्रिया अगाडी बढाउनको लागि सो जग्गाको प्रमाणित फिल्ड नक्शा, त्यसको अवस्था, क्षेत्रफल र किसिम समेत खुल्ने गरी निर्णय सहित सिफारिस गर्न अनुरोध भै आएकोले उक्त रङ्गशाला निर्माण स्थलको जग्गाको प्रमाणित फिल्ड नक्शा, त्यसको अवस्था, क्षेत्रफल र किसिम समेत खुलाई प्रदेश नं. 5 को सामाजिक विकास मन्त्रालयमा सिफारिस गर्ने। उक्त रङ्गशाला निर्माण स्थलमा केही ब्यक्तिहरुका निजी जग्गा समेत पर्ने भएकाले केही जग्गा लिजमा लिनुपर्ने भएकाले लिजमा लिदा सम्बन्धित वडा कार्यालयको संलग्नतामा जग्गा धनिहरुसँग छलफल गर्ने निर्णय गरियो।

निर्णय नं. 3

घोराही उपमहानगरपालिकाको वडा नं. 9 दुबि चौरमा संचालित किसान फिक्स चिम्नी ईट्टा उद्योग (वडा नं. 9, प्रो. ठाकुर प्रसाद महरा) लाई घरेलु तथा साना उद्योग कार्यालयमा नवीकरणको लागि सिफारिस गर्न आवश्यक कागजात र लिनु पर्ने सबै कर लिई सिफारिस गर्ने निर्णय गरियो।

निर्णय नं. 4

5 नं. प्रदेश सरकार भौतीक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको एकीकृत नमूना बस्ति बिकास कार्यक्रम यसै उपमहानगरपालिकाको वडा नं. 17 को क्वार्डि-पर्चुखामा गर्न अनुरोध गर्ने निर्णय गरियो।

निर्णय नं. 5

5 नं. प्रदेश सरकार भौतीक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको घोराही उपमहानगरपालिका क्षेत्रमा चक्रपथ निर्माण योजना कार्यान्वयनको लागि यस उपमहानगरपालिकाको तपशिल बमोजिमको क्षेत्र निर्धारण गर्ने र सोही निर्धारित क्षेत्रलाई आधार मानेर चक्रपथ निर्माण योजना अगाडि बढाउन उक्त मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरियो।

तपशिलः

वडा नं. 11 गणेसपुर – मज्गै वडा नं. 9 बुकाली डाँडा – एकलघरुवा – कर्मटिया – मछाई – आन्द्रभरैया – वडा नं. 5 धर्ना दामोदर रोड – धारापानी – वडा नं. 3 कुहिरेपानी – वडा नं. 2 बलामपुरबाट नदिपारी हुँदै – वडा नं. 1 सिमलतारा – विपि मार्ग – वडा नं. 4 लक्ष्मीपुर चोक – स्यालापानी – बसन्तपुर – चुक्ले पाटा – वडा नं. 17 पालुथान – मदनभण्डारी मार्ग – डवरी – वडा नं. 18 अम्बापुर – बाँसपोखरी –मसिना – गिठेपानी – रानीजरुवा – वडा नं. 13 बाह्रकुने – वडा नं. 12 आँखा अस्पताल रोड हुँदै गणेशपुर।

निर्णय नं. 6

घोराही उपमहानगरपालिका क्षेत्र भित्रका घडेरीको कित्ता काट गर्दा कम्तिमा पनि 8 मिटर मोहडा र 8 धुरको क्षेत्रफल कायम हुने गरी घडेरीको मापदण्ड निर्धारण गर्ने निर्णय गरियो। तर, यस भन्दा पहिले कित्ताकाट भै कायम भएका घडेरीलाई यो व्यवस्था लागू हुने छैन।

निर्णय नं. 7

मिति 2075/09/27 गते कृषी योग्य जग्गाको खण्डिकरण सम्बन्धमा संघीय भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले जारी गरेको निर्देशनको बुदा नं. 5 अनुसार तपशिल बमोजिमको जग्गा उपयोगिता विश्लेषण प्राविधिक समिति गठन गरी सो समितिको सल्लाह/सुझाव अनुसार यस उपमहानगरपालिका क्षेत्रमा कृषि क्षेत्र तथा बसोवास क्षेत्र छुट्टयाई उक्त समितिले पेश गरेको प्रतिवेदनको आधारमा मापदण्ड बनाई कित्ताकाटको शिफारिस गर्ने निर्णय गरियो।

 

तपशिल

जग्गा उपयोगिता विश्लेषण प्राविधिक समिति

नापी अधिकृत श्री सुदिप श्रेष्ठ                   संयोजक

कृषी विकास अधिकृत                               सदस्य

वन अधिकृत                                      सदस्य

जग्गा प्रशासन अधिकृत                              सदस्य

शहरी विकासको प्राविधिक                            सदस्य

घोराही उपमहानगरपालिकाको ई. श्री रामधन श्रेष्ठ     सदस्य सचिव

निर्णय नं. 8

घोराही उपमहानगरपालिका 3, 11 र 13 वडाहरुका वडा कार्यालय निर्माण गर्न आवश्यक पर्ने बजेट व्यवस्थाको लागि जिल्ला समन्वय समितिको कार्यालय दाङको संचित खातामा रहेको रकमबाट बिनियोजन गरी दिन जि.स.स. दाङमा अनुरोध गर्ने। उक्त वडा कार्यालय भवन निर्माणको लागि आवश्यक पर्ने लागत सहभागिता रकम matching fund को रुपमा ‍यस उपमहानगरपालिकाले व्यहोर्ने निर्णय गरियो।

निर्णय नं. 9

  1. यस घोराही उपमहानगरपालिका वडाहरु वडा  नं. 1, 3 र 8 मा तराई मधेश समृद्धि कार्यक्रम मार्फत स्वास्थ्य चौकी भवन निर्माण योजनामा जम्मा बजेट रु. 50,00,000।- (पचासलाख मात्र) विनियोजन गरेकोले सो कार्यक्रमको लागि आवश्यक पर्ने 15% लागत सहभागिता रकम matching fund को रुपमा यस उपमहानगरपालिकाले व्यहोर्ने निर्णय गरियो।
  2. यस उमहानगरपालिकाको वडा नं. 10 को वडा कार्यालय हाताभित्र संचालित नारायणपुर स्वास्थ्य चौकीलाई वडा नं. 11 स्थित साविक त्रिपुर नगरपालिकाको कार्यालयमा सार्ने र उक्त साविक नगरपालिकाको कार्यालयलाई मेडिकल अधिकृतको दरवन्दी रहने गरी स्वास्थ्य चौकीको रुपमा अपग्रेड गर्ने निर्णय गरियो।

 

निर्णय नं. 10

यस घोराही उपमहानगरपालिकाको तपशिलका शाखाहरुबाट पेश भएका तपशिल बमोजिमका कार्यविधि छलफल गरियो। छलफल गर्दा उक्त शाखाहरुबाट पेश भएका कार्यविधि यस उपमहानगरपालिका काम कार्वाही विधि सम्मत तरिकाले सम्पादन गर्न आवश्यक देखिएकोले स्वीकृत गर्ने निर्णय गरियो।

तपशिल

क्र.सं.

कार्यविधि नाम

पेश गर्ने शाखा

1.

करारमा प्राविधिक र अन्य कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, 2075

सामान्य प्रशासन शाखा

3.

घोराही नगर विपद् व्यवस्थापन कोष (सञ्चालन) कार्यविधि, 2075

सरसफाई, वातावरण तथा विपद् व्यवस्थापन शाखा

4.

घोराही उपमहानगरपालिका आपतकालिन कार्य सञ्चालन केन्द्र कार्य सञ्चालन विधि, 2075

सरसफाई, वातावरण तथा विपद् व्यवस्थापन शाखा

 

 

 

 

 

 

 

निर्णय नं. 11

सहिद कृष्णसेन ईच्छुक बहुप्राविधिक शिक्षालय घोराही-17 दाङको च.नं. 55 र मिति 2075/11/07 को पत्रबाट यस उपमहानगरपालिका क्षेत्रभित्रका वडाहरुबाट विभिन्न तालिमका कार्यक्रममा जम्मा 200 जनालाई छनौट गरी नामावलि सहित पठाएमा 65 दिनको निशुल्क तालिम दिने भनि उल्लेख भै आएकाले यस उपमहानगरपालिका 14 र 15 नं. वडाहरुबाट 15/15 जना र अन्य वडाहरुबाट 10/10 जना विभिन्न तालिमका कार्यक्रममा छनोट गरी पठाउने निर्णय गरियो।

निर्णय नं. 12

घोराही उपमहानगरपालिका वडा नं. 16 को च.नं. 1313 र मिति 2075/08/18 गतेको पत्रबाट यस उपमहानगरपालिकाको तेश्रो नगरसभाबाट स्वीकृत नगस्तरीय योजना फाहोरमैला व्यवस्थापन 4040, सि.नं. 1 ल्याण्डफिल साईट एमआरएफ निर्माण योजनाको कार्यन्वयनका लागि उपभोक्ता समिति गठन भएको तर लागत सहभागिता रकम जम्मा हुन नसक्ने भनि सिफारिस भै आएकोले उक्त योजनामा लागत सहभागिता मिनाह गरी योजना कार्यान्वयन गर्ने निर्णय गरियो।

निर्णय नं. 13

यस घोराही उपमहानगरपालिकाको कार्यालयमा आर्थिक सहयोग पाउँ भनी पर्न आएका निवेदनका सम्बन्धमा तपशिल बमोजिमका व्यक्ति तथा संस्थालाई तपशिल बमोजिमको आर्थिक सहायता रकम उपलब्ध गराउने निर्णय गरियो।

तपशिल

  1. नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति दाङको च.नं. 15 र मिति 2075/10/19 गतेको पत्रबाट नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश नं. 5 को प्रदेश भेलालाई सफल पार्न आर्थिक सहयोग माग भै आएकाले रु.25,000।- (पच्चीस हजार मात्र) दिने,
  2. नेपाल मगर संघको च.नं. 13 र मिति 2075/10/20 गतेको पत्रबाट नेपालका प्रथम सहिद श्री लखन थापाको स्मृति दिवशको अवसरमा ×नेपालका प्रथम सहिद लखन थापा रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता" संचालन गर्न आर्थिक सहयोग माग भै आएकोले बिल भर्पाइ सहित पेश हुन आएमा रु. 55,000 (पच्पन्न हजार मात्र) दिने,
  3. घोराही उपमहानगरपालिका वडा नं. 13 वडहरा निवासी रिना थापाले मिति 2075/11/02 गते दिएको निवेदन बुझ्दा निज मुटु र क्यान्सर रोगी भएको तथा निरन्तर औषधी उपचार गर्न आर्थिक अवस्था दयनीय भएकाले रु. 5,000।- (पाचहजार मात्र) सहयोग गर्ने,
  4. मिति 2075/11/21 देखि 2075/11/25 गतेसम्म Santi Niketan vidyalaya को आयोजनामा संचालन हुने Inter-school cricket tournament, 2075 मा पुरस्कार लगायत खेलकूदलाई व्यवस्थापन गरी दिनको लागि नगरस्तरिय खेलकूद तथा मनोरन्जन 2050, सि.नं. 2 खेलकूद प्रवर्द्धन कार्यक्रमबाट भुक्तानी हुने गरेर रु. 25,000।- (पच्चीस हजार मात्र) दिने,
  5. घोराही उपमहानगरपालिकाको मेयर कप रनिङ्ग फुटबल प्रतियोगिता, 2075 को फाईनल खेलमा (मिति 2075/10/14 गते) वडा नं. 15 बाट सहभागि खेलाडि निमेश थापा मगर घाईते भई (चिउँडोको हड्डी भाँचिएको) उपचार गर्दा हुन आएको विल अनुसारको रकम रु. 36,707।- (छतीसहजार सातसय सात मात्र) भुक्तानी दिने,
  6. घोराही उपमहानगरपालिका वडा नं. 16 को च.न्. 1730 र मिति 2075/10/06 को पत्रबाट बहुउद्देश्य कृषक समूहको पुरानो मोटोर खराब भई तरकारी तथा विभिन्न बालिनालिमा सिंचाई गर्नको लागि समस्या भएको भनी सिफारिस भै आएकोले उक्त कृषक समूहलाई 10 हर्ष पावरको मोटर खरिद गर्न यस उपमहानगरपालिकाको कृषि विकास शाखाको बजेटबाट भुक्तानीहुने गरी रु. 1,00,000।- (एकलाख मात्र) आर्थिक सहयोग गर्ने,
  7. 5 नं. प्रदेश स्तरीय पोल्ट्री महोत्सव, 2075 संचालन गर्न प्रस्तावना सहित आर्थिक सहयोग माग भै आएकोले पोल्ट्री महोत्सवको व्यवस्थापन तथा संचालन गर्न नगरस्तरिय कृषि 1010, सि.नं. 23 कृषी मेला प्रदर्शनी संचालन शिर्षकबाट भुक्तानी हुने गरी रु. 1,50,000।- (एकलाख पचासहजार मात्र) सहयोग गर्ने,

 

निर्णय नं. 14

थारु कलाकार संघ, दाङले थारु जातिहरुको संस्कृति संरक्षण र प्रवर्द्धन एवं विभिन्न विद्यामा रहेका कलाकारहरुलाई प्रस्फुटन गराउन वल्ल जोग्नी नामक वृत्त चित्र निर्माण गर्ने भनी मिति 2075/06/04 गते प्रस्तावना सहित आर्थिक सहयोग माग भै आएको रु. 25,000।- (पच्चीस हजार मात्र) दिने निर्णय गरियो।

 

निर्णय नं. 15

      यस घोराही उपमहानगरपालिका क्षेत्रमा ई-रिक्सा/अटोरिक्साको संख्या सडक र पार्किङ्ग स्थलको क्षमता भन्दा बढी हुनगइ ट्राफिक जाम र सडक दुर्घटनाको संख्या दिनानुदिन बढ्दो भएका कारण सोको उचित व्यवस्थापन गर्न यातायात व्यवस्थापन कार्यालय तुलसीपुर, दाङबाट हालसम्म ई-रिक्सा/अटोरिक्साको रुटप्रमिट दिएकालाई मात्र दर्ता गर्ने र सोको दर्ता प्रयोजनको लागि 15 (पन्ध्र) दिनको सूचना निकाल्ने निर्णय गरियो।

 

निर्णय नं. 16

      यस घोराही उपमहानगरपालिका र फिस्टेल सेक्यूरिटी सर्भिस प्रा.लि. बिच यस उपमहानगरपालिकामा सुरक्षा गार्ड सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौँताको समयावधि मिति 2075/10/01 गते सकिएकाले सो सर्भिस प्रा.लि. सँग पहिलाकै सेवा शर्तको अधिनमा रहि 2076 असार मसान्त सम्म नयाँ सम्झौँता गर्ने। तर, सोहि सेवासर्तामा फिस्टेल सेक्यूरिटी प्रा.लि. सेवा उपलब्ध गराउन असमर्थ भएमा नगरकार्यपालिकाले आवश्यक निर्णय गर्ने निर्णय गरियो।

 

निर्णय नं. 17

  1. घोराही उपमहानगरपालिकाको तेश्रो नगरसभाबाट पारित योजना तथा कार्यक्रमहरु संशोधन गर्ने भनि तपशिल वडाका वडा समितिको कार्यालयबाट पेश भएका कार्यक्रम संशोधन प्रस्ताव माथि छलफल गरियो। सम्वन्धित वडामा बसेको वडा स्तरीय बैठकको निर्णय अनुसारका कार्यक्रममा संशोधन गर्ने गरी निर्णयको प्रतिलिपि सहित पेश हुन आएको हुँदा तपशिलका योजना परिवर्तन/संशोधन गर्ने निर्णय गरियो।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

  •  

 

वडा नं. 1

सि.नं.

स्वीकृत कार्यक्रम

बजेट रु.

संसोधित कार्यक्रम

बजेट रु.

कै.

१.

सबै टोल बिकास संस्था मार्फत स्वास्थ्य तथा सरसफाई अभियान

1,00,000।- (वडास्तरिय स्वास्थ्य 2020, सि.नं. 1)

  • वडा नं. 1 स्थित खा.पा. धाराहरुको छेउमा राख्न प्लास्टिक टोकरी खरिद

34,000।-

 

  • स्वास्थ्य स्वंम सेविकाहरुलाई खाजा खर्च

66,000।-

 

2

हाउस वाइरिङ्ग तालिम

1,00,000।- (वडास्तरिय लैङ्गि समानता तथा सामाजिक समावेशिकरण 2060, सि.नं. 6)

हौजालि बर पिपलनेर टहरो सोलिङ्ग ढलाई गर्ने

1,00,000।-

 

 

 

वडा नं. 5

सि.नं.

स्वीकृत कार्यक्रम

बजेट रु.

संसोधित कार्यक्रम

बजेट रु.

कैफियत

१.

वडा नं. 5 दलजितपुर चौपारि ओखरपाटेको घरनेर जेष्ठ नागरी आश्रयस्थल निर्माण

1,50,000।-

(वडास्तरीय लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण 2060, सि.नं. 12)

  • गल्ली टोल अन्तर्गत बाहुन टोलदेखि बिष्णु के.सी. को घरसम्म नयाँ बाटो अधुरो ट्रयाक निर्माण

1,00,000।-

 

 

  • डोलगाउँ टिका बुढाथोकीको घरनेर रिङ्ग कुवा निर्माण

50,000।-

 

 

वडा नं. 7

सि.नं.

स्वीकृत कार्यक्रम

बजेट रु.

संसोधित कार्यक्रम

बजेट रु.

कैफियत

१.

युवाहरुको लागि खेलकूद कार्यक्रम

2,00,000।- (वडास्तरिय लैङ्गिक समानता तथा समाजिक समावेशीकरण 2060, सि.नं. 20)

  • यूवाहरुको लागि खेलकूद कार्यक्रम

70,000।-

 

 

  • यूवाहरुको क्षमता विकास कार्यक्रम

1,30,000।-

 

 

 

वडा नं. 9

सि.नं.

स्वीकृत कार्यक्रम

बजेट रु.

संसोधित कार्यक्रम

बजेट रु.

कैफियत

१.

दुबीचौर सृजनशिल टोल विकास संस्थाको विद्युत् विस्तार

50,000।- (वडास्तरिय सिंचाई 3020, सि.नं. 2)

  • भगुवार शिव मन्दिर मुर्ति स्थापना

35,000।-

 

  • चैनपुर, एकलघरुवा, हुँदै भगुवारसम्मको बाटोमा 45 से.मि. को ह्यूम पाइप खरिद

15,000।-

 

 

 

 

 

 

 

वडा नं. 15

सि.नं.

स्वीकृत कार्यक्रम

बजेट रु.

संसोधित कार्यक्रम

बजेट रु.

कैफियत

१.

पाठक चोकदेखि कपासी जोड्ने सडक कालोपत्रे

15,00,000।-

(नगरस्तरिय पूर्वाधार विकास ३०, सि.नं. 19)

पाठक चोकदेखि कपासी जोड्ने सडक स्थर उन्नति

15,00,000।-

 

 

2

ज्योतिनगर टोल विकास संस्था सजिवनि कलेजका होस्टेल तर्फको बाटो छेउछाउको नाला मर्मत

75,000।- (वडास्तरिय पूर्वाधार विकास 30, सि.नं. 3)

शान्तिनगर टोल विकास संस्था अन्तर्गत पूर्व शिशिर मार्ग पश्चिममा मिलन चोक जोड्ने सडकमा पक्की नाला निर्माण

75,000।-

 

 

  1. यस उपमहानगरपालिकाको तेश्रो नगरसभाबाट पारित वडा नं. 16 का तपशिलका वडास्तरिय योजनाहरुमा तपशिलको बजेट बाँकी रहेकाले सो योजनाहरुमा बाँकी रहेको बजेटलाई रकमान्तर गरी 16 नं. वडा कार्यालय परिसर भित्र टायल लगाउने योजनालाई अगाडि बढाउँने भनी वडा नं. 16 को मिति 2075/11/13 गतेको वडा कार्यसमितिको बैठबाट निर्णय भै आएकोले सोहि निर्णय बमोजिम सो योजनालाई अगाडि बढाउन अनुमति दिने निर्णय गरियो।

सि.नं.

स्वीकृत कार्यक्रम

बाँकी रहेको बजेट रु.

रकमान्तर बजेट बाट संचालन हुने कार्यक्रम

जम्मा बजेट रु.

कैफियत

१.

विभिन्न  सरकारी गैरसरकारी विज्ञापन तथा संचार खर्च

91,000।- (वडास्तरिय लैङ्गिक समानता तथा समाजिक समावेशिकरण 2060, सि.न 14)

 

 

 

 

 

 

वडा नं. 16 को वडा कार्यालय परिसर भित्र टायल लगाउने

 

 

 

 

 

 

1,63,146।24

 

2

अध्यक्ष यूवा खेलकूद कार्यक्रम

47,200।- (वडास्तरिय लैङ्गिक समानता तथा समाजिक समावेशिकरण 2060, सि.न 15)

 

3

वडा कार्यालयभित्र बगैचा, खानेपानी ब्यवस्थापन, प्रतिक्षालय तथा फूल खरिद

24,946।24 (वडास्तरिय सामान्य सेवा 5010, सि.नं. 1)

 

तपशिल

 

  1. घोराही उपमहानगरपालिकाको तेश्रो नगरसभाबाट पारित स्वास्थ्य शाखा तर्फका तपशिलका कार्यक्रमहरुलाई तपशिल बमोजिममा कार्यक्रम संशोधन/परिवर्तन गरी कार्यान्वयन गर्ने निर्णय गरियो।

                        

 

 

 

 

 

 

 

 

 

 

 

तपशिल

सि.नं.

स्वीकृत कार्यक्रम

बजेट रु.

संसोधित कार्यक्रम

बजेट रु.

कै.

१.

स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरुको सेवा सुदृढिकरण क्रियाकलाप

1,00,000।- (नगरस्तरिय स्वास्थ्य सेवा 2020, सि.नं. 3)

  • स्वास्थ्य चौकि सोडियार बर्थिङ्ग सेन्टर अधुरो भवन क्रमागत निर्माण

 

 

 

  • थारु समुदायमा सिकलसेल सेल एनिमिया रोग न्यूनिकरण गर्न थारु समुदायमा प्रारम्भिक परिक्षण तथा स्क्रिनिङ्ग शिविर कार्यक्रम संचालन गर्न

3,00,000।-

 

2

सिकलसेल सेल एनिमिया कार्यक्रम संचालन नगरस्तरिय

7,00,000।- (नगरस्तरिय स्वास्थ्य सेवा 2020, सि.नं. 19)

5,00,000।-

 

3

स्थापना भएका र थप शहरी स्वास्थ्य केन्द्र संचालन अनुदान

25,00,000।- (नगरस्तरिय स्वास्थ्य सेवा 2020, सि.नं. 4)

  • शहरी स्वास्थ्य केन्द्रमा कर्मचारी त.भ. मासिक, पोशाक भुक्तानी

8,75,000।-

 

  • औजार उपकरण खरिद (करौटि डाँडा, कलमघारी, हात्तीखर्क, घोरदौरा, भ्युडर)

5,00,000।-

 

  • खानेपानी युरोगार्ड जडान (शहरी स्वास्थ्य केन्द्र नयाँ बजार, कलमघारी, हरीद्वार, भ्युडर)

1,20,000।-

 

  • ग्रिल जडान शिवपुर श.स्वा.के.

30,000।-

 

  • काडे तारबार शहरी स्वास्थ्य केन्द्र घोरदौरा

1,00,000।-

 

  • ग्रिल जडान आन्द्रभरैया श.स्वा.के.

50,000।-

 

  • चर्पि मर्मत नयाँ बजार श.स्वा.के.

15,000।-

 

  • खाडल पुर्न भ्युडर श.स्वा.के.

20,000।-

 

  • काडेतारबार शहरी स्वास्थ्य केन्द्र कलमघारी

1,00,000।-

 

  • बिजुलि वारिङ्ग (शहरी स्वास्थ्य केन्द्र फचकपुरमा)

50,000।-

 

  • बिजुलि मसलन्द, फर्निचर विविध

6,40,000।-

 

4

म स्वा से हरुबाट मासिक रिपोर्ट बुझाउन आउँदा यातायात र खाजा खर्च तथा म.स्वा.से. कार्यक्रम

1,00,000।- (नगरस्तरिय स्वास्थ्य सेवा 2020, सि.नं. 15)

  • वडा स्तरिय म.स्वा.से. समितिलाई 5,000।- का दरले 19 वटै वडामा म.स्वा.से. कोष अनुदान

95,000।-

 

  • म.स्वा.से. पालिका स्तरीय समिति मासिक बैठक खाजा

5,000।-

 

5

स्वास्थ्य संस्था भौतिक पुनःनिर्माण तथा मर्मत

3,00,000।- (नगरस्तरिय स्वास्थ्य सेवा 2020, सि.नं. 16)

स्वास्थ्य संस्थालाई फर्निचर औजार उपकरण खरिद तथा विविध

3,00,000।-

 

6

बाह्य खोपकेन्द्र भवन निर्माण

3,00,000।- (नगरस्तरिय स्वास्थ्य सेवा 2020, सि.नं. 17)

4 नं. वडा गोरधारा बाह्य खोपकेन्द्र भवन निर्माण

3,00,000।-

 

6

ज्येष्ठ नागरिक स्वास्थ्य शिविर तथा निजी अस्पतालसँग साझेदारी

7,00,000।- (नगरस्तरिय स्वास्थ्य सेवा 2020, सि.नं. 18)

  • घरदैलोमा ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य उपचार शिविर औषधि खरिद, यातायात गाडिभाँडा, खाजाखर्च तथा निजि अस्पतालसँग साझेदारी कार्यक्रम

5,00,000।-

 

  • रक्षाचौर आँखा अस्पतालसँग साझेदारी आँखा सल्यक्रिया शिविर

2,00,000।-

 

7

बर्थिङ सेन्टरमा गर्भवती आमालाई सुत्केरि हुन आउँदा निःशूल्क एम्बुलेन्स एक वडा 20,000 को दरले विपन्न गर्भवतीका लागि

3,80,000।- (नगरस्तरिय स्वास्थ्य सेवा 2020, सि.नं. 20)

बर्थिङ सेन्टरमा गर्भवती आमालाई सुत्केरी हुन आउँदा निःशूल्क एमबुलेन्स भाँडा अनुदान

3,80,000।-

 

 

 

 

  1. यस घोराही उपमहानगरपालिकालाई आ.व. 2075/076 मा प्राप्त नेपाल सरकारको शसर्त अनुदान अन्तर्गत एकीकृत जिल्ला स्वास्थ्य कार्यक्रमका तपशिलका कार्यक्रममा विनियोजित बजेटलाई तपशिलका कार्यक्रममा बाँडफाँड गरी कार्यान्वयन गर्ने निर्णय गरियो।

तपशिल

सि.नं.

शसर्तबाट प्राप्त कार्यक्रम

बजेट रु.

बाँडफाँड गरिएको कार्यक्रम

बजेट रु.

कै.

१.

स्वास्थ्य चौकी/प्राथमिक स्वास्थ्य केन्द्रहरुको सेवा सुदृढिकरण क्रियाकलाप

1,00,000।- (नेपाल सरकार शसर्त अनुदान शि.नं. 26612, पे.नं. 117)

स्वास्थ्य चौकी हापुर भवन मर्मत

1,00,000।-

 

2

स्वास्थ्य चौकी स्तरमा औजार उपकरण, फर्निचर साथै स्वास्थ्य संस्था मर्मत सुधार (पुंजिगत)

1,20,000।- (नेपाल सरकार शसर्त अनुदान शि.नं. 26612, पे.नं. 117)

  • स्वास्थ्य चौकी सैघामा तारजालि फर्निचर खरिद

30,000।-

 

  • स्वास्थ्य चौकि धर्ना परिसर खाल्टो पुर्न तथा मर्मत

30,000।-

 

  • स्वास्थ्य चौकी नारायणपुरमा फर्निचर खरिद

40,000।-

 

  • स्वास्थ्य चौकी ढिकपुर मोटर पानि मर्मत

20,000।-

 

3

स्थापना भएका र थप हुने शहरी स्वास्थ्य केन्द्र संचालन अनुदान

21,25,000।- (नेपाल सरकार शसर्त अनुदान शि.नं. 26612, पे.नं. 117)

शहरी स्वास्थ्य  केन्द्रमा कर्मचारी त.भ. मासिक, पोशाक भुक्तानी

21,25,000।-

 

4

शहरि स्वास्थ्य प्रवर्धन केन्द्र स्थापना तथा संचालन

40,00,000।- (नेपाल सरकार शसर्त अनुदान शि.नं. 26612, पे.नं. 117)

  • शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कार्यरत कर्मचारि त.भ. मासिक, पोशाक भुक्तानी

18,00,000।-

 

  • योगाहल अधुरो भवन क्रमागत निर्माण

15,00,000।-

 

  • एक्सरे उपकरण, बिजुली, पानि जडान तथा वाइरिङ्ग

4,00,000।-

 

  • भ्रमण खर्च तथा बैठक खर्च

30,000।-

 

  • मसलन्द, विविध

70,000।-

 

  • औषधि उपकरण खरिद आयुर्वेद तथा एलोप्याथि

2,00,000।-

 

 

 

निर्णय नं. 18

प्रेस काउन्सिल नेपालको च.नं. 1188 र मिति 2075/11/15 गतेको पत्रबाट यस उपमहानगरपालिकामा साहित्यिक पत्रकारिता र पत्रकार आचारसंहिता विषयक प्रदेश स्तरिय कार्यक्रम मिति 2075/11/17 र 18 गते हुने र सो कार्यक्रममा सहभागि देशभरका अग्रज साहित्यिक पत्रकारहरुलाई आवास तथा खानाको प्रवन्ध गरिदिन अनुरोध भै आएकोले सोको प्रबन्ध गर्न रु. 30,000।- (तीसहजार मात्र) आर्थिक सहयोग गर्ने निर्णय गरियो।

निर्णय नं. 19

      मिति 2075/11/11 गते बसेको यस उपमहानगरपालिकाको परिक्षा समितिको निर्णय अनुसार यस घोराही उपमहानगरपालिका क्षेत्रमा आधारभुत तहको अन्तिम (कक्षा 8) परिक्षा संचालन गर्न यस उपमहानगरपालिकाको  शिक्षा, यूवा तथा खेलकूद महाशाखाबाट रु. 6,56,963।- नपुग भएको र सो नपुग रकम शैक्षिक सत्र 2074 र 2075 मा स्थानीय विकास कोषमा जम्मा भएको (शैक्षिक सत्र 2074 मा विद्यालय अनुमति/थप कक्षाका लागि आवेदन फारम शूल्क एवं थप कक्षा अनुमति दिदा जम्मा भएको रकम रु. 3,21,250 र शैक्षिक सत्र 2075 को कक्षा 8 को परीक्षामा सामेल हुनका लागि संस्थागत विद्यालयका 1,873 जना विद्यार्थीहरुबाट प्रति विद्यार्थी रु. 200।- का दरले जम्मा भएको रकम रु. 3,74,600।-) रकमबाट खर्च व्यवस्थापन हुने गरी पेश भएको टिप्पणीलाई सदर गर्ने निर्णय गरियो।

 

निर्णय नं. 20

  1. घोराही उपमहानगरपालिका स्वास्थ्य क्षेत्रमा कार्यरत सबै कर्मचारीहरुको अभिलेखन, कर्मचारीहरुको पाउँदै आएको सेवा सुविधा, कार्यरत स्थान, कर्मचारीहरुको स्थीतिको बारेमा जानकारी तथा स्वास्थ्य क्षेत्रमा कार्यरत सबै कर्मचारीको सेवा सुविधामा एकरुपतापन ल्याउन राय सहितको प्रतिवेदन कार्यपालिका बैठकमा पेश गर्न मिति 2075/06/28 गते कार्यपालिका बैठकले गठन गरेको कार्यदलले मिति 2075/10/09 गते बैठक बसी बनाएको प्रतिवेदन र निर्णयहरु कार्यपालिकामा प्रस्तुत भयो। प्रस्तुत भएको प्रतिवेदन र निर्णहरुलाई सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय गरियो।  
  2. यस घोराही उपमहानगरपालिका अन्तर्गत स्वास्थ्य क्षेत्र शहरी स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र संचालन तथा व्यवस्थापन कार्यक्रमका तपशिलका तहमा करार सेवामा कार्यरत कर्मचारीहरुको मिति 2075/10/01 गते देखि लागु हुने गरी तपशिल अनुसारको नयाँ तलबमान कायम गर्ने निर्णय गरियो।

तपशिल                            

  1.  
  •  

नयाँ तलबमान

  •  
  •  
  1.  

सहायक चौँथो

  1.  

शहरी स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र संचालन तथा व्यवस्थापन

 

  1.  

सहायक पाँचौ

  1.  

 

  1.  

अधिकृत छैठौँ

  1.  

 

  1.  

अधिकृत सातौँ

  1.  

 

 

  1. यस घोराही उपमहानगरपालिका वडा नं. 15 स्थित दाङभ्याली टोल विकास संस्थाको भित्रि सडक (दुर्गा प्रसाद रिजालको घरदेखि उत्तर दक्षिण तर्फको सडक करिब 70 मि. लम्बाई भएको र धन प्रसाद शर्माको घरदेखि दक्षिण तर्फको करिव 35 मि. लम्बाई भएको सडक) घोराही बजारको एक मुख्य क्षेत्र भएको हुँदा उक्त सडकलाई तत्काल कन्टेन्जेन्सी रकमबाट बजेट व्यवस्थापन हुने गरी ल.ई. तयार गरी उक्त बाटोमा पिच गर्ने कार्यलाई अगाडि बढाउँने निर्णय गरियो।
  2. घोराही उपमहानगरपालिका क्षेत्र भित्रमा सामुदायिक र संस्थागत विद्यालयहरुले भवन निर्माण आचारसंहिता बमोजिम यस उपमहानगरपालिकाबाट नयाँ भवन बनाउन लाग्ने दस्तुर बाफतको रकम सामुदायिक विद्यालयलाई निशूल्क गर्ने र संस्थागत विद्यालयहरुलाई 50% मात्र शूल्क लिएर गर्ने निर्णय गरियो।
  3. घोराही उपमहानगरपालिकाबाट सम्पादन हुने काम कार्वाहीहरुलाई अझ जनमैत्री, प्रदान गर्ने सेवामा गुणस्तरियता, जनईच्छा तथा चाहनाको उच्च कदर गर्नका साथै यस उपमहानगरपालिकाबाट हालसम्म गरेका कामहरुको बारेमा जानकारी गराउँन मिति 2075/11/30 गते सार्वजनिक सुनुवाई गर्ने निर्णय गरियो।
  4. घोराही 16 स्थित स्यानिटरी ल्याण्ड फिल साइटको क्षेत्र भित्र बायोग्याँस प्लान्ट निर्माण स्थलमा निर्माणको कार्य गर्दा काटिएका रुख, विरुवा तथा बुट्यानका दाउराहरु रु. 2,50,000।- मा विक्रि वितरण गर्नको लागि स्यानिटरी ल्याण्डफिल साइट व्यवस्थापन समितिको मिति 2075/10/08 गतेको बैठकबाट निर्णय गरी सोको अनुमति दिनको लागि 16 नं. वडा कार्यालयबाट शिफारिस पत्र प्राप्त भएको हुँदा उक्त काटिएका रुख, विरुवा तथा बुट्यानका दाउराहरुलाई नियम अनुसार विक्रि वितरण गर्न दिने र विक्रि वितरण प्रस्चात जम्मा भएको रकमबाट सोही क्षेत्रको विकास निर्माणमा खर्च गर्न दिने निर्णय गरियो।  
  5. श्री प्राथमिक विद्यालय कर्जाहीको मिति 2075/11/17 गते बसेको विद्यालय व्यवस्थापन समितिले आफ्नो विद्यालयको स्वामित्वको नाममा रहेको साविक हरिद्वार 7 कि.नं. 55 क्षेत्रफल 1-18-1 को जग्गा सहिद कृष्णसेन ईच्छुक बहुप्राविधिक शिक्षालयलाई दिने निर्णय गरेको हुँदा प्रचलित ऐन नियम बमोजिम उक्त बहुप्राविधिक शिक्षालयलाई प्राथमिक विद्याय कर्जाहीको नाममा रहेको जग्गा हस्तारण गरिदिनको लागि सम्बन्धित निकायमा शिफारिस गर्ने र हाललाई दामोदर सडकदेखि उत्तर र विद्यालय देखि पश्चिम पुनाराम कामीको घर देखि माथिको अन्दाजी 0-7-0 जग्गामा कृष्णसेन ईच्छुक बहुप्राविधिक शिक्षालयले अस्थायी टहरा निर्माण गर्न प्रयोग गर्न दिन श्री प्राथमिक विद्यालय, कर्जाहीको पनि सहमत रहेको हुँदा उक्त जग्गामा अस्थायि टहरा निर्माण गर्न बहुप्राविधिक शिक्षालयलाई सहमति दिने निर्णय गरियो।  
  6. घोराही 17 स्थित हरिद्वार शहरी स्वास्थ्य केन्द्र संचालन तथा व्यवस्थापन समितिको मिति 2075/11/03 गते बसेको बैठकले हरिद्वार शहरी स्वास्थ्य केन्द्रको आगामी दिनहरुमा स्तर उन्नती र भवन निर्माण गर्न हरिद्वार शहरी स्वास्थ्य केन्द्रकै नाममा जग्गा उपलब्ध गराइ दिन निर्णय गरेको हुँदा साविक हरिद्वार 1 क कि.नं. 313 मा करिब 15 कट्ठा प्रति ऐलानी जग्गा आवश्यक नाप नक्शा कार्य संचालन गरी हरिद्वार शहरी स्वास्थ्य केन्द्रको नाममा नक्शा तथा श्रेष्ता हस्तान्तरन गरी दिन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरियो।
  7. घोराही उपमहानगरपालिका वडा नं. 10 को नवनिर्मित भवनमा कर बुझाउने कोठाको झ्याल अगाडि करदाताहरुलाई घाम पानीबाट सुरक्षित गर्नका लागि Shade बनाउन माग भएकाले सो कार्य गर्दाको ल.ई. बमोजिमको रकम रु. 1,38,077।74 कन्टेण्जेन्सी रकमबाट भुक्तानी दिने निर्णय गरियो।
  8. घोराही उपमहानगरपालिका वडा नं. 1 अन्तर्गत चेपेखोलामा ड्याम निर्माण गर्दा एक घर र वडा नं. 12 को जंङखोली गुर्जेमा जलाशयको ड्याम निर्माण गर्दा एक सामुदायिक भवन डुब्ने भएको हुँदा उक्त घर र सार्वजनिक भवनको उचित मूल्याङ्कन गरी मुअब्जा दिने  निर्णय गरियो।
  9. चालु आर्थिक वर्ष 2075/076 को बाँकी अवधिका लागि नदिजन्य पदार्थको व्यवस्थापन एवं आन्तरिक विक्रिका लागि ठेक्का बन्दोबस्तो गर्ने भनि मिति 2075/10/16 गते बसेको राजश्व परामर्श समितिको बैठकबाट भएको निर्णय बमोजिम यस उपमहानगरपालिका क्षेत्रभित्र रहेका नदि खोलाहरुको EIA/IEE प्रतिवेदन अनुसारका स्थानहरुबाट तोकिएको दर रेटमा बाँकी रहेको परिमाणलाई ठेक्का बन्दोबस्तो गर्ने निर्णय गरियो।
  10. हाट बजारको लागि ल्वाँहसुरमा रहेको स्वर्गद्वारी आश्रमको जग्गा लिजमा दिन अनुरोध गर्ने लिजमा दिन नमानेमा आवश्यक सार्वजनिक जग्गा खोज्ने निर्णय गरियो।
  11. यस उपमहानगरपालिकाका प्रेस संयोजक श्री निमु संघम घर्ती स्वास्थ्य उपचारको क्रममा अस्पतालमा भर्ना भै उपचार गराई रहनु भएकोले उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरियो।