FAQs Complain Problems

बैठक नं.५० (मिति २०७५/११/१७)

प्रस्तावः कार्यपालिका बैठक नं. 50 (मिति 2075/11/28 गते मङ्गलवार)

  1. नेपाल महिला सामुदायिक सेवा केन्द्रको कार्यक्रम स्वीकृत सम्बन्धमा,
  2. लागत सहभागितामा आधारित सडक पिच योजनाहरुलाई बहुवर्षिय योजना बनाउने सम्बन्धमा
  3. घोराही उपमहानगरपालिका वडा नं. 19 अन्तर्गत रालबाङ्ग पेदी हुँदै पाँचपोखरी स्वर्गद्वारी जाने बाटोमा स्टेप पदमार्ग निर्माणको लागि डिपिआर गर्ने सम्बन्धमा,
  4. घोराही उपमहानगरपालिकाको सार्वजनिक सुनुवाईको मिति संशोधन सम्बन्धमा,
  5. आर्थिक सहयोग सम्बन्धमा,
  6. घोराही उपमहानगरपालिकाको तेश्रो नगरसभाबाट पारित पिच मर्मत संभार योजनाको बाँडफाँडमा संशोधन सम्बन्धमा,
  7. शहरी स्वास्थ्य केन्द्र परिसरमा भएका टहरा हटाउँने सम्बन्धमा,
  8. बधशाला निर्माण सम्बन्धमा,
  9. प्रारम्भिक वातावरणीय परिक्षण गर्ने सम्बन्धमा
  10.  नगर शिक्षा योजनाका लागि समिति गठन सम्बन्धमा।

निर्णयहरु

निर्णय नं. 1

नेपाल महिला सामुदायिक सेवा केन्द्रको च.नं. 35 र मिति 2075/11/26 गतेको पत्रानुसार सन् 2017 देखि दाङका साविक लक्ष्मीपुर र घोराही उपमहानगरपालिका वडा नं. 3 कटही (हाल घोराही उपमहानगरपालिका 3, 4 र 17) मा नेपाल महिला सेवा केन्द्र दाङले नागरिक आवाज ललितपुरसँगको सहकार्यमा ×परिवर्तनका संवाहक शान्ति र पुनर्मिलाप" कार्यक्रम दुई चरणमा सम्पन्न गरेको र उक्त कार्यक्रम तेश्रो चरणमा सन् 2019 डिसेम्मवरसम्म संचालन गर्नको लागि सहमती दिन अनुरोध भई आएकोले सरोकारवालाहरुसँग सहकार्य गरी थप प्रभावकारी रुपमा संचालन गर्ने गरी सहमति दिने निर्णय गरियो।

निर्णय नं. 2

घोराही उपमहानगरपालिका क्षेत्र भित्र संचालन हुने लागत सहभागितामा आधारित सडक पिच सम्बन्धी योजनाहरुको लागत सहभागिता रकम जम्मा भएको तर निर्धारित योजनामा बजेट अभावका कारण बढिमा 150 मिटर पुरा हुन नसक्ने भएमा उक्त सडक पिच योजनाहरु पुरा गर्न आगामि वर्षको बजेटबाट भुक्तानि हुने गरी यस वर्ष उधारोमा काम गर्न तहाँका स्थानीय बासिन्दा मञ्जुर भएमा यस उपमहानगरपालिकाका प्राविधिकहरु सहित नगरप्रमुखबाट अनुगमन गरी उक्त योजनाहरुलाई बहुवर्षिय योजना बनाई कार्यान्वयन गर्ने निर्णय गरियो।

निर्णय नं. 3

घोराही उपमहानगरपालिका वडा नं. 19 अन्तर्गत रालबाङ्ग पेदि हुँदै पाँचपोखरी स्वर्गद्वारी जाने बाटो परापूर्व कालमा स्वर्गद्वारी प्रभुमहाराज पैदल हिडको भन्ने प्रचलन रहेकाले उक्त बाटो पर्यटकीय तथा धार्मिक दृष्टिले अत्यन्त महत्तवपूर्ण भएको देखिन्छ। तसर्थः रालबाङ्ग पेदि हुँदै पाँचपोखरी स्वर्गद्वारी जाने बाटोलाई स्टेप पदमार्गको रुपमा बनाउन नगरस्तरिय योजना अनुसन्धान तथा विकास 5070, सि.नं. 2 को सम्भावित स्थानमा डिपिआर तयार गर्न प्राविधिक परामर्श सेवा शिर्षकबाट रु. 2,50,000।- (दुईलाख पचासहजार मात्र) बजेटको व्यवस्था हुने गरी स्टेप पदमार्गको डिपिआर तयार गर्ने निर्णय गरियो।

 

 

निर्णय नं. 4

यस घोराही उपमहानगरपालिकाको मिति 2075/11/17 गते बसेको 49 औं कार्यपालिका बैठकले यस उपमहानगरपालिकाको सार्वजनिक सुनुवाई मिति 2075/11/30 गते गर्ने निर्णय भएको तर उक्त निर्धारित दिनमा विविध कारणले सार्वजनिक सुनुवाई गर्न नसकिने भएकाले उक्त सार्वजनिक सुनुवाई मिति 2075/12/21 गते बिहीवार गर्ने निर्णय गरियो।

निर्णय नं. 5

  1. घोराही उपमहानगरपालिका वडा नं. 10 को च.नं. 2823 र मिति 2075/11/27 गतेको पत्रबाट घोराही उपमहानगरपालिका वडा नं. 10 नारायणपुरमा संचालित सिद्ध रत्ननाथ क्याम्पसको कमजोर आर्थिक अवस्थाका कारण स्थानीय चन्दादाता, राजनैतिक दल, समाजसेवी, बुद्धिजिवि, किसान एवं विभिन्न तहका जनताबाट संचालित हुँदै आएको र गत वर्ष देखि क्याम्पसमा परीक्षा केन्द्रको व्यवस्था एवं क्याम्पसको शैक्षिक गुणस्तर कायम गरी परीक्षा संचालन गर्न कठिनाई परेको भनि सिफारि भै आएकोले उक्त क्याम्पसको शैक्षिक गुणस्तर कायम गरी परीक्षा संचालन गर्न कण्टेन्जेन्सी रकमबाट भुक्तानी हुने गरी रु. 2,50,000।- (दुईलाख पचासहजार मात्र) दिने निर्णय गरियो।
  2. महिला स्वास्थ्य स्वयम सेविका समूह घोराही दाङको च.नं. 3 र मिति 2075/11/26 गतेको पत्रानुसार मिति 2075/12/15 गते यस उपमहानगरपालिकाको नगरसभा हलमा प्रदेश स्तरिय महिला स्वयम सेविका भेलाको लागि आर्थिक सहयोग माग भै आएकोले रु. 30,000।- (तीस हजार मात्र) दिने निर्णय गरियो।
  3. घोराही उपमहानगरपालिका वडा नं. 18 मसिना निवासी गिरिराज शर्माले मिति 2075/10/16 गते दिएको निवेदनबाट ×छोरीहरु" नामक कृति प्रकाशन गर्न आर्थिक सहयोग माग भै ‍आएकोले रु. 10,000।- (दश हजार मात्र) दिने निर्णय गरियो।

निर्णय नं. 6

               घोराही उपमहानगरपालिकाको तेश्रो नगरसभाबाट पारित नगरस्तरिय योजना पूर्वाधार विकास 30, सि.नं. 1 को पिच मर्मत संभारमा रु. 50,00,000।- (पचास लाख मात्र) विनियोजि बजेटलाई मिति 2075/10/24 गते बसेको 47 औं कार्यपालिका बैठकले तपशिल बमोजिम शिर्षकमा बाँडफाँड गरी बजेट विनियोजन गरेकोमा उक्त  विनियोजन बजेटमा केही संशोधन गर्नु परेकोले तपशिल बमोजिमको शिर्षकको बजेटमा संशोधन गरी खर्च गर्ने निर्णय गरीयो।

तपशिल  

क्र.सं.

शिर्षक

विनियोजित बजेट रु.

घट बजेट

थप बजेट

संशोधित बजेट

कैफियत

1.

गतवर्ष आ.व. मा भएको सडक बोर्डको लागत सहभागिता भुक्तानी

3,59,973।43

 

3,19,256।-

6,79,229।43

 

2.

चालु आ.व. मा सडक बोर्ड मार्फत सञ्चालन हुने योजनाहरुको लागत सहभागिता

36,42,857।14

 

 

36,42,857।14

 

3.

चालु आ.व. मा यस उपमहानगरपालिका क्षेत्र भित्रका पिच सडकहरुको मर्मत सम्भार

9,97,169।43

3,19,256।-

 

6,77,913।43

 

जम्मा

 

50,00,000।-

3,19,256।-

3,19,256।-

50,00,000।-

 

निर्णय नं. 7

घोराही उपमहानगरपालिका वडा नं. 14 नयाँबजार तिनकुने चोक स्थित नगरस्वास्थ्य केन्द्रको बाहिरी भागमा टहराहरुमा बस्ने व्यक्तिहरुले कपडा धुने, भाँडा माझ्ने तथा अन्य फोहोरजन्य गतिविधि गर्दै आएको र उक्त गतिविधिले स्वास्थ्य केन्द्रबाट सम्पादन हुने काममा असज भएको भनी नगरस्वास्थ्य केन्द्र नयाँबजारले पत्र मार्फत जानकारी गराएको छ। तसर्थः उक्त स्थानमा रहेका टहराहरुबाट 20 वर्ष सम्म जि.स.स. कार्यालय दाङले प्राप्त गर्ने भाँडामा निःशूल्क वा सशूल्क रुपमा भाँडाको व्यवस्थापन हुने गरी उक्त अवधि सम्म नगरस्वास्थ्य केन्द्र बाहिर रहेका टहरा हटाई स्वास्थ्य केन्द्रबाट सम्पादन हुने कामकार्वाहिहरु सहज बनाउन तथा टहरा हटाएको क्षेत्र उक्त शहरी स्वास्थ्य केन्द्रलाई नै भोगचलन गर्नको लागि उपलब्ध गराइ दिन जि.स.स. कार्यालय दाङमा अनुरोध गर्ने निर्णय गरियो।  

 

निर्णय नं. 8                                     

घोराही उपमहानगरपालिका वडा नं. 14 कपासी बगिया टोल विकास संस्था अन्तर्गत घोराही 7क कि.नं. 6 र 7 मा प्रति ऐलानी करिव 3 विगाहामा बधशाला निर्माण गर्नको लागि खोजिएको जग्गालाई संरक्षण गर्न गत आ.व.मा करिव 28 लाखको काम भएको, यस आर्थिक वर्षमा सांसद क्षेत्र विकास कोषबाट पनि केहि रकम विनियोजन भएको र गुरुयोजना तथा डिपिआर पनि अन्तिम चरणमा रहेको छ। बधशाला निर्माणको योजनाको लागि विगत केहि वर्ष अगाडि शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, दाङ मार्फत बजेट विनियोजन भएता पनि त्यस समयमा जग्गा अभावका कारण बजेट फ्रिज हुन गएको तर अहिले जग्गा उपलब्ध भै बधशाला निर्माणको काम पनि अगाडि बढेको र उक्त बधशाला निर्माण गर्न अरु थप बजेटको आवश्यक पर्ने देखिएकोले उक्त बधशाला निर्माण योजन सम्पन्न गर्न आवश्यक पर्ने बजेट उपलब्ध गराई दिन सघन शहरी तथा भवन निर्माण आयोजनाको कार्यालय घोराही, दाङमा अनुरोध गर्ने निर्णय गरियो।

निर्णय नं. 9

घोराही उपमहानगरपालिका अन्तर्गतका तपशिलका स्थानहरुमा प्रारम्भिक वातावरणीय परिक्षण गर्ने निर्णय गरियो।

तपशिल

1. घोराही उपमहानगरपालिका वडा नं. 1 अन्तर्गतः

  • बुढाबाज देखि बबई खोलासम्म

2. घोराही उपमहानगरपालिका वडा नं. 5 अन्तर्गतः

  • वडा नं. 5 को हनरियाँ देखि बबैघाटसम्म
  • वडा नं. 5 को गोठलि गाउँ देखि दुन्द्रा बबैघाटसम्म
  • वडा नं. 5 को डाँगी गाउँ ढकेलपुर देखि बबैघाटसम्म

3. घोराही उपमहानगरपालिका वडा नं. 9 अन्तर्गतः

  • अस्पराको गनार देखि उत्तर दक्षिण
  • उत्तर तेघराको गनार देखि उत्तर दक्षिण
  • कोठरी बाटो देखि उत्तर तेघरा सम्म

4. घोराही उपमहानगरपालिका वडा नं. 11 अन्तर्गतः

  • पत्रेखोलाको कचवय देखि 500 मिटर माथी
  • परेनी दोभान देखि वइनरिया खोलाको पुलसम्म
  • आँखा अस्पताल सडक खण्ड देखि उत्तर बगाले गाउँसम्म

5. घोराही उपमहानगरपालिका वडा नं. 12 अन्तर्गतः

  • रतनपुर जाने पुल देखि 500 मिटर तल
  • निघुवारको पुल देखि 500 मिटर तल

                                                    

 

निर्णय नं. 10  

  1. यस उपमहानगरपालिका भित्रको शिक्षालाई व्यवस्थापन, संचालन तथा प्रभावकारी बनाउनको लागि निर्माण हुने 5 वर्षे नगर शिक्षा योजनाका तपशिल बमोजिमका समिति गठन गर्ने निर्णय गरियो।
  1. सल्लाहकार समितिः
  1. नगरप्रमुख
  2. उपप्रमुख
  3. प्रमुख प्रशासकीय अधिकृत
  1. निर्माण समितिः
  1. नगरकार्यपालिकाको शिक्षा संयोजक- संयोजक
  2. स्थानीय शिक्षा पत्रकार-
  3. प्र.अ. प्रतिनिधि-
  4. नगरशिक्षक महासंघ अध्यक्ष-
  5. प्राविधिक शिक्षालय तर्फबाट 1 जना-
  6. व्यवस्थापन समितिका अध्यक्षबाट 1 जना-
  7. निवृत्त शिक्षक वा कर्मचारीबाट 1 जना-
  8. अपाङ्गताको क्षेत्रबाट 1 जना
  9. कार्यपालिकाका सदस्यहरु मध्येबाट 1 जना- वडा नं. 5 वडा अध्यक्ष श्री विष्णुमणि दाहाल
  10. महाशाखा प्रमुख-
  11. विद्यालय निरीक्षक - सदस्य सचिव
  1. निर्माण समितिले आवश्यकता अनुसार क्षेत्रगत समूह (Thematic group) तय गरी कार्य अगाडि बढाउन सक्नेछ।
  2. छलफल गरिने निकायहरुः प्रअहरु/निवृत्त शिक्षक कर्मचारी/मन्टेश्वरी संचालक/प्राविधिक र व्यवसायिक शिक्षा/संस्थागत विद्यालय/अभिभावक/जनप्रतिनिधिहरु/स्थानीय शिक्षा प्रमीहरु।
  3. नगर शिक्षा समितिको गठनः यस उपमहानगरपालिका भित्रका विद्यालयहरुको व्यवस्थापन, रेखदेख र समन्वय गर्न तपशिल बमोजिमका पदाधिकारीहरु रहने गरी समितिको गठन गरियो।
  1. यस उपमहानगरपालिको प्रमुख वा सो काम गर्न तोकीएको व्यक्ति - अध्यक्ष
  2. प्रमुख प्रशासकीय अधिकृत - सदस्य
  3. सामाजिक विकास समितिका संयोजक - सदस्य
  4. नगरपालिकाले तोकेको नगरकार्यपालिकाका सदस्यहरु मध्येबाट कम्तीमा 1 महिला सहित 2 जना- सदस्य
  • वडा नं. 10 का वडा अध्यक्ष श्री चित्र बहादुर डाँगी - सदस्य
  • वडा नं. 12 का वडा सदस्य श्री माया रावत - सदस्य
  1. नगरपालिका क्षेत्रभित्रका विद्यालयका विद्यालयहरुको विव्यस अध्यक्षहरु मध्येबाट नगर शिक्षा समितिले मनोनित गरेको 1 जना – सदस्य
  2. स्थानीय समाजसेवी वा शिक्षाप्रेमीहरु मध्येबाट नगर शिक्षा समितिबाट मनोनीत 1 महिला सहित 2 जना- सदस्य
  3. नगर भित्रका सामुदायिक/संस्थागत विद्यालयका प्रअहरु मध्येबाट नगरपालिकाले मनोनित गरेको 2 जना - सदस्य
  4. नगर स्थित विशेष शिक्षा, समावेशी शिक्षा वा स्रोत कक्षा संचालन गर्ने विद्यालय वा अपाङ्गता सम्बन्धी शिक्षण संस्थाबाट प्रतिनिधित्व गरेको अपाङ्गता भएका व्यक्ति 1 जना – सदस्य
  5. नेपाल शिक्षक महासंघ नगर अध्यक्ष – सदस्य
  6. नगर शिक्षा प्रमुख – सदस्य सचिव