सूचना
बैठक नं.५९ (मिति २०७६/०३/०३)
प्रस्ताव (कार्यपालिका बैठक नं. ५९, मिति २०७६।०३।३, मङ्गलबार)
१.आगामी आर्थिक वर्ष २०७६।०७७को बजेट तथा कार्यक्रम छलफल सम्वन्धमा ।
२.विविध सम्वन्धमा ।
निर्णयहरु:
निर्णय नं. १:
यस घोराही उपमहानगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ को प्रस्तावित बजेट तथा कार्यक्रम अनुसार प्रत्येक वडाको लागि रु १ करोडको सिलिंग दिने ।
निर्णय नं.२: विविध
२.१ यस घोराही उपमहानगरपालिकाको कृषि विकास शाखा, मिति २०७६/०३/०२ गते बसेको तपशिल बमोजिमको बैठकको निर्णय अनुमोदन गर्ने।
तपशिल:
२.१.१ आ.व. २०७५/०७६ को स्वीकृत कार्यक्रम सि.न. १०१०, सि.नं. २ मूल विउ वितरण ५० प्रतिशत अनुदान (तोरी, मसुरो, गहुँ, धान, मकै) शिर्षकमा विनियोजन रु.१५००००|०० मध्ये रु ३३६६५|- बाँकी हुन आएकोले उक्त रकम धानको उन्नत विउं खरिद गरि ५०% अनुदानमा वितरण गर्ने ।
२.१.२ साविक जिल्ला कृषि विकास कार्यालयबाट वितरण भएका रासायनिक मल विक्री इजाजत पत्रहरु यस उपमहानगरपालिका कृषि विकास शाखाबाट नियमानुसारको दस्तुर (राजश्व) लिइ नविकरण भैरहेको र अव उप्रान्त सहकारी संस्थाहरुबाट इजाजतपत्रका लागि माग भै आएमा तपशिलको राजश्व लिइ इजाजत पत्र उपलब्ध गराउने ।
तपशिल:
नयाँ निवेदन इजाजत पत्र – रु. १००|-
नविकरण म्याद भित्र – रु. ५०|-
नविकरण म्याद ३० दिन भित्र – रु. २००|-
नविकरण म्याद ३० दिन नाघेमा – रु. ७००|-
नविकरण म्याद १ आर्थिक बर्ष अवधिमा – रु. १०००|-
नविकरण म्याद प्रति वर्ष थप – रु. १०००|- का दरले
२.१.३ घोराही उपमहानगर कृषि विकास शाखा अन्तर्गत सशर्त अनुदान संघीय सरकार तर्फको भकारो सुधार कार्यक्रमको रु. ५००००|- रकम वडा नं. १ अठ्ठाइसे निवासी होम बहादुर बुढाथोकीले १ वटा र वडा नं. १२ हापुर निवासी पूर्ण बहादुर घर्तीले १ वटा संचालन गरि सम्पन्न गरेको हुँदा २५०००|-का दरले भुक्तानी दिने ।
२.१.४ २०७६ को १६ औं राष्ट्रिय धान दिवस तथा रोपाई कार्यक्रम असार १५ गतेका दिन " धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण" भन्ने नाराका साथ विभिन्न संघ संस्थाहरुको सहकार्यमा वडा नं. १२ नारेबांगमा भव्यताका साथ मनाउने ।
२.१.५ आ.व. २०७५/०७६ को स्वीकृत कार्यक्रम अनुसार सि.नं.१०१०, सि.नं. ७ गह्रा सुधार अनुदान कार्यक्रम ५० हेक्टर रु. ५०००००|- वडा नं. ७ सुक्रवारमा संचालन गर्ने ।
२.१.६ आ.व.२०७५/०७६ को स्वीकृत कृषि सेवा कार्यक्रमको संचालन हुन बाँकी तपशिल अनुसार गर्ने|
क्र.स.
|
योजनाको नाम |
बजेट |
संसोधित कार्यक्रम |
बजेट |
कैफियत |
१. |
१.१ अनार खेती विकास कार्यक्रम (सि.नं. १०१०, सि.नं. १९) १.२ मागमा आधारित कार्यक्रम (सि.नं.१०१०, सि.नं.६) १.३ एरियटर मेशिन वितरण ५० प्रतिशत अनुदान (सि.नं.१०१० सि.नं.१७)
|
(५५००००|०० विनियोजित)
(१४५०००|०० विनियोजित)
|
१० सेट सिड बिन खरिद
|
९०००० |
विउ उत्पादन कृषि सहकारी संस्थाहरुलाई अनुदानमा वितरण गर्ने |
२. |
एरियटर मेशिन वितरण ५० प्रतिशत अनुदान (सि.नं.१०१० सि.नं.१७)
|
१४५०००|००
|
पुरन्धारा छहरा कृषि फर्मलाई माछाको दाना पिस्ने मेशिन |
५२५००| |
|
३ |
कृषि चुनमा अनुदान (सि.नं.१०१०, सि.नं. १३) |
२०००००|०० |
प्रगतिशील कृषक समूह वडा नं.६लाई बोरिङको पाइपविस्तारको लागि पाइप खरिद |
१५००००| |
|
४ |
४.१ नमुना कृषि फर्म स्थापना २ वटा(सि.नं.१०१०, सि.नं.८)
४.२ अनार खेती विकास कार्यक्रम (सि.नं. १०१०, सि.नं. १९)
|
४०००००|००
३०००००|०० (५५००००|०० विनियोजित) |
आँप, लिची र कागती बगैचा स्थापना गर्ने कृषकलाई फलफूलका विरुवा वितरण |
७०००००| |
५० देखि १०० बोट विरुवा रोप्ने कृषकलाई ढुवानी सहित ५०% अनुदानमा विरुवा उपलब्ध गराउने र १०० भन्दा बढी विरुवा रोप्ने कृषकलाई निशुल्क विरुवा उपलब्ध गराउने | |
५ |
अनार खेती विकास कार्यक्रम (सि.नं. १०१०, सि.नं. १९)
|
१०००००|०० |
माटो परिक्षणका लागि कृषि ज्ञान केन्द्रलाई उपलब्ध गराउने |
१०००००| |
|