FAQs Complain Problems

बैठक नं.६० (मिति २०७६/०३/०८)

प्रस्ताव (कार्यपालिका बैठक नं. ६०, मिति २०७६/३/०८, गते आइतबार)

  1. आ.व. २०७६/२०७७ को योजना तथा कार्यक्रम छलफल सम्वन्धमा ।
  2.  विविध सम्वन्धमा ।

 

निर्णयहरु :

निर्णय नं. १:

यस घोराही उपमहानगरपालिकाको आ.व. २०७६/२०७७ को बजेट तथा योजना तर्जुमा समितिले पेश गरेको प्रस्तावित योजना तथा कार्यक्रम कार्यपालिका बैठक बाट पारित गरि अनुमोदनका लागि नगर सभामा पेश गर्ने ।  

निर्णय नं. २:

२.१ श्री नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गत संघीय खानेपानी तथा ढल निकास व्यवस्थापन आयोजना बुटवलबाट यस नगरपालिकाको शहरी क्षेत्र भित्र पर्ने फोहरमैला तथा ढल निकास व्यवस्थापनका लागि DPR भैरहेको र उत्पादित ढललाई प्रशोधन गर्नको लागि जग्गा आवश्यक भएको हुँदा यस घो.उ.म.न.पा वडा नं.१७ अन्तर्गत रहेको साविक हरिद्वार ४'ग' कि.नं.३४९ जग्गा प्रशोधन केन्द्रको लागि उपलब्ध गराउने ।

 

२.२ यस घोराही उपमहानगरपालिकाको तेश्रो नगर सभाबाट स्वीकृत बजेट तथा कार्यक्रम बमोजिम गुम्राह चोकदेखि आर्मी क्याम्प सम्म पिच सडक विस्तार कार्यका लागि यस आ.व.मा हरितारा कन्स्ट्रक्सन प्रा.लि.का प्रो. कृष्ण भण्डारी संग ठेक्का सम्झौता भै निर्माण कार्य संचालन भैरहेकोमा मिति २०७६/३/६ गतेको वडा कार्यालय १५ को सिफारिस बमोजिम उल्लेखित स्थानमा ढल व्यवस्थापनका लागि ३० से.मि. डायमिटरको ह्युमपाइपको सट्टा ४५ से.मि. डायमिटरको ह्युमपाइप राखीदिनु हुन भनि टोल विकास संस्थाबाट समेत सिफारिस भई आएको हुँदा ठेक्का सम्झौताको स्वीकृत बजेटको परिधि भित्र रही उक्त ठेक्कामा प्रयोग भएको ३० से.मि. डायमिटरको ह्युमपाइपको सट्टा  ४५ से.मि. डायमिटरको ह्युमपाइप रहने गरि परिवर्तन गरिदिने  ।

 

२.३ यस घोराही उपमहानगरपालिका '५६' औं कार्यपालिका बैठकको निर्णय बमोजिम हालैका आगलागी पीडित १२ घरपरिवारहरुलाई राहत वापत वितरण गरिएको जस्तापाता तथा जडान सामग्रीहरुको खरिद तथा ढुवानी वापतको रकम रु. ५,३१,०१० (अक्षेरुपी रु. पाँच लाख एकतीस  हजार दश मात्र) स्थानीय विपद व्यवस्थापन कोषबाट भुक्तानी गर्ने ।