FAQs Complain Problems

सूचना

Pages

बैठक नं. १३ को निर्णयहरु (२०७४।०६।२६)

निर्णय नं. १:

यस घोराही उपमहानगरपालिकाको स्वास्थ्य शाखाबाट पेश गरेको स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन कार्यविधि २०७४ पारित गर्ने निर्णय गरियो |

निर्णय नं.२:

सामाजिक तथा आर्थिक रुपान्तरणको लागि युवा समूहले बाल भेला मार्फत क्षमता अभिवृद्धि, नैतिकता, राष्ट्रिय भावना, पठनपाठन संस्कृतिको विकाससंग सम्वन्धित विषयवस्तु समेटी संचालन गर्न लागेको दोस्रो बाल भेला व्यवस्थापनका लागि आर्थिक सहयोग रु. ५०,०००|०० (अक्षरुपि पचास हजार मात्र ) सहयोग गर्ने निर्णय गरियो |

निर्णय नं. ३

उपमहानगर क्षेत्रमा नगरवासीको घरवास आगलागी र बाढी पहिरोबाट क्षति भएमा क्षतिको आधारमा वातावरण तथा विपद व्यवस्थापन समितिको सिफारिसमा अधिकतम रु ५०००|०० सम्म आर्थिक सहयोग गर्ने अधिकार नगर प्रमुखमा रहने निर्णय गरियो |

निर्णय नं. ४:

उपमहानगर क्षेत्रका कुनै नगरवासी जटिल प्रकृतिका रोग जस्तै क्यान्सर, मृगौला, मुटु, फोक्सो, कलेजो, ब्रेनट्युमरबाट बिरामी भइ उपचारका लाक्गी आर्थिक सहयोग माग भइ आएमा वडा समितिको सिफारिस र सरकारी अस्पतालको प्रेसक्रिप्सनको आधारमा अधिकतम रु ५०००|०० सम्म आर्थिक सहयोग गर्ने अधिकार नगर प्रमुखमा रहने निर्णय गरियो |

निर्णय नं. ५:

घोराही उपमहानगरपालिका वडा नं. १८को कालिका भगवती मन्दिर (माईका थान ) को पूजा खर्चका लागि मन्दिर पुजारीलाई मासिक रु २०००|००( अक्षरुपि दुई हजार मात्र) दिने निर्णय गरियो

निर्णय नं. ६:

वडा नं. १२को वडा सदस्य श्री पुष्प बि.क. ( गिरु) र वडा न.१४ वडा सचिव श्री सुर बहादुर के.सी. ज्युको शिघ्र स्वास्थ्यलाभको कामना गरिने निर्णय गरियो |