FAQs Complain Problems

बैठक नं. १५ (२०७४।०८।२५)

प्रस्ताव:

  1. शिक्षक छनोट प्रक्रिया संचालन कार्यविधि २०७४ पारित गर्ने सम्वन्धमा
  2. शिक्षा व्यवस्थापन तथा अनुगमन समिति गठन गर्ने सम्वन्धमा
  3. सामाजिक सुरक्षा भत्ताको रकम व्यवस्थापन सम्वन्धमा
  4. कर शाखाको फाइल व्यवस्थापन सम्वन्धमा
  5. ज्येष्ठ नागरिक परिचय पत्र वितरण सम्वन्धमा
  6. बजार व्यवस्थापन कार्यविधि २०७४ निर्माण सम्वन्धमा
  7. फोहरमैला व्यवस्थापन कार्यविधि २०७४ निर्माण सम्वन्धमा
  8. घोराही उपमहानगरपालिका बालबालिका तथा महिला शाखा बाट सम्पादन हुने कार्यका लागि रकम व्यवस्थापन सम्वन्धमा
  9. कार्यक्रम संसोधन सम्वन्धमा

निर्णय नं. १ :

यस घोराही उपमहानगरपालिकाको शिक्षा शाखाबाट पेश भएको शिक्षक छनोट प्रक्रिया संचालन कार्यविधि २०७४ माथि छलफल गरियो | शाखा प्रमुख बाट पेश भए अनुसार कार्यविधि पारित गर्ने निर्णय गरियो |

निर्णय नं.२ :

यस घोराही उपमहानगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुको समग्र व्यवस्थापकीय पक्षका सम्वन्धमा अनुगमन गरि सुधारका उपायहरु समेतका बारेमा सम्वन्धित निकायमा प्रतिवेदन गर्नका लागि निम्न ४ सदस्यीय शिक्षा व्यवस्थापन तथा अनुगमन समिति गठन गर्ने निर्णय गरियो |

सामाजिक विकास समिति: भरतमणि अर्याल (संयोजक)

सम्वन्धित वडाका वडा अध्यक्ष: सदस्य

विद्यालय निरीक्षक : नारायण प्रसाद पौडेल (सदस्य)

सम्वन्धित क्षेत्रको श्रोत व्यक्ति: सदस्य

निर्णय नं.३:

सामाजिक सुरक्षा भत्ताको रकम व्यवस्थापन सम्वन्धमा छलफल गरियो | सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरु सबै बैंकको सम्पर्कमा आइनसकेको हुँदा खाता खोल्न बाँकी रहेका लाभग्राहीहरुको रकम तत्काल व्यवस्थापनका लागि सम्वन्धित वडामा समाजिक सुरक्षा भत्ता वितरण गर्न अनुमति पाएका बैंकहरुमा नै रहने गरि यस कार्यालयको नाममा " सामाजिक सुरक्षा भत्ता संरक्षण कोष " खाता खोल्ने निर्णय गरियो |

निर्णय नं. ४:

२०६२ साल देखि यस नगरमा एकीकृत सम्पत्ति कर लागु गरी प्रत्येक करदाताको व्यक्तिगत फाइल खडा गरी अभिलेख राख्दै आएकोमा हाल करदाता संख्या थपिँदै जाँदा कर्मचारी व्यवस्थापन लगायत भौतिक पूर्वाधार समेतको अभाव हुँदै गएकोले प्रभावकारी सेवा प्रवाहमा समेत असर परेको हुँदा करदाताहरुको व्यक्तिगत फाइलको सुरक्षा एवं प्रभावकारी सेवा प्रवाहका लागि कर सम्वन्धि फाइलहरु स्वयं करदातालाई उपलब्ध गराउने निर्णय गरियो |

निर्णय नं.५:

ज्येष्ठ नागरिक परिचय पत्र यस पूर्व महिला तथा बालबालिका कार्यालयबाट वितरण हुँदै आएकोमा महिला तथा बालबालिका विभागको च.नं. ४९५, मिति २०७४/०७/२४ को पत्र तथा ज्येष्ठ नागरिक परिचय पत्र वितरण निर्देशिका २०७४ को नियम ८ बमोजिम सम्वन्धित स्थानीय तहबाट वितरण गर्ने व्यवस्था भए अनुसार अव उप्रान्त यस घोराही उपमहानगरपालिका क्षेत्रभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकहरुलाई घोराही उपमहानगरपालिकाबाट नै ज्येष्ठ नागरिक परिचय पत्र वितरण गर्न आवश्यक व्यवस्था गर्ने निर्णय गरियो |

निर्णय नं.६:

यस घोराही उपमहानगरपालिकाको बजारलाई व्यवस्थित र सुन्दर बजारका रुपमा रुपान्तरण गर्न बजार व्यवस्थापन कार्यविधि २०७४ निर्माण गर्ने निर्णय गरियो | कार्यविधि निर्माण गर्न निम्न ५ सदस्यीय समिति गठन गर्ने निर्णय गरियो |

सार्वजनिक सेवा समिति: खोपिराम चौधरी (संयोजक)

वडा नं.१० अध्यक्ष : चित्र बहादुर डाँगी (सदस्य)

वडा नं. १४ अध्यक्ष: शक्तिराम डाँगी (सदस्य)

वडा नं. १५ अध्यक्ष : रमेश कुमार पाण्डेय (सदस्य)

दाङ जिल्ला उद्योग वाणिज्य संघ अध्यक्ष: नारायण भुषाल (सदस्य)

सामान्य प्रशासन महाशाखा: सुबोध रेग्मी (सदस्य सचिव)

समितिले आवश्यकता अनुसार विज्ञको सेवा लिन सक्ने निर्णय गरियो |

निर्णय नं.७:

यस घोराही उपमहानगरपालिकाको फोहरलाई व्यवस्थित रुपमा बिसर्जन गर्नका लागि फोहरमैला व्यवस्थापन कार्यविधि २०७४ निर्माण गर्ने निर्णय गरियो | कार्यविधि निर्माण गर्न निम्न ७ सदस्यीय समिति गठन गर्ने निर्णय गरियो |

वातावरण तथा विपद व्यवस्थापन समिति :  शक्तिराम डाँगी (संयोजक)

वडा नं. १० अध्यक्ष : चित्र बहादुर डाँगी (सदस्य)

वडा नं. १३ अध्यक्ष : रविलाल घर्ति (सदस्य)

वडा नं. १५ अध्यक्ष : रमेश कुमार पाण्डेय (सदस्य)

वडा नं. १६ अध्यक्ष : लछिन प्रसाद बूढा (सदस्य)

दाङ जिल्ला उद्योग वाणिज्य संघ अध्यक्ष :  नारायण भुषाल (सदस्य)

वातावरण शाखा : सुबोध रेग्मी (सदस्य सचिव)

समितिले आवश्यकता अनुसार विज्ञको सेवा लिन सक्ने निर्णय गरियो |

निर्णय नं. ८:

आ.व. २०७४/७५मा यस घोराही उपमहानगरपालिका, महिला तथा बालबालिका शाखाबाट मिति २०७४/०७/२२ गते पेश भएको संलग्न कार्यक्रमहरु संचालन गर्नका लागि बजेट रु ११,००,०००|०० आवश्यक पर्ने भएकोले यस घोराही उपमहानगरपालिकाको आन्तरिक श्रोतबाट श्रोत व्यवस्थापन गर्ने गरि बजेट व्यवस्थाका लागि नगर प्रमुख, उप प्रमुख, र प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मा दिने निर्णय गरियो |

 

निर्णय नं. ९ :

घोराही उपमहानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष श्री चन्द्र प्रसाद चौधरीबाट पेश भएको कार्यक्रम संसोधन प्रस्ताव माथि छलफल गरियो | सम्वन्धित वडाको मिति २०७४/०७/२६ गते बसेको वडा स्तरीय बैठकको निर्णय अनुसार तपशील अनुसारका कार्यक्रममा संसोधन गर्ने गरि निर्णयको प्रतिलिपि सहित पेश हुन आएको हुँदा तपशील अनुसारका कार्यक्रम संसोधन गर्ने निर्णय गरियो |

  •  

सि.नं.

प्रस्तावित कार्यक्रम

बजेट रु.

संसोधित कार्यक्रम

बजेट रु.

कैफियत

१.

मर्पा वडा कार्यालय देखि दक्षिण दुन्द्रा हुँदै नदि सम्म बाटो स्तरोन्नति

१,००,०००|०० (पूर्वाधार विकास कार्यक्रम सि.नं. ११०)

मर्पा वडा कार्यालय देखि दक्षिण दुन्द्रा हुँदै नदि सम्म बाटो स्तरोन्नति

२०००००|००

(पूर्वाधार विकास कार्यक्रम सि.नं. १११को समावेश गरेको)

सि.नं. २ को बजेट संसोधित कार्यक्रममा समावेश भएको

२.

मर्पा वडा कार्यालय देखि दक्षिण कटुकी सेवार हुँदै नदि सम्मको बाटो ग्राभेल

१,००,०००|००

(पूर्वाधार विकास कार्यकम सि.नं. १११)

"      "

०|००

 

३.

तीज मिलन कार्यक्रम ( लैंगिक समानता तथा सामाजिक समावेशीकरण सि.न. ६९ )

७५०००|००

  • दुन्द्रा युवा क्लब
  • बाल कल्याण नि.मा.वि. ( सप्ताह व्यापी महायज्ञलाई सहयोग
  • इलाका प्रहरी कार्यालय नारायणपुर

१०,०००|००

 

२५,०००|००

 

 

 

 

 

४०,०००|००