FAQs Complain Problems

बैठक नं. १८ को निर्णयहरु(२०७४।०९।२९)

प्रस्ताव: ( बैठक नं. १८, २०७४/०९/२९)

  1. कार्यविधि पारित सम्वन्धमा
  2. बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ता सम्वन्धमा
  3. शुभकामना आदान प्रदान सम्वन्धमा

निर्णय नं. १ :

योजना संचालन कार्यान्वयन, जाँच पास तथा फरफारक कार्यविधि -२०७४ निर्माण समितिबाट पेश भएको योजना तथा कार्यक्रम संचालन, कार्यन्वयन जांचपास फरफारक कार्यविधि- २०७४, सामाजिक विकास समितिबाट पेश भएको कक्षा ८ को आधारभूत तह उत्तीर्ण परिक्षा कार्यविधि/निर्देशिका-२०७४ र सामाजिक विकास महाशाखाबाट पेश भएको तालिम व्यवस्थापन तथा संचालन कार्यविधि- २०७४ माथि छलफल गरियो | निर्माण समिति, समिति र  महाशाखाबाट पेश भएको कार्यविधि पारित गर्ने निर्णय गरियो |

 

निर्णय नं. २ :

यस घोराही उपमहानगरपालिका अन्तर्गत समुदायमा संचालन भएका बालविकास केन्द्र अनुगमन गर्दा धेरै जसो स्थानमा कक्षा संचालन नभएको र केहि स्थानमा न्यून विद्यार्थी भएको पाईएकोले अनुगमन समितिको प्रतिवेदनको आधारमा उच्च विद्यार्थी संख्या भएका बाल विकास केन्द्र र सहयोगी कार्यकर्ता कम भएका विद्यालयमा पाएक पर्ने गरि विद्यालयमा काज सरुवा गर्न आधारभूत एवं माध्यमिक शिक्षा एकाई प्रमूखलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरियो |

 

 

निर्णय नं. ३ :

नेपालीहरुको महान् चांड माघे संक्रान्ति तथा थारु समुदायहरुको नयाँ वर्ष थारु सम्बत-२६४२ को उपलक्ष्यमा सम्पूर्ण नगरवासीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं साथै चाडपर्वलाई सभ्य र मर्यादित रुपमा मनाउन चाड पर्वको अवसर पारी गरिने विकृति जन्य गतिविधिहरुलाई नियन्त्रण गर्न नगरवासी लगायत सरोकारवाला सबैमा हार्दिक अनुरोध गर्ने निर्णय गरियो |