सूचना
बैठक नं. १९ (२०७४/१०/११)
प्रस्ताव: (२०७४/१०/११, बैठक नं. १९)
- कार्यविधि पारित सम्वन्धमा
- कानून निर्माण सम्वन्धमा
- नगर सभाबारे छलफल सम्वन्धमा
- सिप्रदी संस्थालाई सौर्य बत्ति जडान कार्यको भुक्तानी सम्वन्धमा
- नारायणपुर उद्योग वाणिज्य संघलाई सहयोग सम्वन्धमा
- डिजिटल सूचना पाटी सम्वन्धमा
- टोल फ्रि नम्बर राख्ने सम्वन्धमा
- छनोट समिति गठन सम्वन्धमा
- स्थापना दिवस सम्वन्धम
निर्णय नं. १
सूचना, संचार तथा तथ्यांक व्यवस्थापन महाशाखाबाट पेश भएको टोल विकास संस्था संचालन कार्यविधि २०७४ र बजार व्यवस्थापन कार्यविधि निर्माण समितिबाट पेश भएको बजार व्यवस्थापन कार्यविधि-२०७४ माथि छलफल गरियो | महाशाखाबाट र निर्माण समितिबाट पेश भएको कार्यविधि पारित गर्ने निर्णय गरियो |
निर्णय नं. २
घोराही उपमहानगरपालिकाका विभिन्न विषयगत महाशाखा/ शाखाबाट सम्पादन हुने कार्य र कार्य क्षेत्र भित्रका कामकारवाहीलाई विधि सम्मत तरिकाले सम्पादन गर्न तपशील अनुसारका कानून निर्माण गर्न आवश्यक भएको हुँदा कानून निर्माणका लागि निम्न ४ सदस्यीय कानून मस्यौदा निर्माण समिति गठन गर्ने निर्णय गरियो | समितिले आवश्यकता अनुसार विज्ञ समूह र कानुनी व्यक्तित्वको सल्लाहमा कानून निर्माण गरि नगर सभामा पेश गर्ने निर्णय गरियो |
तपशील :
नगर प्रमूख : संयोजक
उप प्रमूख : सदस्य
विधयक समितिको संयोजक : सदस्य
प्रमूख प्रशासकीय अधिकृत : सदस्य
तपशील ऐन/ नियम :
- शिक्षा नियमावली -२०७४
- एफ.एम.रेडियो (व्यवस्थापन तथा संचालन) कार्यविधि -२०७४
- आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानून - २०७४
- कृषि व्यवसाय प्रवर्धन ऐन-२०७४
- सहकारी ऐन-२०७४
- नगर प्रहरी (व्यवस्थापन तथा संचालन ) कार्यविधि - २०७४
- स्थानीय तहका कर्मचारी (व्यवस्थापन तथा संचालन) कार्यविधि - २०७४
- विपद (व्यवस्थापन तथा संचालन ) कार्यविधि -२०७४
निर्णय नं. ३
घोराही उपमहानगरपालिकाको दोश्रो (हिउँदे) नगर सभा आगामी २०७४ साल फागुन १५ गते गर्ने निर्णय गरियो |
निर्णय ४.
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट स्वीकृत स्पेसिफिकेसन बमोजिम घोराही उपमहानगरपालिका क्षेत्र भित्र विभिन्न स्थानमा जनसहभागितामा आधारित सौर्य सडक बत्ति जडान कार्यक्रम अन्तर्गत घोराही उपमहानगरपालिकाको मिति २०७३/०३/३ को सार्वजनिक सूचना अनुसार दरभाउ पत्र स्वीकृत भै कार्यादेश अनुसार कार्य सम्पन्न गरेको हुँदा सम्झौता अनुसार भुक्तानी पाउँ भनी सिप्रदी प्रा.लि.को मिति २०७४/०९/०९ को पत्र प्राप्त भएको | सम्वन्धित टोल विकास संस्था र वडा कार्यालयको सिफारिस अनुसार कार्य सम्पन्न भएकोले भुक्तानी दिनु हुन भनी प्रतिवेदन समेत प्राप्त भएको हुँदा सिप्रदी संस्थालाई आ.व. २०७३/०७४को सौर्य सडक बत्ति जडान कार्यका लागि ७५ प्रतिशत भुक्तानी दिने र बाँकी २५ प्रतिशत मर्मत सम्भार सम्पन्न भए पश्चात मात्र भुक्तानी दिने निर्णय गरियो |
निर्णय नं. ५
नारायणपुर उद्योग बाणिज्य संघलाई व्यापारिक, कृषि तथा पर्यटन महोत्सव-२०७४ संचालनका लागि विशेष प्रायोजक हुने गरि रु ४,०००००|०० (अक्षरुपि चार लाख) आर्थिक सहयोग गर्ने निर्णय गरियो |
निर्णय नं. ६
घोराही उपमहानगरपालिकाबाट सम्पादित हुने कामकारवाहीलाई अझ बढि सरल र प्रभावकारी बनाउन कामकारवाहीसंग सम्वन्धित सूचनाहरु डिजिटल प्रणाली मार्फत आम नगरवासीहरुमा पुर्याउने उद्देश्यका साथ र घोराही उपमहानगरपालिकाको बढी जनसम्पर्क रहने बजार क्षेत्रको उपयुक्त स्थानमा डिजिटल सूचना पाटी राख्ने निर्णय गरियो |
निर्णय नं. ७
घोराही उपमहानगरपालिकाबाट संचालन हुने कामकारवाहीहरुलाई आम नगरवासीहरुमा सुसूचित गर्ने र काम कारवाहीसंग सम्वन्धित नगरवासीको सल्लाह, सुझाव र गुनासोहरुलाई सम्बोधन गर्न उपमहानगरपालिका भित्र एक टोल फ्री नं. राख्ने निर्णय गरियो |
निर्णय नं. ८
आ.व.२०७४/०७५ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार घोराही उपमहानगरपालिकाको पशु सेवा शाखाबाट लागत साझेदारीमा तपशील अनुसारको कार्यक्रम संचालन गर्न मिति २०७४/०९/०४ गते पत्रिकामा प्रकाशित प्रस्ताव आह्वान बमोजिम पर्न आएका प्रस्तावहरुको स्थलगत अनुगमन गरी छनौट गर्न तपशील अनुसार छनौट समिति गठन गर्ने निर्णय गरियो |
आर्थिक विकास समितिको संयोजक -संयोजक
सामाजिक विकास समितिको संयोजक - सदस्य
सार्वजनिक सेवा तथा क्षमता विकास समितिको संयोजक - सदस्य
पूर्वाधार विकास समितिको संयोजक - सदस्य
विधयक समितिको संयोजक - सदस्य
वातावरण तथा विपद व्यवस्थापन समिति - सदस्य
निर्णय नं. ९.
आगामी २०७४ साल माघ १५ गते नगरपालिकाको स्थापना दिवसको अवसरमा तपशील अनुसारका कार्यक्रम गरि स्थापना दिवसलाई भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरियो |
तपशील:
- ५ नं. प्रदेश सभासद अमर बहादुर डाँगीज्यूलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गर्ने
- १०० वर्ष नाघेका ज्येष्ठ नागरिकहरुलाई एक-एक वटा दोसल्ला र हर्लिक्स प्रदान गर्ने
- वातावरणमैत्री उत्कृष्ट टोल विकास संस्थालाई सम्मान गर्ने
- एस.इ.इ. परिक्षामा सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक प्राप्त गरेका एक एक जना छात्र/छात्रा र एक-एक जना दलित छात्र छात्रालाई सम्मान गर्ने
- खेलकुदको क्षेत्रमा राष्ट्रिय / अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण भूमिका खेलेका नगरवासी खेलाडीलाई सम्मान गर्ने
- विभिन्न व्यावसायिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका नगरवासी करदाताललाई सम्मान गर्ने ,
- पुर्व नगर प्रमुख / उपप्रमुखलाई सम्मान गर्ने,
- सेवा निवृत्त कार्यकारीलाई सम्मान गर्ने
- विकास मुलक/ खोजमुलक पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने पत्रकारलाई सम्मान गर्ने
उपर्युक्त कार्यका लागि सम्वन्धित महाशाखा र शाखा प्रमूखलाई जिम्मेवारी दिने |