FAQs Complain Problems

बैठक नं. २४(२०७४।१२।०१)

प्रस्ताव (२०७४/१२/०१, बैठक नं. २४)

  1. विद्यालयको नाम परिवर्तन सम्वन्धमा
  2. आर्थिक सहयोग सम्वन्धमा
  3. विशेषज्ञ सेवा लिने सम्वन्धमा
  4. ठेक्का सम्झौता सम्वन्धमा
  5. केरा पकाउने चेम्बर मेसिन अनुदान सम्वन्धमा
  6. नगर हरियाली प्रवर्द्धन कार्यक्रम सम्वन्धमा
  7. ल्याण्डफिल साइट व्यवस्थापन कार्यक्रम सम्वन्धमा
  8. बजेट रकमान्तरण सम्वन्धमा
  9.  भुक्तानी सम्वन्धमा
  10. नगर सभा मिति तोक्ने सम्वन्धमा 
  11. संस्थागत र सामुदायिक विद्यालयमा कक्षा थप र तह थप सम्वन्धमा
  12. योजना अनुगमन तथा जाँचपास फरफारक समिति सम्वन्धमा
  13. सार्वजनिक जग्गा संरक्षण सम्वन्धमा

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

निर्णय नं. १:

मध्य पश्चिम क्षेत्रिय प्रहरी आवासीय माध्यामिक विद्यालय, गुलरिया दाङको च.नं. ४१४, मिति २०७४/११/२१ को पत्रानुसार विद्यालयको नाम परिवर्तन गरिदिनु हुन भनि प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौँको च.नं. ३३०, मिति२०७४/१०/१८ को पत्रसाथ विद्यालयको नाम परिवर्तन भएको निर्णय समेत पेश हुन आएको हुँदा उपर्युक्त विद्यालयको नाम नेपाल पुलिस स्कूल, घोराही दाङ रहने गरी नाम परिवर्तनका लागि स्वीकृति दिने निर्णय गरियो |

 

निर्णय नं. २:

यस घोराही उपमहानगरपालिकामा तपशील अनुसारका संस्थाहरुले तपशील अनुसारका कामका लागि आर्थिक सहयोग उपलब्ध गराई पाउँ भनि प्रस्ताव सहित संस्थाको पत्र प्राप्त हुन आएको हुँदा निम्न अनुसार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरियो |

 

  •  

 

  1.  

च.नं., मिति

सहयोग माग गर्नेसंस्थाको नाम

कामको विवरण

निर्णय भएको रकम रु

  1.  

च.नं. २०३/२०१८, २०७४/११/२३

त्रिभुवन नगर जेसीज

जेसीज कप क्लब स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता- २०१८

  •  
  1.  

च.नं.७, २०७४/११/२८,

ज्येष्ठ नागरिक जिल्ला संघ

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको केन्द्रिय छैठौं महाधिवेशन

  •  
  1.  

च.नं.३०, २०७४/११/२८,

श्री जयशेर माध्यमिक विद्यालय रावत गाउँ

निर्वाचन क्षेत्र नं. २ स्तरीय १०औं राष्ट्रपति रनिंग शिल्ड खेलकुद प्रतियोगिता

  •  

 

निर्णय नं. ३:

स्थानीय तहलाई प्राप्त संवैधानिक एवं कानूनी अधिकारहरुलाई कार्यान्वयन गर्ने गरी यस घोराही उपमहानगरपालिकाको कानून निर्माणमा आवश्यक सहयोग गर्न पूर्व न्यायाधिश श्री नारायण प्रसाद धितालज्यूलाई विशेषज्ञको रुपमा नियुक्त गर्ने साथैउहाँलाई दिइने सुविधाका सम्वन्धमा दुई पक्षीय सम्झौता अनुसार सुविधा निर्धारण गर्ने निर्णय गरियो |

 

निर्णय नं.४:

घोराही उपमहानगरपालिकाको प्रथम नगर सभाबाट स्वीकृत भै आ.व. ०७४/०७५ मा संचालन/ निर्माण गरिने योजनाहरु यस कार्यालयबाट विभिन्नमितिमा प्रकाशित सूचनाबाट शिलबन्दी बोलपत्र आह्वान गरिए बमोजिम रितपूर्वक पेश हुन आएका शिलबन्दी बोलपत्रहरु सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ बमोजिम सम्पूर्ण प्रकिया पूरा गरी अनिवार्य शर्त पुरा गरेका बोलपत्रहरुको तालिका सहित बोलपत्र मूल्यांकन समितिबाट सिफारिस भै पेश हुँदा बोलपत्र सूचनामा माग गरिएका सबै कागजातहरु पेश गरेका फर्महरू मध्यहरुबाट न्युनतम कबोल अंक पेश गर्ने तपशील अनुसारका फर्महरुको बोलपत्र स्वीकृत गर्ने निर्णय गरियो |

 

निर्णय नं. ५:

घोराही उपमहानगरपालिका कृषि शाखाबाट संचालन गरिने वार्षिक कार्यक्रम अनुसार केरा पकाउने चेम्बर मेसिन खरिद तथा संचालनको लागि रु १०,००,०००|०० (अक्षरुपि दस लाख मात्र ) अनुदान दिने कार्यक्रम रहेकोमा उक्त कार्यक्रमका लागि घोराही उपमहानगरपालिका वडा नं.१४ स्थित भरत फ्रुट्स सेन्टरबाट आयोजनाको कुल लागत रु ५०,५२,२४५|०० (अक्षरुपि पचास लाख बाउन्न हजार दुई सय पैतालिस मात्र) को प्रस्ताव पेश हुन आएको र उक्त मेसिन खरिद गरी कार्य सम्पन्न भैसंचालनमा समेत ल्याई सकेको हुँदा भरत फ्रुट्स सेन्टरलाई रु १००००००|०० (अक्षरुपि दस लाख मात्र ) अनुदान उपलब्ध गराउने निर्णय गरियो |

 

निर्णय नं. ६:

घोराही उपमहानगरपालिका दाङको प्रथम नगर सभाबाट पारित बजेट तथा कार्यक्रममा स्वीकृत नगरस्तरीय वातावरण संरक्षण, जलवायु परिवर्तन ४०३० सि.नं. ३ को नगर हरियाली प्रवर्द्धन कार्यक्रमको बजेट तपशील अनुसारका आयोजनामा बिनियोजन गरी संचालन गर्ने निर्णय गरियो |

  •  
  1.  

आयोजनाको नाम

बिनियोजित रकम

कार्यक्रम संचालन हुने स्थान

४०३० (३)

नगर हरियाली प्रवर्द्धन कार्यक्रम

  •  
  • कटुवा खोला देखि गुमराह चोक हुँदै तुलसीपुर चोक सम्म वृक्षारोपण तथा बाटो सजावट

 

  •  
  •  

 

 

निर्णय नं. ७:

घोराही उपमहानगरपालिका दाङको प्रथम नगर सभाबाट पारित बजेट तथा कार्यक्रममा स्वीकृत नगरस्तरीय फोहरमैला व्यवस्थापन ४०४०, सि.नं. २ ल्याण्डफिल साइट व्यवस्थापनको बजेट तपशील अनुसारका आयोजनाहरुमा बिनियोजन गरी संचालन गर्ने निर्णय गरियो |

  •  
  1.  

आयोजनाको नाम

  •  

संचालन हुने कार्यक्रम

  •  

४०४० (२)

ल्याण्डफिल साइट व्यवस्थापन

  •  
  • कर्कट पाता खरिद
  •  
  • फोहर प्रशोधन गृह निर्माण
  •  
  • पार्क पिकनिक तारबार
  •  
  • बजेट रकमान्तरण
  •  

 

  •  
  •  
  •  
  •  

निर्णय नं. ८

घोराही उपमहानगरपालिका दाङको प्रथम नगर सभाबाट पारित बजेट तथा कार्यक्रममा स्वीकृत निम्नानुसार आयोजनाहरु मध्ये केही नेपाल सरकारको केन्द्रीय कार्यक्रममा समावेश भएको, केही विभिन्न प्राविधिक कारणले संचालन हुन नसक्ने देखिएको र देहायका शिर्षकमा बजेट न्यून भइ कार्य संचालनमा कठिनाई भएको हुँदा नगरसभाबाट अनुमोदन गर्ने गरी बजेट रकमान्तरण गर्ने निर्णय गरियो |

तपशील:                                      

नगर सभाबाट विनियोजित शिर्षक

रकमान्तर शिर्षक

ब.शि.नं

आयोजनाको नाम

रकम

बजेट शिर्षक

रकम

४०४०

(२)

ल्याण्डफिल्ड साइट व्यवस्थापन

६००००००|००

  • अतिथि सत्कार

२००००००|००

  • फर्निचर खरिद

३५०००००|००

  • सवारी इन्धन कर्मचारी

५०००००|००

 

जम्मा

६००००००|००

जम्मा       

६००००००|००

५०७०

अनुसन्धान तथा विकास

४००००००|००

  • मेशिनरी औजार तथा उपकरण

४००००००|००

 

जम्मा

४००००००|००

  •  

४००००००|००

६०१०

(२)

नगर कार्यपालिकाको बैठक नं. १६मा निर्णय नं. ६ मा उल्लेख वडा नं. १९ को वडा कार्यालयको भवन निर्माण

७२०००००|००

सवारी साधन खरिद

७२०००००|००

 

जम्मा

७२०००००|००

जम्मा

७२०००००|००

३०१०

(२२)

गुलेरिया पार्कदेखि खिरटिया हुँदै वडा नं.६वडा कार्यालयसम्म सडक पिच

५००००००|००

  • सडक बत्ती व्यवस्थापन

३५०००००|००

  • सभा संचालन खर्च

८०००००|००

  • भाडा

७०००००|००

 

जम्मा

५००००००|००

जम्मा

५००००००|००

३०१०

(३१)

वि.पि. मार्ग पलासे चोक देखि सिमलतारा अधुरो सडक पिच निर्माण

१९००००००|००

  • कर्मचारी तलब

९००००००|००

  • बैठक भत्ता

१००००००|००

  • विविध

१८०००००|००

  • कार्यालय संचालन

३००००००|००

  • छपाई

१५०००००|००

  • अन्य सेवा सुविधा

२००००००|००

 

 

 

  • कार्यक्रम भ्रमण खर्च कर्मचारी

७०००००|००

 

जम्मा

१९००००००|००

  •  

१९००००००|००

६०१०

(२)

नगर कार्यपालिकाको बैठक नं. १६मा निर्णय नं. ६ मा उल्लेख वडा नं. १ को वडा कार्यालयको भवन निर्माण वाल कम्पाउण्ड सहित

६३०००००|००

  • पोशाक

१५००००|००

  • सूचना प्रकाशन

३०००००|००

  • सवारी साधन मर्मत

१७०००००|००

  • सामाजिक परिक्षण

५००००|००

  • आर्थिक सहायता (औषधि उपचार)

४०००००|००

  • विभिन्न कार्यक्रम संचालन अनुदान (आर्थिक साहयता )

२४०००००|००

 

  • कार्यालय सा र फर्निचर मर्मत

३०००००|००

 

 

 

  • अवलोकन भ्रमण

१००००००|००

 

जम्मा

६३०००००|००

  •  

६३०००००|००

६०१०

(१)

जग्गा खरिद

१७५००००|००

  • आ.व. २०७३/०७४ को बाँकी भुक्तानी

१७५००००|००

 

जम्मा

१७५००००|००

  •  

१७५००००|००

 

कूल जम्मा

४९२५००००|००

कूल जम्मा

४९२५००००|००

निर्णय नं. ९:

यस घोराही उपमहानगरपालिकाको पहलमा बजार क्षेत्रमा छरिएर रहेका अटो व्यवसायी र मेकानिक सर्विसिंग सेन्टरबाट निस्कने धुवाँ, धुलो, आवाज र फोहरबाट बजार क्षेत्र प्रदूषित हुँदै गैरहेको अवस्थामा अटोभिलेज व्यवस्थापन गरि एकै स्थानमा एकत्रित गर्न आवश्यक भएकोले अटो व्यवसाय संचालनका लागि उपयुक्त जग्गा कपासी स्थित स्वर्गद्वारी आश्रमको नाममा दर्ताश्रेस्ता भएको साविक घोराही ७ क, कि नं. ३३६, ३३९ र ३४१ जम्मा ज. वि. २-७-७.५ को खोजी गरि स्वर्गद्वारी आश्रम, उपमहानगरपालिका र अटो व्यवसायी समिति बीच मिति २०७०/११/१४ मा अटो व्यवसायीले प्रति विगाहा २,४०,०००|०० का दरले भूबहाल जम्मा गर्ने र सोको बाँडफाँड तपशील बमोजिम गर्ने गरि त्रिपक्षीय सम्झौता भए अनुसार २०७१ साल असार १ गते देखि आ.व. २०७३/०७४ सम्मको भूबहाल रकम विभिन्न मितिमा गरि जम्मा रु. १३,४४,०००|०० नगरपालिकामा दाखिला भै आएकाले सो को बांडफांड सम्झौता अनुसार स्वर्गद्वारी आश्रमलाई रु. ७३०४२३|०१, घोराही उपमहानगरपालिकाले रु. ६१३५०६|२५ र अटो व्यवसायी समितिले पाउने रकम रु. ४०८,९४५.७४ देखिन्छ | अटो व्यवसायी समितिले पाउने रकममा हिसाव मिलान गर्ने गरी आश्रमलाई रकम उपलब्ध गराउन मिति २०७४/०६/२७ मा श्रीमान नगर प्रमूखज्यू उपस्थित बैठकबाट सहमति भए अनुसार आश्रमले प्राप्त गर्ने रु. ७,३०,४२३|०१ भूबहाल पाउनुपर्ने देखिएकाले उक्त रकम चालु खर्च शिर्षक अन्तर्गत अटो भिलेज/स्वर्गद्वारी आश्रण भूबहाल रकम फिर्ता खर्च शिर्षक कायम गरी भुक्तानी दिने निर्णय गरियो |

 

स्थानीय तह स्थापनाको सुरु वर्षमा (आ.व. २०७४/०७५ साउन ) नगर प्रमुख, उपप्रमुखको कार्यालय व्यवस्थापन, विभिन्न वडा कार्यालय स्थापना र विभिन्न महाशाखा / शाखाहरुमा आवश्यक सामग्री (फर्निचर तथा मेसनरी, औजार रउपकरण ) खरिद योजना अनुसार बोलपत्रको माध्यमबाट खरिद प्रक्रिया अपनाई खरिद गर्दा बढी समय लाग्ने भएकोले स्थानीय तहको समग्र व्यवस्थापनमा समस्या उत्पन्न भइ आ.व. ०७४/०७५ का सुरुका महिनाहरुमा दुई पक्षीय वार्ताद्वारा तत्काल सामान खरिद गर्नुपर्ने अवस्था सिर्जना भएको हुँदा तपशील अनुसारका फर्महरुबाट खरिद गरिएका सामानहरुको भुक्तानी गर्न प्रमूख प्रशासकीय अधिकृतलाई निर्देशन गर्ने निर्णय गरियो |

तपशील:

  1.  

फर्मको नाम

भुक्तानी दिनु पर्ने रकम

  •  

 

फर्निचर तर्फ

 

 

  1.  

प्रकृति फर्निचर उद्योग

  •  

 

  1.  

न्यु प्रकृति फर्निचर उद्योग

  •  

 

  1.  

मेघा डेकोर

  •  

 

  1.  

श्रेष्ठ फर्निचर उद्योग

  •  

 

  1.  

बेन्जर फर्निचर उद्योग

  •  

 

 

  •  
  •  

 

 

मेशिनरी औजार तथा उपकरण

 

 

  1.  

स्मार्ट इलेक्ट्रो

  •  

 

  1.  

गूगल ट्रेडर्स

  •  

 

  1.  

क्रेटीभ टेक्नो सोलुसन

  •  

 

  1.  

सुनिधि ट्रेडर्स

  •  

 

  1.  

ग्लोबल कप्यूटर र युभान सप्लायर्स

  •  

 

  1.  

आइकन कम्प्युटर्स

  •  

 

 

  •  
  •  

 

 

 

निर्णय नं. १०:

घोराही उपमहानगरपालिकाको दोश्रो (हिउँदे) नगर सभा आगामी २०७४ साल चैत्र ०९ गते गर्ने निर्णय गरियो |

निर्णय नं. ११:

यस घोराही उपमहानगरपालिका अन्तर्गत रहेका संस्थागत/सामुदायिक विद्यालयको अनुमति/स्वीकृति, कक्षा थप, तह थप सम्वन्धमा अनुगमन गरी निर्णय लिन तपशील अनुसारको अनुगमन समिति गठन गर्ने निर्णय गरियो |

तपशील :

नगर प्रमूख श्री नरुलाल चौधरी: संयोजक

सामाजिक विकास समितिको संयोजक : सदस्य

प्रमूख प्रशासकीय अधिकृत : सदस्य

वडाध्यक्ष - ५ : सदस्य

सम्वन्धित वडाको वडाध्यक्ष : सदस्य

शिक्षा शाखा प्रमूख : सदस्य सचिव

निर्णय नं. १२:

घोराही उपमहानगरपालिका नगर कार्यपालिकाको बैठक नं. १६, मिति २०७४।०९।१८ को निर्णय अनुसार पूर्वाधार विकास समितिका संयोजक श्री लछिन प्रसाद बुढाज्यूको संयोजकत्वमा योजना अनुगमन, जाँचपास तथा फरफारक समिति गठन गरिएको र उक्त समितिले मिति २०७४/११/३० सम्म जिम्मेवारीका साथ कार्य सम्पन्न गरेकोमा संयोजकज्यू लगायत समितिका सबै सदस्यहरु प्रति धन्यवाद ज्ञापन गर्दै समितिले मिति २०७४/११/३० सम्म गरेको अनुगमन जाँचपास तथा फरफारकको कार्यलाई अनुमोदन गर्ने र मिति २०७४/१२/०१ गते देखि यस घोराही उपमहानगरपालिकाका उपप्रमुख श्री सीता सिग्देल न्यौपानेज्यू संयोजक रहने गरी तपशील अनुसारको योजना अनुगमन, जाँचपास तथा फरफारक समिति गठन गर्ने निर्णय गरियो |

तपशील :

१. सीता सिग्देल न्यौपाने, उपप्रमूख : संयोजक

२.लछिन प्रसाद बुढा, पूर्वाधार विकास समितिको संयोजक : सदस्य

३. पशुपति चौधरी , कार्यपालिका सदस्य : सदस्य

४. सम्वन्धित वडाको वडाध्यक्ष : सदस्य

५. बिरबहादुर वली , प्राविधिक: सदस्य

६. शहरी पूर्वाधार विकास महाशाखा प्रमुख : सदस्य सचिव

निर्णय नं. १३:

यस घोराही उपमहानगरपालिका अन्तर्गत पर्ने सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गा हरु उपमहानगरपालिकाका सम्पत्ति हुन् | उपमहानगरपालिका क्षेत्र भित्र भवन, पार्क, ड्याम, खेलकुद लगायतका पूर्वाधार निर्माण गर्न यस प्रकृतिका जग्गाहरुको महत्वपूर्ण भूमिका रहन्छ | सरकारी सार्वजनिक जग्गाको बढ्दो अतिक्रमणले सफा स्वच्छ सुन्दर सहर निर्माण गर्ने उपमहानगरपालिकाको अभियानमा चूनौती खडा भएको हुँदा सरकारी सार्वजनिक जग्गाको अतिक्रमण रोकी संरक्षण सम्वर्धन गर्न वडा कार्यालयहरुलाई पत्राचार गर्ने निर्णय गरियो |