FAQs Complain Problems

बैठक नं. २५ (२०७४/१२/०६)

प्रस्ताव (बैठक नं. २५, मिति २०७४/१२/०६)

  1. ऐन कानून निर्माण सम्वन्धमा
  2. नदिजन्य पदार्थ सम्वन्धमा
  3. स्थानीय राजपत्र प्रकाशन सम्वन्धि कार्यविधि, २०७४ पारित सम्वन्धमा
  4. नगर सभा सम्वन्धमा

 

निर्णय नं. १:

कानून मस्यौदा निर्माण समितिबाट पेश भएका तपशील अनुसारका ऐन / कानून कार्यविधि छलफलका लागि कार्यपालिका बैठकमा पेश भयो |

तपशील:

  1. शिक्षा नियमावली -२०७४
  2. शिक्षा ऐन-२०७४
  3. एफ.एम.रेडियो (संचालन तथा व्यवस्थापन ) कार्यविधि -२०७४
  4. आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानून - २०७४
  5. कृषि व्यवसाय प्रवर्धन ऐन-२०७४
  6. सहकारी ऐन-२०७४
  7. न्यायिक समिति (कार्यविधि सम्वन्धि) ऐन -२०७४

 

उपर्युक्त मस्यौदा समितिबाट पेश भएको कानूनहरु संशोधन/परिमार्जन सहित पारित गर्ने गरी आगामी कार्यपालिका बैठकमा पेश गर्ने निर्णय गरियो |

 

निर्णय नं. २:

नगरकार्यपालिकाको बैठक नं. २३ मिति २०७४/११/१६ को निर्णयानुसार नदिजन्य पदार्थको पहिचान तथा व्यवस्थापन गर्न बनेको समितिबाट पेश भएको प्रतिवेदनमाथि छलफल गरियो | समितिले पेश गरेको प्रतिवेदन तपशील अनुसार संसोधन/ परिमार्जन गरि पारित गर्ने निर्णय गरियो |

 

 

निर्णय नं. ३ :

कानून मस्यौदा निर्माण समितिबाट पेश भएको स्थानीय राजपत्र प्रकाशन सम्वन्धि कार्यविधि-२०७४ पारित गर्ने निर्णय गरियो |

निर्णय नं. ४:

घोराही उपमहानगरपालिकाको दोश्रो (हिउँदे) नगर सभा आगामी २०७४ साल चैत्र ०९ गते गर्ने मिति २०७४/१२/०१ को कार्यपालिका बैठकको निर्णय स्थगित गरि २०७४ साल चैत १० गते गर्ने निर्णय गरियो |