FAQs Complain Problems

बैठक नं. ४२ (२०७५/०८/१३)

प्रस्तावः कार्यपालिका बैठक नं. 42 (मिति 2075/08/13 गते विहिवार)

  1. शोक प्रस्ताव पारित सम्बन्धमा,
  2. सार्वजनिक विदा घोषणा सम्बन्धमा,

 

निर्णयहरु

निर्णय नं. 1

  1. घोराही  उपमहानगरपालिकाको नगरकार्यपालिकाले यस उपमहानगरपालिकाका कार्यपालिकाका सदस्य तथा वडा नं. 16 का वडा अध्यक्ष श्री लछिन प्रसाद बुढाज्यूको दुःखद निधन प्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै 1 मिनेट मौनधारण गरियो।   
  2. घोराही उपमहागरपालिका कार्यपालिका सदस्य तथा वडा नं. 16 का वडा अध्यक्ष श्री लछिन प्रसाद बुढाज्यूको मिति 2075/08/13 गते भएको दु:खद निधनले हामी अत्यन्त मर्माहत एवं स्तब्ध भएका छौं।उहाँको निधनले यस उपमहानगरपालिकाको अपूरणिय क्षति भएको छ। दिवंगत वडा अध्यक्ष श्री लछिन प्रसाद बुढा प्रति घोराही उपमहानगरपालिका नगरकार्यपालिकाको तर्फबाट भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारजन प्रति हार्दिक संवेदना व्यक्त गर्ने निर्णय गरियो।
  3. घोराही उपमहानगरपालिकाको नगरकार्यपालिकाको कार्यालयमा 13 दिनसम्म वडा नं. 16 का वडा अध्यक्ष श्री लछिन प्रसाद बुढाज्यूको फोटो र शोक पुस्तिका राख्ने निर्णय गरियो।

निर्णय नं. 2

घोराही उपमहानगरपालिकाका कार्यपालिका सदस्य तथा वडा नं. 16 का वडा अध्यक्ष श्री लछिन प्रसाद बुढाज्यूको निधन भएकोमा घोराही उपमहानगरपालिकाको कार्यपालिका अन्तर्गतका सम्पूर्ण प्रशासनिक कार्यालयहरुमा 1 दिने सार्वजनिक विदा गर्ने निर्णय गरियो।