FAQs Complain Problems

सूचना

Pages

बैठक नं. ४३(२०७५।०९।०२)

प्रस्तावः कार्यपालिका बैठक नं. ४३ ( मिति 2075/09/2 गते सोमवार)

  1. कर्मचारी समायोजन सम्बन्धमा,
  2. कार्यविधि पारित सम्बन्धमा,
  3. आर्थिक सहयोग सम्बन्धमा,
  4. कवाड सामाग्री लिलाम विक्रि सम्बन्धमा,
  5. लागत सहभागीता योजना सम्बन्धमा,
  6. विविध।

निर्णयहरु                           

निर्णय नं. 1

यस घोराही उपमहानगरपालिकाबाट स्थायी नियुक्ति पाई स्थानीय सरकार सञ्चालन ऐन, 2074 बमोजिम  यस उपमहानगरपालिकामा समायोजन भएका सम्पूर्ण कर्मचारीहरुलाई नेपाल सरकारको कर्मचारी समायोजन सम्बन्धी अध्यादेश, 2075 को दफा 6 को उपदफा (4) बमोजिम समायोजन भएको पत्र दिई सो को जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने निर्णय गरियो।

निर्णय नं. 2

यस घोराही उपमहानगरपालिकाको तपशिलका शाखाहरुबाट पेश भएका तपशिल बमोजिमका कार्यविधि र निर्देशिका छलफल गरियो। उक्त शाखाहरुबाट पेश भएका कार्यविधि र निर्देशिका पारित गर्ने निर्णय गरियो।

तपशिल

क्र.सं.

कार्यविधि/निर्देशिका नाम

पेश गर्ने शाखा

1.

घोराही उपमहानगरपालिकाको बजार अनुगमन निर्देशिका, 2075

उपभोक्ता हित संरक्षण शाखा

2.

नगरस्तरीय पर्यटन तथा संस्कृति प्रवर्द्धन समिति गठन तथा कार्य संचालन कार्यविधि, 2075

पर्यटन तथा संस्कृति प्रवर्द्धन शाखा

3.

घोराही उपमहानरपालिका अन्तर्गत अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि, 2075

महिला, बालबालिका,ज्येष्ठ  नागरिक तथा सामाजिक विकास शाखा

 

निर्णय नं. 3

यस घोराही उपमहानगरपालिकाको कार्यालयमा आर्थिक सहयोग पाउँ भनी पर्न आएका निवेदनका सम्बन्धमा तपशिल बमोजिमका व्यक्ति तथा संस्थालाई तपशिल बमोजिमको आर्थिक सहायता रकम उपलब्ध गराउने निर्णय गरियो।

 

तपशिल

  1.  नवलपुर युवा क्लव घोराही उपमहानगरपालिका 18 नवलपुर, दाङ को च.नं. 131 र मिति 2075/08/12 गतेको पत्रानुसार  नवलपुर कप-2075 प्रतियोगिता संचालन गर्न रु.10,000।- (दश हजार मात्र) दिने,
  2. दाङ खेलकूद विकास समिति बेलझुण्डी, दाङको च.नं. 60 र  मिति 2075/08/26 गतेको पत्रानुसार पाचौँ नेकोस अन्तराष्ट्रिय जुडो प्रतियोगिता 2075, दोस्रो राष्ट्रिय पारा जुडो राष्ट्रिय भेट्रान्स जुडो प्रतियोगिता 2075, राष्ट्रिय रेफ्रि सेमिनार तथा परिक्षा र राष्ट्रिय IBSA  रेफ्रि प्रशिक्षक गरी जम्मा 14 जना खेलाडि सहभागि गराउनलाई आर्थिक सहयोग माग गरेकोले रु. 10,000।- (दश हजार मात्र) दिने,
  3. घोराही उपमहानगरपालिका वडा नं. 17 को च.नं. 1502 र मिति 2075/08/24 गतेको सिफारिश पत्रानुसार दुर्गा देवी भगवती मन्दिर निर्माण समितिलाई मन्दिर स्थापन गर्नको लागि रु. 50,000।- (पचास हजार मात्र) सहयोग गर्ने,
  4. घोराही उपमहानगरपालिका वडा नं. 16 मा यस घोराही उपमहानगरपालिकाले बनाएको कृतिम ताल (गंगटे ताल) मा मिति 2075/07/03 गते नुहाउँन गएको बेला डुबेर श्री लाल बहादुर डाँगीको मृत्यु भएको हुँदा निजको परिवारलाई क्रिया खर्च तथा क्षेतीपुर्ति वाफत रु. 25,000।- (पच्चीस हजार) सहयोग गर्ने,
  5. घोराही उपमहानगरपालिका वडा नं. 03 को च.नं. 519 र मिति 2075/08/03 गतेको सिफारिश पत्रानुसार मिति 2075/06/21 गते घोराही बजारमा दुर्घटना हुँदा श्री तिला देबी दमाई शरीरमा सरिया गोविन गई गम्भीर घाइते भएको र उपचारको लागि निजको आर्थिक स्थिति निकै कमजोर भएकोले रु. 25,000।- (पच्चीस हजार मात्र) सयोग गर्ने,
  6. अखिल नेपाल महिला संघ जिल्ला समिति, दाङ, देउखुरी को मिति 2075/08/16 गतेको पत्रानुसार महिला हिंसा तथा उत्पिडनका विरुद्ध चौँथो जिल्ला सम्मेलन गर्नको लागि रु.10,000।- (दश हजार मात्र) दिने।

निर्णय नं. 4

  1. घोराही उपमहानगरपालिका वडा नं. 17 को च.नं. 1082 र मिति 2075/07/12 गतेको पत्रानुसार घोराही उपमहानगरपालिका वडा नं. 17 चौघेरामा रहेको साझा मिलका कवाड सामाग्रीहरु कानूनी प्रक्रिया अनुसार लिलाम विक्रि गर्न पहल गर्ने निर्णय गरियो।
  2. घोराही उपमहानगरपालिका नगरकार्यपालिकाको कार्यालय क्षेत्र भित्र रहेका कवाड सामाग्रीहरुलाई प्रचलित ऐन नियमको परिधि भित्र रहेर लिलाम विक्रि गर्ने निर्णय गरियो।

निर्णय नं. 5

  1. यस घोराही उपमहानगरपालिकाको तेश्रो नगरसभाबाट पूर्वाधार विकास अन्तर्गत सि.नं. 6 पेज नं. 61 मा लागत सहभागीता तथा पिच सडक निर्माण कार्यमा 6,50,00,000।- स्वीकृत भएको छ। उक्त बजेटबाट 2075/06/08 गते स्वीकृत भएका आयोजनाहरुबाट लागत सहभागीता रकम मिति 2075/07/27 गते सम्म जम्मा गरी सक्नु पर्नेमा तपशिल बमोजिमका आयोजनामा लागत सहभागीता रकम हालसम्म जम्मा नभएकोले र काम गर्न ढिलाई समेत भएको कारण तथा शिघ्र निर्माणकार्य अगाडी बढाउन स्वीकृत आयोजना परिवर्तन गरी कार्यान्वयन गर्ने निर्णय गरियो।

 

 

 

 

 

 

तपशिल

सि.नं.

वडा नं.

  •  
  •  

 परिवर्तित योजना

वडा नं.

  •  
 
  1.  
  1.  

शुभलक्ष्मी टोल अन्तर्गत गुरुवागाउँ धारपानी जाने सडक बोरिङ्गसम्म पिच

20,00,000।-

  1. नवयुग टोल विकास संस्थान अन्तर्गत वि.पी. मार्ग सुर्के डाँगीको प्रतिक्षालयदेखि बबई खोला सम्म कालोपत्रे

 

  1. एकान्त टोल विकास संस्थामा सडक पिच

 

 

  1. उद्योग बाणिज्य संघ टोल अन्तर्गत डोक्रेना चोकदेखि उत्तर बिरबहादुर रावतको घर हुँदै उद्योग बानिज्य संघ नारायणपुरको बाटोमा सडक पिच

 

 

 

  1.  

20,00,000।-

 
  1.  
  1.  

प्रतिभा टोल अन्तर्गत गुडुवा गाउँको ठुलि कुवादेखि बसन्त राज अधिकारीको घर सम्म सडक पिच

20,00,000।-

 

15

10,00,000।-

 

10

10,00,000-

 

 

  1. 5 नं. प्रदेश सरकारको शर्सत अनुदान अन्तर्गत  खेलकूद विकास शिर्षकमा रु. 1,33,00,000।- यस घोराही उपमहानगरपालिकाको लागि विनियोजन गरेकोले उक्त रकम तपशिलका वडामा तपशिल अनुसारका खेलकूद मैदान निर्माण तथा संरक्षण गर्ने योजना संचालन गर्ने निर्णय गरियो।
  2.  
  1.  

खेलकूद मैदानको नाम

वडा नं.

रकम रु.

  1.  

गुलरिया क्रिकेट मैदान निर्माण

  1.  
  1.  
  1.  

भरतपुर फुटबल मैदान निर्माण तथा संरक्षण

  1.  
  1.  
  1.  

रमाना खेलकूद मैदान निर्माण

  1.  
  1.  
  1.  

लामिडाँडा खेलकूद मैदान निर्माण

  1.  
  1.  
  1.  

नवलपुर खेलकूद मैदान निर्माण

  1.  
  1.  
  1.  

नारायणपुर खेलकूद मैदान संरक्षण

  1.  
  1.  
  1.  

तुरुन्तपुर खेलकूद मैदान संरक्षण तथा निर्माण

  1.  
  1.  
  1.  

सिमलतारा खेलकूद मैदान निर्माण

  1.  
  1.  
  1.  

मुकुन्डाँडा खेलकूद मैदान निर्माण

  1.  
  1.  
  1.  

थाक्ले डाँडामा खेलकूद मैदान निर्माण

  1.  
  1.  

निर्णय नं. 6

  1.  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा रहेका संस्थागत परिवार नियोजन क्लिनिक, डट्स क्लिनिक, ओ.सि.एम.सि. र पोषण पुनर्स्थापना केन्द्र जस्ता कार्यक्रमहरुलाई प्रतिष्ठानका पदाधिकारीहरुसँग परामर्श गरी आवश्यक व्यवस्था मिलाउने निर्णय गरियो।
  2. मिति 2075/06/26 गते घोराही उपमहानगरपालिकाको नगरस्तरीय पर्यटन तथा संस्कृति प्रवर्द्धन समितिको गठन तथा अभिमुखीकरण सम्बन्धी कार्यक्रमको बैठकले सिफारिश गरेको पर्यटन तथा संस्कृति प्रवर्द्धन समितिको संगठन स्वरुप अनुमोदन गर्ने निर्णय गरियो।
  3. घोराही उपमहानगरपालिकाको सरसफाई, वातावरण तथा विपद् व्यवस्थापन समितिले हालसम्म गरेका तपशिल अनुसारका निर्णय अनुमोदन गर्ने निर्णय गरियो।

तपशिल

  • यस घोराही उपमहानगरपालिकामा दैनिक फोहोरमैला व्यवस्थापन कार्यमा खटिने कर्मचारीबाट बेवारिसे लासहरु गाड्ने कार्य गरे बापत रु. 1,000।- दिइदै आएको र सेफ्टि ट्याकी सफा गरे बापत प्रति ट्रिप रु 120।- एवं चालकलाई रु. 80।- दिइदै आएकोमा क्रमशः रु.1500।-, रु. 200।- र रु 100।- कायम गर्ने,
  • यस उपमहानगरपालिका क्षेत्र भित्रमा आगलागि र बाढि पहिरोबाट क्षति भएका घर परिवारहरुलाई सम्बन्धित वडाले मिति 2075/06/04 देखि मिति 2075/08/18 गते सम्म क्षतिपूर्तिका लागि सिफारिस गरेका 9 घरपरिवारलाई जम्मा रु. 43,000।- रकम सम्बन्धित वडाको विपद् व्यवस्थापन कोषबाट भुक्तानी भै सकेको हुँदा उक्त खर्च रकमलाई समर्थन सहित अनुमोदन गर्ने,