FAQs Complain Problems

बैठक नं. ५१(२०७५।१२।११)

प्रस्ताव: (कार्यपालिका बैठक नं. ५१, मिति २०७५/१२/११)

१)जग्गा निर्धारण सम्वन्धमा |

२)जिल्ला बास्केटबल कोर्ट मर्मत सहयोग सम्वन्धमा |

३)गरिबसँग विशेश्वर कार्यक्रम सम्वन्धमा |

४)रोलिङ गर्न सहयोग सम्वन्धमा |

५)जग्गा भोग चलन व्यवस्थापन सम्वन्धमा |

६)घोडाको प्रतिमा निर्माण सम्वन्धमा |

७)जग्गा उपयोगिता विश्लेषण प्राविधिक समितिको संयोजक परिवर्तन गर्ने सम्वन्धमा |

८)वडास्तरीय गौशाला निर्माण गर्ने सम्वन्धमा |

९)छुटकित्ता दर्ता सम्वन्धमा |

१०)जग्गा उपलब्ध गराउने सम्वन्धमा |

११)बहुबर्षीय योजना सम्वन्धमा |

१२)योजना संसोधन सम्वन्धमा |

१३) वडा नं. १९ स्वास्थ्य चौकी र विद्यालय भवन सम्वन्धमा |

१४) रङ्गशाला निर्माण सम्वन्धमा |

१५) विविध सम्वन्धमा |

 

निर्णय नं.१:

घोराही उपमहानगरपालिका १३ नं. वडा कार्यालयको भवन निर्माण गर्न १३ को वडा कार्यालयबाट च.नं. १९३२ मिति २०७५/११/२१ को पत्रानुसार निम्नानुसारको जग्गा प्रस्ताव भइ आएकोले जिल्ला वन कार्यालयमा समन्वय गरि आवश्यक प्रक्रिया पुरा गर्ने निर्णय गरियो |

तपशिल :

क्र.स.

चार किल्ला

जम्मा जग्गा क्षेत्रफल विगाहमा

कैफियत

पुर्व- नरेश हमालको जग्गा देखि पश्चिम

 

 

पश्चिम-ज्यामिरेदह सामुदायिक वन उपभोक्ता समितिको भवन

 

 

उत्तरमा – वराहक्षेत्र विद्यालय जाने बाटो

 

 

दक्षिणमा- हापुर जाने बाटो

 

 

 

 

६-०-०

 

 

 

निर्णय नं. २ :

जिल्ला बास्केटबल एशोसियनबाट मिति २०७५/१२/८ को पत्रानुसार वडा नं. १८ स्थित नवलपुरको बास्केटबल कोर्ट ब्लक राख्ने र कोर्ट मर्मत गर्न प्राविधिक लगत इस्टिमेट गरि कन्टेनजेन्सी रकमबाट रु ३०००००|०० (अक्षरुपि तीन लाख मात्र) आर्थिक व्यवस्थापन गर्ने निर्णय गरियो |

 

निर्णय नं. ३ :

चालु आ.व. २०७५/०७६ का लागि गरिब संग विशेश्वर कार्यक्रम अन्तर्गत सामाजिक परिचालकले प्रस्तावित गरेका कार्यक्रम सम्वन्धित (५,१३ र १८) वडामा समन्वय गरि आवश्यकतानुसार कार्यक्रम संचालन गर्ने निर्णय गरियो |

 

निर्णय नं. ४ :

घोराही उपमहानगरपालिकाको वडा नं.१० अर्घु जानकी टोल विकास संस्थामा बाटो रोलिङ गर्न वडा नं. १० को च.नं. २८१६ मिति २०७५/११/२७ को प्राप्त पत्रानुसार सिफारिस भइ आए बमोजिम प्राविधिक लगत इस्टिमेट गरि आर्थिक व्यवस्थापन गर्ने निर्णय गरियो |

 

निर्णय नं. ५ :

घोराही उपमहानगरपालिका वडा नं. १६, नेपाल सरकारबाट उपमहानगरपालिकालाई भोगाधिकार प्राप्त सेनेटरी ल्याण्डफिल साइटको जग्गामा बसोबास गर्ने जुरुटटे टोल विकास संस्थाको बासिन्दाले जग्गा भोग चलन गर्न सम्वन्धित निकायमा सम्बोधन गरिदिन सिफारिस गरि पठाउने निर्णय गरियो |

 

 

 

 

 

 

निर्णय नं. ६ :

घोराही उपमहानगरपालिकाको ऐतिहासिक नाम झल्काउने घोराहीमा २ वटा घोडाको प्रतिमा निर्माण गर्न योजना शाखाबाट प्रस्तावित डिजाइन बमोजिम घोडाको प्रतिमा स्वीकृत गर्ने निर्णय गरियो |

 

निर्णय नं. ७ :

मिति २०७५/११/१७ गते घोराही उपमहानगरपालिकाको ४९औं कार्यपालिकाको बैठक बाट नापी अधिकृतको संयोजकत्वमा जग्गा उपयोगिता विश्लेषण प्राविधिक समिति गठन गरिएकोमा घोराही उपमहानगरपालिकाका नगर प्रमूख श्री नरुलाल चौधरीको संयोजकत्वमा उक्त गठित समितिका सदस्यहरु यथावत हुनेगरी समिति गठन गरियो | 

तपशिल

जग्गा उपयोगिता विश्लेषण प्राविधिक समिति

नगर प्रमुख श्री नरुलाल चौधरी                    संयोजक

प्रमुख नापी अधिकृत                                          सदस्य

कृषी विकास अधिकृत                                 सदस्य

वन अधिकृत                                  सदस्य

मालपोत अधिकृत                              सदस्य

शहरी विकासको प्राविधिक                        सदस्य

घोराही उपमहानगरपालिकाको ई. श्री रामधन श्रेष्ठ सदस्य सचिव

 

निर्णय नं.८ :

यस उपमहानगरपालिकाको सबै वडाहरुमा सार्वजनिक गाईको समस्या बढ्दै गएकोले विधायन समितिको संयोजकत्वमा सार्वजनिक गाई व्यवस्थापन कार्यविधि १ महिना भित्र निर्माण गर्ने निर्णय गरियो |

 

निर्णय नं. ९ :

यस घोराही उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुले चर्चेका जग्गाहरु विद्यालयको नाममा भए/नभएको एकिन गरि छुट भएका कित्ताको जग्गा दर्ता श्रेष्ता कायम गर्न सम्वन्धित निकायमा सिफारिस गर्ने निर्णय गरियो |

 

निर्णय नं. १० :

माहुरी पालन अध्ययन केन्द्र स्थापनाको लागि साबिक हापुर गा.वि.स. वडा नं. ४ कित्ता नं.३, ४ख घोराही उपमहानगरपालिका वडा नं. १२ को हापुर विजौरीमा, जग्गा उपलब्ध गराउने निर्णय गरियो |

 

निर्णय नं. ११ :

५ नं. प्रदेशको योजना चेपे ड्याम निर्माण कार्यलाई चालु वर्षमा निर्माण कार्य सम्पन्न हुने नदेखिएकोले सो योजना बहुबर्षीय योजनामा परिवर्तन गर्न अनुरोध गर्ने निर्णय गरियो |

 

निर्णय नं. १२ :

यस घोराही उपमहानगरपालिकाको आ.व. २०७५/०७६ को स्वीकृत तपशिल बमोजिमका योजना संसोधन गर्ने निर्णय गरियो |

तपशिल:

क्र.स.

स्वीकृत योजना

रकम

संसोधित योजना

संसोधित रकम

बाँकी रकम

नगरस्तरीय सि.नं. ४०२० को सि.नं. ५ वडा नं. १० अर्घुमा ड्याम

५१,००,०००|००

नगरस्तरीय सि.नं. ४०२० को सि.नं. ६ वडा नं.२ को बलामपुर कोलकवामा ड्याम निर्माण

१५०००००|००

३६,००,०००|००

वडास्तरीय सि.नं.३० को सि.नं. ८को घोराही -४ भकारे बामदेव गुरुङको घर देखि विपी रोड जोड्ने ७ मिटरको बाटो विस्तार

२०००००|००

घोराही-४ तल्लो भकारे देखि मा.वि. डाँडागाउँ जोड्ने बाटो अमारे सोता नियन्त्रणको लागि आर.सि.सि. वाल निर्माण

४०००००|०० ( वडा नं. ४, वडास्तरीय सि.नं.३० को सि. नं.२ २०००००|०० मा थप) 

 

 

 

 

निर्णय नं. १३ :

घोराही उपमहानगरपालिका वडा नं. १९ स्थित सैघामा रहेका तपशिल बमोजिमका सामुदायिक विद्यालय भवनको अभाव भएकोले र स्वास्थ्य सेवाको लागि वाह्य खोपकेन्द्र स्थापना गर्न जिल्ला समन्वय समिति मौज्दात कोष संचालन निर्देशिका २०७५को दफा ४ (१) बमोजिम योजना छनोटका लागि नक्सा ल.इ. सहित सिफारिस गरि पठाउने निर्णय गरियो |

तपशिल :

  1. श्री भगवती मा.वि. होडबाङमा फर्निचर, खानेपानी ट्यांकी, शौचालय सहित दुई कोठे भवन निर्माण
  2. श्री अन्तर्राष्ट्रिय युवा वर्ष मा.वि. मा फर्निचर सहित दुई कोठे भवन निर्माण |
  3. च्यानगैरा वाह्य खोपकेन्द्र

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

निर्णय नं. १४:

आ.व. २०७५/०७६ सामाजिक विकास, मन्त्रालय प्रदेश नं. ५, बुटवलबाट नेत्रलाल रङ्गशाला निर्माणका लागि बजेट विनियोजन भएको भनि पत्र प्राप्त भएको हुँदा उक्त रंगशाला निर्माणको लागि घोराही उपमहानगरपालिका वडा नं. १६ स्थित तेरौटेमा नेपाल सरकार भूमिसुधार व्यवस्था मन्त्रालयबाट मालपोत- सेवार वनगाउँ ७ ख को ज.वि. २८-१९-१० क्षेत्रफल भएको जग्गा मध्ये नगरपालिकाबाट वातावरणीय प्रा.वि. स्कुल तेरौटेलाई उपभोग गर्न दिएको करिब ज.वि. २-०-० र निर्माणधिन पिच सडक देखि पूर्व तर्फ स्थानीय व्यक्तिहरुले उपभोग गर्दै आइरहेको जग्गा करिव ज.वि. १-१०-० बाहेक बाँकी रहेको २५ विगाह ९ कठ्ठा १० धुर जग्गामा उक्त रङ्गशाला निर्माणको लागि सामाजिक विकास, मन्त्रालय प्रदेश नं. ५, बुटवलमा सिफारिस गर्ने निर्णय गरियो |

 

निर्णय नं. १५

विविध

१५.१) जिल्ला सहकारी संघ लि. दाङको च.नं. ३३ मिति २०७५/१२/०७ को पत्रानुसार २०७५ चैत्र २० गते ६२ औं राष्ट्रिय सहकारी दिवस मनाउन नगरस्तरीय सि.नं. १०४० को सि.नं.८ को राष्ट्रिय सहकारी दिवस कार्यक्रम शिर्षकमा विनियोजित रकम रु ५००००|०० (अक्षरुपि पंचास हजार मात्र) आर्थिक सहयोग गर्ने निर्णय गरियो |

 

१५.२) जिल्ला प्रहरी कार्यालय दाङमा पिउने पानीको लागि कुवा माग गरे बमोजिम प्राविधिक लगत इस्टिमेट गरि कन्टेनजेन्सी रकमबाट कुवा निर्माणको प्रक्रिया अगाडी बढाउने निर्णय गरियो |

 

१५.३) बाल विकास मा.वि.मा कक्षा कोठा नपुग भएकोले ठुलो भवनको छतमा ट्रस्ट राखी कक्षा कोठा व्यवस्थापन गर्न कन्टेनजेन्सी रकमबाट लगत इस्टिमेट गरि निर्माण प्रक्रिया अगाडी बढाउने निर्णय गरियो |

 

१५.४) यस घोराही उपमहानगरपालिका वडा नं. १३ को च.नं. १८६० को मिति २०७५/११/१२ को पत्रानुसार भयारथान टोल विकास संस्था अन्तर्गत निउरेखोलाको पुर्वतर्फ 'विभिन्न स्थानमा स्थानीय ग्रामिण सडक मर्मत' शिर्षकबाट जे.सि.वि. लगाई कटिंग तथा सडक लेभलिंग गर्ने निर्णय गरियो |

 

१५.५) घोराही उपमहानगरपालिका कार्यालयले तयार गरेको 'घ' वर्गको निर्माण व्यवसायी इजाजत पत्र सम्वन्धी कार्यविधि २०७५ बमोजिम सबै प्रक्रिया र कागजातहरु पुरा गरे नगरेको हेरी जमुना निर्माण सेवा प्रा.लि. घोराही उपमहानगरपालिका १७ का प्रोप्राइटर विमल के.सी.लाई 'घ' वर्गको निर्माण व्यवसायी इजाजतपत्र दिने निर्णय गरियो |

 

१५.६) यस घोराही उपमहानगरपालिकाको वडा नं. २ सुर्केडाँगी खानेपानी बोरिङको लागि डिपिआर (DPR) 'सम्भावित स्थानमा डिपिआर तयार गर्न प्राविधिक परामर्श' शिर्षकबाट रु २५००००|०० (अक्षरुपि दुई लाख पचास हजार मात्र) आर्थिक व्यस्थापन गर्ने निर्णय गरियो |

 

१५.७) घोराही उपमहानगरपालिका वडा नं. ९ को खैरा देखि भग्वार सम्म सडक मर्मतका लागि रु ५००००|०० (अक्षरुपि पचास हजार) 'विभिन्न स्थानमा स्थानीय ग्रामिण सडक मर्मत' शिर्षकबाट दिने निर्णय गरियो |

 

१५.८) गाउँ नगर साझेदारी विकास कोष (RUPP) को वस्तुस्थितिको प्रतिवेदन पेश गर्न सामाजिक तथा क्षमता विकास समितिका संयोजक श्री खोपिराम चौधरीज्युको संयोजकत्वमा निम्न बमोजिम ५ सदस्यीय समिति गठन गर्ने निर्णय गरियो |

 

तपशिल:

  1. खोपिराम चौधरी - संयोजक
  2. माया रावत - सदस्य
  3. लोकमणि शर्मा - सदस्य
  4. सुबोध रेग्मी - सदस्य
  5. प्रेम के.सी.- सदस्य सचिव

 

 

१५.९) घोराही उपमहानगरपालिका वडा नं. ४ च.नं.१८२६ मिति २०७५/१२/१० को पत्रानुसार ५ नं. प्रदेश स्तरीय थारु महुत्या नाचमा भाग लिने यस घोराही उपमहानगरपालिकाका वडा नं. ४ अन्तर्गतका थारु समुदायलाई रु १००००|०० (अक्षरुपि दस हजार मात्र) अन्य सहायता शिर्षकबाट सहयोग गर्ने निर्णय गरियो |