FAQs Complain Problems

(बैठक नं. ५५, मिति २०७६/०१/१२, बिहिबार )

प्रस्ताव (कार्यपालिका बैठक ५५,  मिति २०७६/०१/१२, बिहिबार)

  1. नगर विकास समितिको सदस्य चयन सम्वन्धमा
  2. योजना तथा बजेट तर्जुमा सम्वन्धमा
  3. महिला पुनर्स्थापना केन्द्रलाई अनुमति सम्वन्धमा
  4. रकमान्तरण सम्वन्धमा
  5. नदिजन्य पदार्थको आपूर्ति सम्वन्धमा
  6. रोजगार कार्यक्रमको स्थानीय निर्देशन समिति गठन सम्वन्धमा
  7. गंगा मा.वि. सम्वन्धमा
  8. घ वर्गको इजाजत पत्र सम्वन्धमा
  9. तराई मधेश कार्यक्रम सम्वन्धमा
  10. विविध

निर्णय नं. १ :

सघन सहरी तथा भवन निर्माण आयोजना दाङको च.नं.६२८ मिति २०७५/१२/२४ को पत्रानुसार नगर विकास ऐन २०४५ (संशोधन ऐन २०७५ ) को दफा ४ मा व्यवस्था भए अनुसार नगर कार्यपालिका तथा समाजसेवीहरु मध्येबाट तपशिल बमोजिमका पदाधिकारी तथा व्यक्तित्वहरुलाई नगर विकास समितिको सदस्यमा मनोनयन गर्ने निर्णय गरियो |

तपशिल:

  1. नगर कार्यपालिकाको ३ जना सदस्य : चित्र बहादुर डाँगी, वडा अध्यक्ष-१०

शक्तिराम डाँगी, वडा अध्यक्ष -१४

भरतमणि अर्याल, वडा अध्यक्ष -१८

  1. स्थानीय क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गरि आएका सोही क्षेत्रका समाजसेवीहरु मध्येबाट सम्बन्धित स्थानीय तहको कार्यपालिकाले मनोनित गरेका एक जना महिला सहित दुई जना सदस्य                                                                                                                                                 
  2. मा डि.सी., घोराही-१७   

मोहनराज आचार्य, घोराही-१०

निर्णय नं. २ :

आ.व. ०७६/०७७ को बजेट तर्जुमा गर्ने सम्वन्धमा केन्द्रबाट हाल सम्म प्राप्त सिलिंग र अन्तरिक आयका बारेमा जानकारी तथा छलफल गरियो | आगामी आ.व. ०७६/०७७ को बजेट तर्जुमाका लागि वडा समिति लगायत सबै समितिले बजेट छलफलमा व्यापक जनसहभागिता परिचालन गरि बजेट तर्जुमालाई अगाडि बढाउने निर्णय गरियो |

 

निर्णय नं. ३: 

महिला पुनर्स्थापना केन्द्र (ओरेक) को च.नं. ११९-०७५/०७६ मिति २०७५/०१/०१ को पत्रानुसार ओरेकले १२ बर्ष देखि दाङ जिल्लामा शाखा कार्यालय स्थापना गरि महिला हिंसा विरुद्धको अभियान, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको अभियान, मानव अधिकार र सामाजिक न्यायको अभियान गरि ३ वटा अभियान घोराही उपमहानगरपालिकामा संचालन गर्दै आएको र हाल घोराही वडा नं. २ रामपुर स्थित रामपुर स्वास्थ्य शहरी प्रवर्द्धन केन्द्रमा मनोबिमर्श केन्द्र संचालनको लागि वडा कार्यालय संग समन्वय गरि अप्रिल २०१९ देखि डिसेम्बर २०१९ सम्म उक्त योजना संचालन गर्न अनुमति माग भई आएकोले सो स्थानमा कार्यक्रम संचालन गर्न अनुमति दिने निर्णय गरियो |

 

 

निर्णय नं. ४:

यस घोराही उपमहानगरपालिकाको नगर सभाबाट स्वीकृत आ. व. २०७५/०७६को नगरस्तरीय  तपशिल अनुसारका कार्यक्रम संसोधन गर्ने निर्णय गरियो |

क्र.स.

स्वीकृत कार्यक्रम

बजेट

संसोधित कार्यक्रम

संसोधित बजेट

कै

  1.  

 नगरस्तरीय सि.नं. ५०३० सूचना प्रविधि सि.नं.३ घोराही उपमहानगरपालिकाको मोबाइल एप निर्माण

२०००००|००

१.१ सार्वजनिक सुनवाई

१.२ आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रत्यक्ष प्रसारण तथा हाइलाईटस कार्यक्रम प्रायोजन

४४,७२०|००

 

 

२५०००|००

 

बाँकी रकम : १३०२८०

२.

नगरस्तरीय सि.नं.१०३० पर्यटन सि. नं. १२ नेसनल ट्रेडिङबाट प्राप्त जग्गामा पिपिपिको अवधारणामा पार्क निर्माण (कार्यपालिका बैठक नं. ४७ मिति 2075/10/24 गते बिहीवार योजना संशोधन गरी बर्का नाचको लागि वृत्तचित्र तयार गर्ने)

१०००००|००

बर्का नाचको लागि आवश्यक सामग्री खरिद गर्ने

१०००००|००

 

३.

नगरस्तरीय सि.नं. २०६० सि.नं. ३० जनप्रतिनिधि, विषयगत निकायहरु वीच कार्यक्रम अवलोकन कार्यक्रम

१५००००|००

नगरस्तरीय सि.नं. २०६० सि.नं. ३० जनप्रतिनिधि, विषयगत निकायहरु वीच अवलोकन भ्रमण कार्यक्रम

१५००००|००

 

४.१ नगरस्तरीय  सि.नं. २०६० सि.नं. ४ बाल भेला

 

४.२ नगरस्तरीय सि.नं. २०६० सि. नं. १८ बाल संरक्षण तथा तथा बाल विवाह न्यूनीकरण सम्वन्धी अभिभावक र बालबालिकाहरुको लागि अभिमुखीकरण कार्यक्रम

४.३ नगरस्तरीय सि.नं.२०६० सि.नं. ३३ लैङ्गिक हिंसा प्रभावितलाई आश्रय स्थल (वडा नं. १०) मा संरक्षण

१५००००|००

 

 

1०००००|००

 

 

 

 

 

 

6००००|००

नगरस्तरीय सि.नं. २०६० सि.नं. ३० जनप्रतिनिधि, विषयगत निकायहरु वीच अवलोकन भ्रमण कार्यक्रम

४६००००|००

(माथि संशोधित सि.नं. ३ को १५००००|०० मा थप )

 

 

५.

नगरस्तरीय सि.नं. २०३० सि.नं.४ वडा नं. १५ भरतपुर खानेपानी टंकी

१००००००|००

डिप ट्युबवेल निर्माण

१००००००|००

 

 

यस घोराही उपमहानगरपालिकाको नगर सभाबाट स्वीकृत आ. व. २०७५/०७६को वडास्तरीय कार्यक्रम तपशिल अनुसार संशोधन गर्ने निर्णय गरियो |

क्र.स.

स्वीकृत कार्यक्रम

स्वीकृत बजेट

संशोधित कार्यक्रम

बजेट

१.

वडा नं. १३, सि.नं. २०६० सि.नं.३ दलित युवा युवतीलाई अटोमेकानिक

१५००००|००

टोल विकास संस्थाका अध्यक्ष र महिला स्वास्थ्य स्वयं सेविकालाई नेतृत्व तथा संस्थागत तालिम

१५००००|००

२.

वडा नं. १३, सि.नं. २०६० सि.नं.४ कलमघारी डिफेन्स डोजाङ क्लबको अधुरो भवन निरन्तरता

१०००००|००

कलमघारी डिफेन्स डोजाङ क्लबको फिल्ड निर्माण

१०००००|००

निर्णय नं. ५ :

जिल्ला समन्वय समिति दाङको च.नं. १५१४, मिति २०७६/०१/०२ को पत्रानुसार यस घोराही उपमहानगरपालिका अन्तर्गत खोलाहरुबाट नदिजन्य पदार्थ ( ढुंगा गिटी र बालुवा) आपूर्तिका लागि जेसिवी तथा भ्याकुलोडर प्रयोग गर्न रोक लगाइएको हुनाले यस आ.व. २०७५/०७६ को अन्त्य सम्म आउँदा नदिजन्य पदार्थको अभावले उपमहानगरपालिका अन्तर्गतका विकास निर्माण योजनाहरु प्रभावित भै तोकिएको समय सिमा भित्र ठेक्का वा उपभोक्ता समितिबाट निर्माण कार्य सम्पन्न हुन नसक्दा योजना अधुरो हुने र सरकारले तोकेको लक्ष पुरा नहुने अवस्था सिर्जना भएको छ | तसर्थ खोलाहरुबाट यस आ.व.मा जि.स.स.बाट स्वीकृत आई.इ.इ.को परिधि भित्र रहेर बाँकी रहेको परिमाणलाई मात्र ठेक्का भएको वा  ठेक्का नभएको खोलाहरुबाट सम्पूर्ण विकास निर्माण लगायत उपभोक्ताहरुलाई नदिजन्य पदार्थको आपूर्तिमा सहजता ल्याउन जि.स.स. लगायत अन्य सम्पूर्ण जिम्मेवार निकायहरुबाट अनुगमन गर्न उपमहानगरपालिकाले व्यवस्था मिलाउने प्रतिबद्धताका साथ जेसिबी र भ्याकुलोडर प्रयोग गरि नदि जन्य पदार्थ आपूर्तिका लागि सम्वन्धित निकायमा सिफारिस गर्ने निर्णय गरियो |

निर्णय नं.६:

 नेपाल सरकारबाट संचालित प्रधानमन्त्री रोजगार कार्यक्रम २०७५, अन्तर्गत रोजगारीको हक सम्वन्धी नियमावली २०७५ दफा १४ बमोजिम स्थानीय निर्देशन समिति गठन गर्ने व्यवस्था अनुसार घोराही उपमहानगरपालिकाको तपशिल बमोजिमको निर्देशन समिति गठन गर्ने निर्णय गरियो |

  1. नगर प्रमुख : नरुलाल चौधरी, अध्यक्ष
  2. उप प्रमुख : सीता सिग्देल न्यौपाने, सदस्य
  3. नगर प्रमुखले तोकेको २ जना सदस्य : केशवराज आचार्य, वडा अध्यक्ष -२
  4. बहादुर लामिछाने, वडा अध्यक्ष -११
  5. प्रमुख प्रशासकीय अधिकृत : ऋषिराम के.सी., सदस्य सचिव

निर्णय नं. ७:

यस घोराही उपमहानगरपालिका वडा नं. २  रामपुर स्थित गंगा माध्यमिक विद्यालयको च.नं.११२ मिति २०७६/०१/१२ को पत्रानुसार स्मार्ट विद्यालय बनाउनका लागि आवश्यक डेक्स, बेन्च, कुर्सि, टेबल, कम्प्युटर ल्याबको लागि काउन्टर, ग्रिल, कार्पेट, व्याट्री तथा सिसाको लागि प्राबिधिक इस्टिमेट अनुसार बजेट शिर्षक नं. २२५११ कर्मचारी तालिम खर्च शिर्षकबाट आर्थिक सहयोग गर्ने निर्णय गरियो |

निर्णय नं. ८ :

यस घोराही उपमहानगरपालिकाले बनाएको 'घ' वर्गको निर्माण व्यवसायी इजाजत पत्र सम्वन्धी कार्यविधि, २०७५ बमोजिम सबै प्रक्रिया र कागजातहरु पुरा गरे नगरेको हेरी वडा नं. ४, सुनपुर दाङको सु-संगीत कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.का प्रो. लेख बहादुर के.सी.लाई 'घ' वर्गको निर्माण व्यवसायी इजाजत पत्र दिने निर्णय गरियो |

निर्णय नं.९:

यस घोराही उपमहानगरपालिकाको तराई-मधेश समृद्धि कार्यक्रम अन्तर्गत तराई-मधेश समृद्धि कार्यक्रम संचालन कार्यविधि, २०७५को क्षेत्राधिकार भित्र रही आयोजना तथा कार्यक्रम र समपुरक कार्यक्रम अन्तर्गत संचालन हुने योजना तथा कार्यक्रम माग गर्न नगर प्रमुख उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विषयगत समितिका संयोजकज्यूहरुलाई जिम्मेवारी दिने निर्णय गरियो |

निर्णय नं. १०:

विविध

१०.१ यस घोराही उपमहानगरपालिका वडा नं. १८ च.नं. २४९२ मिति २०७६/०१/१२ को पत्रानुसार तरकारी बजार व्यवस्थापनको लागि जग्गा आवश्यक परेको हुँदा  अम्बापुर जग्गा एकीकरण चौतारी नजिक र प्राविधिक कारणले जग्गा अपुग भएमा प्लट नं.२८४ र २८६ प्युठान रोड कटुवाखोला पुल दक्षिण तर्फ निर्माण गर्न दिइने निर्णय प्रतिलिपि सहित पेश भएको हुँदा सो उल्लेखित प्लट नं. को जग्गा तरकारी बजार व्यवस्थापनको लागि उपलब्ध गराउन सम्वन्धित निकायमा सिफारिस गर्ने निर्णय गरियो |

१०.२ यस घोराही उपमहानगरपालिकाको वातावरण तथा विपद व्यवस्थापन समितिको मिति २०७५/०१/१२ गते बसेको बैठकको देहाय बमोजिमका निर्णयहरु अनुमोदन गर्ने निर्णय गरियो |

तपशिल :

  • धारापानी लिफ्ट सिंचाई कुलोको वाल निर्माण गर्दाको खर्च विवरण पेश भए बमोजिम स्थानीय विपद व्यवस्थापन कोष सि.नं. ४०६० को उपशीर्षक सि.नं. १ बाट भुक्तानी दिने |
  • माटो बोक्न भाँडामा ल्याइएको ट्रयाक्टरलाई उपशीर्षक अनुसार बजेट विनियोजन अन्तर्गत खर्च शिर्षक संकेत २२४१४ ' सरसफाई सेवा शुल्क'बाट भुक्तानी दिने
  • छाडा गाईहरु व्यवस्थापन गर्ने प्रयोजनका लागि 'राप्ती अर्गानिक कृषक गौशाला तथा विविध पशुपालन समूह' संग मिति तय गरि बैठक बस्ने |

१०.३ यस घोराही उपमहानगरपालिकाको कानूनी मामिला शाखाबाट पेश भएको 'घोराही उपमहानगरपालिकाको न्यायिक समितिको बैठक संचालन सम्वन्धी निर्देशिका २०७५' पारित गर्ने निर्णय गरियो |

१०.४ यस घोराही उपमहानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तर्गत उपभोक्ता हित संरक्षण शाखामा बजेट विनियोजन नभएको हुँदा आवश्यक कार्य गर्न कठिनाइ भएकोले सो शाखाबाट पेश भएको कार्यक्रम संचालन गर्न कार्यक्रम विवरण अनुसार कन्टेनजेन्सी शिर्षकबाट आवश्यक बजेट व्यवस्थापन गर्ने गरियो |