FAQs Complain Problems

(बैठक नं. ५८, मिति २०७६।०२।३१, शुक्रबार)

प्रस्ताव 

१.आगामी आर्थिक वर्ष २०७६।०७७को निति तथा कार्यक्रम छलफल सम्वन्धमा ।

२. विविध सम्वन्धमा ।

 

निर्णय नं. १:

आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम माथि छलफल गरियो। सदस्यज्यूहरुबाट प्राप्त सुझावलाई समेत समावेश गरि नीति तथा कार्यक्रम पारित गर्ने र अनुमोदनका लागि नगर सभामा पेश गर्ने निर्णय गरियो।

 

निर्णय नं. २:

विविध

२.१ यस घोराही उपमहानगरपालिकामा विगत लामो समयदेखि काम गर्दै आउनु भएका सरसफाई व्यवस्थापन शाखा अन्तर्गत दैनिक ज्यालादारीमा तपशिल अनुसारका कर्मचारीहरुलाई दैनिक ज्यालादारीमा नै काममा लगाई रहदा प्रशासनिक दृष्टिकोणबाट समेत झन्झटिलो र कर्मचारीको मनोबल समेत गिर्दो अवस्थामा रहेको हुँदा उहाँहरुलाई हाल खाइपाई आएको तलब भत्तामा थप व्ययभार नपर्ने गरि र अन्य सुविधा करार सेवा कानून बमोजिम हुने गरि करार सम्झौता गरि कामकाजमा खटाउने निर्णय गरियो।

तपशिल:

क्र.स.

नाम

पद

१.

चैनु चौधरी

पावर ट्रेलर चालक

२.

प्रेम चौधरी

पावर ट्रेलर चालक

३.

वीर बहादुर चौधरी

ट्रयाक्टर चालक

४.

खुसिराम चौधरी

जे.सि.वि. अपरेटर

५.

वीर बहादुर थापा

कुचिकार

६.

भागीराम चौधरी

कुचिकार

७.

तुलसीराम चौधरी

कुचिकार

८.

रुपकली वि.क.

कुचिकार

९.

राधा वि.क.

कुचिकार

१०.

विन्दु गुरुङ सार्की

कुचिकार

११.

वीर बहादुर डाँगी

चौकीदार

१२.

सिता पिता चौधरी

माली

 

२.२ घोराही उपमहानगरपालिका अन्तर्गत विशेषत: प्राविधिक कर्मचारीहरुको अभावमा योजना संचालन, कार्यन्वयन एवं भवन अनुमति लगायत काम कारवाही प्रभावकारी रुपमा सम्पादन हुन नसकिरहेका सन्दर्भमा आगामी आ.व. ०७६/०७७ बाट प्रभावकारीरुपमा कार्यसमापन गर्न स्थायी पदपूर्ति पश्चात स्वतः पद मुक्त हुनेगरि स्वीकृत दरवन्दी अनुसार प्राविधिक कर्मचारी करारमा नियुक्ति गर्ने निर्णय गरियो |

 

२.३ घोराही उपमहानगरपालिका भित्र यस अघि निर्माण भैसकेका घर, टहरा तथा अन्य संरचनाहरुको अभिलेखीकरण तथा नयाँ निर्माण हुने भवनको नक्सा डिजाइन गर्दा डिजाइनकर्ता व्यक्ति वा फर्मको पारिश्रमिक प्रति वर्ग फिट रु ५|- ( अक्षेरुपि पाँच मात्र) कायम गर्ने निर्णय गरियो ।

 

२.४ घोराही उपमहानगरपालिकाको वडा नं. १२ को मिति २०७६/०२/२९, च.नं. २६२६ को पत्रानुसार मिति २०७५/१०/२५ गते नगर सभाबाट संसोधित वडा स्तरीय सि.नं. २०१० शिक्षा कार्यक्रमको योजनामा विद्यालयको नाम फरक परेको हुँदा देहाय बमोजिम संसोधन गर्ने निर्णय गरियो ।

तपशिल

सि.नं

वडास्तरीय कार्यक्रम

बजेट रु

नगर सभाबाट संसोधित योजना

हाल संसोधित

बजेट रु

 

मा.वि. हापुर रतनपुरको पर्खाल निर्माण

२,००,०००।००(सि.नं. २०१० सि.नं.१०)

मा.वि. विजौरीका कक्षा कोठाहरु पक्कि प्लाष्टर गरि रङ्ग रोगन गर्ने (बजेट रु २०००००।००)

मा.वि.हापुर रतनपुरका कक्षा कोठाहरु पक्कि प्लाष्टर गरि रङ्ग रोगन गर्ने

२,००,०००|००

 

 

२.५ यस घोराही उपमहानगरपालिका कानूनी मामिला शाखाको मिति २०७६/०२/१२ को  पत्रानुसार आ.व. २०७५/०७६को नगर सभाबाट स्वीकृत कार्यक्रम लैंगिक हिँसा निवारण कोषको नाम कानूनी सहायता कोष रहने गरी परिवर्तन गर्ने निर्णय गरियो।

 

२.६ यस घोराही उपमहानगरपालिका भित्रका विद्यालयहरुमा आधारभुत शिक्षा उतीर्ण परीक्षा (कक्षा ८) २०७५को ग्रेड वृद्धि परिक्षा संचालनका लागि नगर परिक्षा संचालन समितिको निर्णयानुसार उक्त कार्यका लागि खर्च भएको रकम रु ६०००००।०० (अक्षरुपि छ लाख मात्र) कन्टेनजेन्सी शिर्षक बाट दिने निर्णय गरियो।

 

२.७ राष्ट्रिय युवा परिषद सानो ठिमी भक्तपुरको प.स. ०७५/०७६ च.नं. ७२९, मिति २०७६/१/२६ को प्राप्त पत्रानुसार परिषदले ७ वटै प्रदेशमा नव प्रवर्द्धन केन्द्र स्थापना गर्न करिब १०० रोपनी जग्गा उपलब्ध गराई दिनुहुन भनि अनुरोध भै आएको र सोही कार्यका लागि घोराही उपमहानगरपालिकाको वडा नं. १३को च.नं. ३०४६ मिति २०७६/०२/३१ को पत्रानुसार  सोही वडाको ज्यामिरे टोलको पश्चिम दक्षिण तर्फको करिव १०-०-० दश विगाह जग्गा उपलब्ध गराउन वडा समितिको निर्णय भै आएको हुँदा उपर्युक्त जग्गा सरकारी जग्गा लिजमा उपलब्ध गराउने सम्वन्धी कार्यनीति २०७१ को प्रक्रिया अनुसार उपलब्ध गराउन अनुमति दिने निर्णय गरियो ।  

 

२.८ यस घोराही उपमहानगरपालिकाको सरसफाई वातावरण तथा विपद व्यवस्थापन समितिको मिति २०७६/०२/०८ को निर्णयानुसार घोराही उपमहानगरपालिका क्षेत्र भित्रका वडा नं.१, वडा नं. २, वडा नं.३ र वडा नं.५ मा गरि जम्मा १२ घर आगलागीमा परि जलेर नष्ट भएको हुँदा तहाँ वितरण गरिएको राहत तथा त्यसको ढुवानी समेत गरि लागेको जम्मा रकम रु. ९३,६२५।०० (अक्षेरुपी त्रियानब्बे हजार छ सय पच्चीस मात्र) स्थानीय विपद व्यवस्थापन कोषबाट भुक्तानी गर्ने निर्णय गरियो।