FAQs Complain Problems

विषय विशेषज्ञको लागि दरखास्त आह्वान गरिएको सूचना |

घोराही उपमहानगरपालिकाको मिति २०७४/०८/२५गते बसेको कार्यपालिकाको बैठकबाट पारित भएको " अस्थायी शिक्षक नियुक्ति कार्यविधि २०७४ " अनुसार यस उपमहानगरपालिका भित्रका बिद्यालयहरुमा रिक्त शिक्षक नियूक्ति कार्यमा विषय विशेषज्ञको रुपमा सूचिकृत हुनका लागि तपशील अनुसारको योग्यता पुगेका शिक्षकहरुबाट तपशील बमोजिम आवश्यक कागजातहरु सहित मिति २०७४/९/४गते सम्म यस उपमहानगरपालिकाको शिक्षा शाखामा दरखास्त पेश गर्न दाङ जिल्ल्लाका सबै शिक्षकहरुलाई यो सूचना प्रकाशित गरिएको छ |

तपशील

१.प्रा.वि. तहको विषय विज्ञको लागि कम्तिमा प्रा.वि. स्थायी शिक्षक र शिक्षा विषयमा स्नातक उतीर्ण भएको हुनुपर्ने छ |

२. नि.मा.वि. तहको विषय विज्ञको लागि कम्तिमा सम्वन्धित विषयको नि.मा.वि. स्थायी शिक्षक र सम्वन्धित विषयमा स्नातक गरेको हुनुपर्ने छ |

३. मा.वि. तहको विषय विज्ञको लागि सम्वन्धित विषयको मा.वि. स्थायी शिक्षक एवं शिक्षा विषयमा वि.एड. र सम्वन्धित विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने छ |

४. मा.वि. तहको योग्यता पुगेका शिक्षकले ३ वटै तहको विज्ञमा आवेदन गर्न सक्नेछ त्यसै गरि नि.मा.वि. तहको योग्यता भएको शिक्षकले २ तहमा आवेदन दिन सक्नेछ |

५. आवेदन पेश गर्दा स्थायी नियूक्ति, शैक्षिक योग्यता, नागरिकता एवं हाल सम्म कार्यरत रहेको विद्यालयको सिफारिस पत्र पेश गर्नुपर्ने छ |

६. सबै तहका विषय विज्ञहरुले शिक्षक सेवा आयोगले तोके बमोजिम एउटा तहको २-२ प्रति नमूना प्रश्न पत्र एवं उत्तरकुन्जिका तयार गरि पेश गर्नुपर्ने छ | बजारमा पाईने पुस्तकबाट हुवहु प्रश्नपत्र तयार नगर्न हुन अनुरोध छ |

 

प्रमूख प्रशासकीय अधिकृत

घोराही उपमहानगरपालिका