FAQs Complain Problems

सूचना

भवन निर्माण सम्बन्धि सूचना

घोराही नगरपालिका क्षेत्र भित्र नयाँ भवन निर्माण. तला थप, भवन मर्मत, मोहडा फेर्ने, सटर थप्ने, टहरा, पर्खाल जस्ता संरचना निर्माण कार्य गर्दा नगरपालिकाबाट स्वीकृती लिएर मात्र राष्ट्रिय भवन निर्माण संहिता अनुसारको भुकम्प प्रतिरोधी संरचना निर्माण गर्न हुन सम्बन्धित सबैमा अनुरोध छ । अनुमति पत्र नलिएर त्यस्ता संरचना निर्माण गरेको पाइएमा नगरपालिकाबाट प्रदान गरिने सेवा सुबिधा रोक्का गर्न सकिने ब्यहोरा समेत जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।