FAQs Complain Problems

सूचना

Pages

२० औं नगरपरिषद

घोराही नगरपालिकाको २० औं नगरपरिषद २०७२ साल पौष २९ गते घोराही नगरपालिकाका प्रमुख एंव कार्याकारी अधिकृत श्री तुफान सिंह केसीको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री दिपक कीफ्लेले वीर सहिदहरुलाई माल्यार्पण र दिप प्रजोलित गरी नगरपरिषदको उद्घाटन गर्नु भएको थियो । नगरपरिषदले घोराही नगरपालिकाको लागि आगामी आर्थिक वर्ष २०७३।७४को नगर विकास योजना तथा कार्यक्रमहरु निर्णय गरेको छ ।