FAQs Complain Problems

जनसहभागीतामा आधारित सौर्य सडक बत्ती कार्यक्रम बारे सूचना ।

यस नगरपालिका भित्र जनसहभागीतामा आधारित सौर्य सडक बत्ती कार्यक्रम संचालन गरिने भएकोले यस नगरपालिका क्षेत्र भित्रका उपभोक्ता समितिहरु, नागरीक सचेतना केन्द्र, टोल विकास संस्था र सार्वजनिक निकायले तोकिएको लागत सहभागितामा सौर्य सडक बत्ती कार्यक्रम संचालनका लागी यस कार्यलयबाट फाराम लिई २०७२ साल फाल्गुन १ गते देखि फाल्गुन मसान्तसम्ममा प्रस्ताव पेश गर्न अनुरोध छ ।
लागत सहभागीता तपसील बमोजिम हुनेछ ।
१) नेपाल सरकारबाट ६५ %, स्थानिय निकायबाट २० % र उपभोक्ताबाट १५ % ।
२) अति विपन्न वस्ति भए नेपाल सरकारबाट ७० %, स्थानिय निकायबाट २० % र उपभोक्ताबाट १० % ।
३) संस्थागत योगदानमा कार्यक्रम संचालन भएमा नेपाल सरकारबाट ७० % र संस्थागत योगदानबाट ३० % ।