FAQs Complain Problems

सामाजीक सुरक्षा सम्बन्धी अत्यन्त जरुरी सूचना । (२०७३।०४।२५)

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नाम दर्ता तथा नवीकरण बारे सूचना

घोराही नगरपालिकामा स्थाई बसोबास गर्ने जेष्ठ नागरिक लगायतका लक्षित समूहका नागरिकहरुलाई प्रदान गरिदै आएको सामाजिक सुरक्षा भत्ता आगामी आ.व.को साउन १ गते देखि पाउन सो तपसिल बमोजिमको शर्त पूरा गरेका योग्य र इच्छुक नागरिकहरुले २०७३ मार्ग १५ गते भित्र घोराही नगरपालिका कार्यालय, वडा कार्यालयमा रित पूर्वक दरखास्त दिनु हुन सूचित गरिन्छ । हाल भत्ता पाइरहेका नागरिकहरुले समेत आगामी आ.व. मा भत्ता लिन चाहेमा नविकरणका लागि दरखास्त दिनु पर्नेछ । यो सूचना बमोजिम दर्ता तथा नवीकरणका लागि दरखास्त नदिने नागरिकहरुले २०७४ साउन देखि भत्ता प्राप्त गर्न नस्कने व्यहोरा समेत जानकारी गरिन्छ । दरखास्त फाराम निशुल्क उपलब्ध गराइनेछ । थप जानकारीका लागि घोराही नगरपालिकामा कार्यालय र वडा कार्यालयमा सम्पर्क गर्नुहुन समेत अनुरोध छ ।
तपसिल
सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरु
  • ७० वर्ष नाघेका जेष्ठ नागरिक
  • ६० वर्ष नाघेका दलित जेष्ठ नागरिक
  • पतिको मृत्यु भएका जुनसुकै उमेरका विधवा
  • ६० वर्ष नाघेका अविवाहित वा सम्बन्ध विच्छेद भएका एकल महिला
  • महिला तथा बालबालिका कार्यालयबाट रातो रंगको अपाङ्गता परिचयपत्र प्राप्त गरेका पूर्ण अशक्त अपाङ्गता भएका
  • महिला तथा बालबालिका कार्यालयबाट निलो रंगको अपाङ्गता परिचयपत्र प्राप्त गरेका अति अशक्त अपाङ्गता भएका
  • लोपोन्मुख आदिवासी जनजाति नागरिक
  • ५ वर्ष मुनिका दलित परिवारका एक आमाका बढीमा २ बालबालिका
  • अघिल्लो वर्षको आषाढ मसान्त भित्र ७० वर्ष पूरा भई चालु आ.व.को भत्ता पाउने सूचीमा समावेश भएका जेष्ठ नागरिकहरुलाई उपचार खर्च ।
नोट : राज्य कोषबाट मासिक रुपमा तलब, भत्ता, पेन्सन लगायत अन्य कुनै सामाजिक सुरक्षा सम्बन्धी सुबिधा पाइरहेका नागरिकहरुले सामाजिक सुरक्षा भत्ता नपाउने ।