सूचना
सामाजीक सुरक्षा सम्बन्धी सूचना (२०७३।०५।२०)
घोराही नगरपालिका अन्तर्गत बिभिन्न वडाहरुमा रहेका जेष्ठ नागरीक (दलित र अन्य), विधवा / एकल महिला, पूर्ण अशक्त अपांग, आँशिक अपांग र लापोन्मुख लाभग्राहीहरुको सामाजीक सुरक्षा भत्ता बैंक तथा बित्तिय संस्था मार्फत खाता खोली भत्ता बितरण गर्ने नेपाल सरकारको नीति बमोजीम देहाय बमोजिमका कागजातहरु साथमा लिइ २०७३ साल असोज महिनाको पहिलो हप्ताभित्र निम्न बमोजिमका बैंक तथा बित्तिय संस्थाहरुमा सम्पर्क राखी खाता खोल्न सम्बन्धित सबैको जानकारीका लागी यो सूचना प्रशारित गरिएको छ ।
साथै गत वर्ष निवेदन दिएका र योग्यता पुगेका लाभग्राहीले आफ्नो परिचयपत्र लिनका लागि नगरपालिका कार्यालयको पञ्जिकरण शाखामा सम्पर्क गरी परिचयपत्र लिएर सम्बन्धित बैंकमा खाता खाल्नु होला । बैंक खाता नखोलेका लाभग्राहीहरुको भत्ता निकासा नहुने व्योहरा समेत सूचीत गरिन्छ ।
संलग्न राख्नु पर्ने कागजातहरु .
१. नेपाली नागरीकताको प्रतिलिपी
२. सामाजीक सुरक्षा भत्ता प्राप्ती परिचय पत्र
३. पासपोर्ट साइजको फोटो २ (दुई प्रति)
खाता खाल्नका लागि तोकिएका बैंक तथा बित्तिय संस्थाहरुको विबरण
वडा नं. बैंकको नाम सम्पर्क नम्बर
१ नेपाल बैंक लिमिटेड ०८२-५६००१२
२ प्रभु विकास बैंक ०८२-५६३१८६
३ लक्ष्मी बैंक ०८२-५६३६७१
४ ग्लोबल आइएमई बैंक ०८२-५६२२८५
५ कृषि विकास बैंक बैंकिङ ०८२-५६०५८०
६ मेगा बैंक लिमिटेड ०८२-५६३४२५
७ भार्गव विकास बैंक ०८२-५६३७४०
८ सिटीजन बैंक ०८२-५६३३०७
९ कर्णाली विकास बैंक ०८२-५६२८२३
१० हिमालयन बैंक ०८२-५६२९०१
११ माछापुच्छ्रे बैंक ०८२-५६२३७२