हरित क्रान्ति आत्मनिर्भरता, सहभागिता र समता- मानव विकास स्वस्थ र स्वच्छ घोराही उप-महानगरपालिका

header AD
संक्षिप्त विवरण

घोराही उपमहानगरपालिका  82.336730 पूर्वी देशान्तर देखि  82.624060  पूर्वी देशान्तर सम्म र 27.89901० उत्तरी अक्षांस देखि 28.15390 उत्तरी अक्षांस सम्म  फैलिएको छ ।यो पालिका समुद्र सतहवाट ६०० मीटरको उचाई  अवस्थित छ ।लुम्बिनी  प्रदेश  अन्तर्गत पर्ने दाङ उपत्यकामा अवस्थित घोराही उपमहानगरपालिका क्षेत्रफलका हिसाबले नेपालकै ठूलो उपमहानगरपालिका हो । चुरे र महाभारात पर्वतले घेरेको  एसिया कै दोस्रो ठूलो उपत्यका दाङ उपत्यकाको पूर्वि भाग र केही पहाडी इलाकामा फैलिएर कुल ५२२.२१ बर्ग किलोमिटर  क्षेत्रफल रहेको उपमहानगरपालिकाको पूर्वमा बंगलाचुली गाँउपालिका, पश्चिममा तुलसीपुर उपमहानगरपालिका , उत्तरमा रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिका र  दक्षिणमा लमही नगरपालिकाले घेरिएको छ। यो उपमहानगरपालिका नेपालको राजधानी काठमाण्डौँबाट ४११ कि.मी. पश्चिम दिशामा अवस्थित छ ।

आधारभूत जानकारी
Lumbini
Dang
उपमहानगरपालिका
522.21 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 200530
Male 93848
Female 106682
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at 2035-10-15
Website http://www.ghorahimun.gov.np

Coordinates: 28.035306° N, 82.481907° E