FAQs Complain Problems

आ. व. २०७१/२०७२ मा सम्पादन गरेका कार्यक्रहरुको वार्षिक प्रगती समीक्षा कार्यक्रमको निष्कर्ष

१. घोराही नगरपालिकाको आ. व. ०७१/०७२मा भएको आमदानी, खर्च, सम्पन्न भएका योजना तथा कार्यक्रमहरुको विवरण, सामाजिक सुरक्षा पंजीकरण लगायत भए गरेको सम्पूर्ण काम कारवाहीको बिबरंका साथै समस्या चुनौती र उल्लेखनीय कार्यहरु आजको समीक्षा बैठकमा प्रस्तुत गरियो | प्रस्तुत विवरण अनुसार नगरपालिकाको स्थिति राम्रो रहेको पाइयो |

२. वार्षिक प्रगति समीक्षा कार्यक्रममा सरोकारवालाहरु तपसिल बमोजिम सल्लाह सुझाव टिप्पणी प्राप्त भयो |

  • नगरको भौतिक पूर्वाधार विकास सचेतनामुलक कार्यक्रम, आय आर्जन र सीपमुलक कार्यक्रम र हरित नगर सरसफाई अभियान जस्ता कार्यक्रमलाई आगामी दिनमा अझ व्यापक र विस्तार गर्दै लैजानु पर्ने |
  • नगरबासीहरुलाई उपलब्ध गराउदै आएका सेवा सुबिधालाई अझ व्यवस्थित, सरल र छिटो छरितो ढंगले सम्पन्न गर्न प्रयत्नरत रहनु पर्ने |
  • ग्रामिण क्षेत्रमा लागत सहभागिता रकमलाई कम गर्नु पर्ने |
  • बजारका सबै क्षेत्रमासडक बत्तीलाई विस्तार गर्नु पर्ने |
  • शहरीकरण बढ्दै गएको परिपेच्छमा सडकलाई फराकिलो बनाउन पहल गर्नु पर्ने |
  • नगरपालिकाले सुरु गरेको कृतिम जलाशय निर्माण कार्यलाई नारान्तरता दिनु पर्ने |
  • छाडा चौपयाहरुलाई नियन्त्रण गर्नु पर्ने |सरसफाई क्षेत्र विस्तार गर्नु पर्ने |

३. प्राप्त भएका सल्लाह सुझाव एवं टिप्पणीलाई आगामी नगर परिषदमा पेश गर्ने निर्णय गरियो |