FAQs Complain Problems

बैठक नं. १२ को निर्णयहरु (२०७४।०६।२५)

निर्णय नं. १ :

घोराही उपमहानगरपालिकामा रहेको सार्वजनिक पुस्तकालयको रुपमा परिचित सर्वोदय पुस्तकालय तथा वाचनालय व्यवस्थित र प्रभावकारी बनाउन व्यवस्थापकीय सहयोगका लागि आ.व. २०७४/०७५ मा रु १,००,०००|०० आर्थिक सहयोग गर्ने निर्णय गरियो |

 

निर्णय नं. २:

घोराही उपमहानगरपालिका वडा नं.५मा रहेको प्रशिद्ध धार्मिक स्थल पाण्डेश्वर महादेव मन्दिर धारापानीको गुरुयोजना तथा कल्भर्ट निर्माणका लागि विस्तृत अध्ययन गरि ल.ई. सहितको प्रतिवेदन पेश गर्ने गरि देहाय बमोजिमको ५ सदस्यीय समिति गठन गरि प्रक्रिया अगाडी बढाउने निर्णय गरियो |

संयोजक: बिष्णुमणि दाहाल

सदस्य: रेव बहादुर बुढाथोकी

सदस्य: खोपीराम चौधरी

सदस्य: पाण्डेश्वर महादेव मन्दिर धारापानी व्यवस्थापन समितिको अध्यक्ष वा निजले तोकेको प्रतिनिधि

सदस्य: नरेश बिक्रम सुवेदी (योजना शाखा)

 

निर्णय नं.३ :

घोराही उपमहानगरपालिकामा बढ्दो क्रिकेट खेल प्रतिको आकर्षणलाई सम्बोधन गर्न क्रिकेट खेललाई व्यवस्थित तरिकाले संचालन गराउनका लागि दाङ क्रिकेट संघलाई सहयोग स्वरूप रु ३,००,०००|००              आर्थिक सहयोग गर्ने निर्णय गरियो |

 

निर्णय नं. ४ :

घोराही उपमहानगरपालिकाबाट आ.व. २०७४/०७५का लागि लागत सहभागिता कार्यक्रम अन्तर्गत संचालन गरिने सडक पिच तथा पूर्वाधार निर्माणका लागि ग्रामिण क्षेत्रमा १५%, शहरी क्षेत्रमा ३०% लागत सहभागिता, नगरस्तरीय र वडा स्तरीय पूर्वाधार निर्माणका लागि ५% रकम जुटाई योजना संचालन गरिने निर्णय गरियो |

 

निर्णय न. ५:

घोराही उपमहानगरपालिकामा गठन भए संगै सेवा विस्तार हुँदा कर उपशाखामा सेवाग्राहीको समस्यालाई मध्यनजर गरि सेवा प्रवाहलाई सेवाग्राहीमैत्री अनुकुल बनाउन Digital Token प्रणाली लागु गर्ने निर्णय गरियो |

 

 

 

 

 

निर्णय नं. ६:   

घोराही उपमहानगरपालिका क्षेत्र भित्र उ.प.न.पाबाट नक्सा पास इजाजत प्रक्रिया पूरा नगरी निर्माण गरेका घरहरुको अभिलेख तथा इजाजतका लागि उ.प.न.पामा दरखास्त पेश हुन आएका वा पेश हुने दरखास्तहरुलाई प्राविधिक प्रतिवेदन र सम्वन्धित वडाको सिफारिसको आधारमा उ.प.न.पाको मापदण्ड पुग्ने गरि निर्माण भएका संरचनामा प्रति वर्ग फिट थप जरिवाना दस्तुर साविकको दरमा दोब्बर लिई आगामी २०७४ चैत्र मसान्त सम्ममा सूचना प्रवाह गरि घर नक्सा पास अभिलेखीकरण गर्ने निर्णय गरियो |

 

निर्णय ७:

घोराही उपमहानगरपालिकाको तर्फबाट अदालतमा तारिख लिन र मुद्धा मामिला सम्वन्धि प्रतिनिधिको रुपमा कार्य गर्नका लागि यसै कार्यालयका ना.सु.श्री कुमार सिंह पुनलाई अख्तियारी दिने निर्णय गरियो |

 

निर्णय नं. ८ :

यस घोराही उपमहानगरपालिकाबाट संचालन हुने योजनाहरुको प्रभावकारी रुपमा कार्यन्वयन गर्न योजना संचालन कार्यान्वयन, जाँच पास तथा फरफारक कार्यविधि २०७४ निर्माण गर्ने निर्णय गरियो | कार्यविधि निर्माण गर्न विधयक समितिको संयोजकत्वमा निम्न ४ सदस्यीय समिति गठन गर्ने निर्णय गरियो |

१. रमेश कुमार पाण्डेय : संयोजक

२.योजना महाशाखा प्रमुख: सदस्य

३. प्रशासन महाशाखा प्रमुख : सदस्य

४. आर्थिक प्रशासन शाखा प्रमुख : सदस्य

समितिले आवश्यकता अनुसार विज्ञको सेवा लिन सक्ने निर्णय  गरियो |

 

निर्णय नं. ९ :

यस घोराही उपमहानगरपालिकाबाट विभिन्न सामान खरिद प्रक्रियाका लागि आह्वान गरिएका बोलपत्रहरुको प्राविधिक तथा आर्थिक प्रस्ताव मूल्यांकन गर्न सार्वजनिक खरिद नियमावली २०६४ नियम १४७ बमोजिम निम्न ३ सदस्यीय समिति गठन गर्ने निर्णय गरियो |

१. योजना महाशाखा प्रमुख: संयोजक

२. प्रशासन महाशाखा प्रमुख : सदस्य

३. आर्थिक प्रशासन महाशाखा प्रमुख : सदस्य

 

 

 

 

 

 

 

निर्णय नं. १० :

आ.व. २०७४/७५मा महिला तथा बालबालिका शाखाबाट सम्पादन हुने कामहरुका लागि नीति तथा कार्यक्रममा श्रोत व्यवस्थापन छुट भएको हुँदा यस घोराही उपमहानगरपालिकाको आन्तरिक श्रोतबाट अधिकतम बजेट रु १७,८७,०००|०० व्यवस्थापन गरि कार्यक्रम अगाडि बढाउने निर्णय गरियो |

 

निर्णय ११:

यस घोराही उपमहानगरपालिकाको आ.व. २०७४/०७५को सामाजिक सुरक्षा भत्ता बैंक मार्फत दिने ऐन अनुसार बैंकिंग प्रणाली मार्फत वितिरण गर्ने निर्णय गरियो |

 

निर्णय नं.१२ :

नेपालीहरुको महान् चाड शुभ दिपावली तथा छठ पर्व २०७४को उपलक्ष्यमा सम्पूर्ण नगरवासीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं साथै चाडपर्वलाई सभ्य र मर्यादित रुपमा मनाउन चाड पर्वको अवसर पारी गरिने जुवातास तथा अन्य विकृति जन्य गतिविधिहरुलाई नियन्त्रण गर्न नगरवासी लगायत सरोकारवाला सबैमा हार्दिक अनुरोध गर्ने निर्णय गरियो |