FAQs Complain Problems

बैठक नं. १९ (२०७४/१०/११)

प्रस्ताव: (२०७४/१०/११, बैठक नं. १९)

  1. कार्यविधि पारित सम्वन्धमा
  2. कानून निर्माण सम्वन्धमा
  3. नगर सभाबारे छलफल सम्वन्धमा
  4. सिप्रदी संस्थालाई सौर्य बत्ति जडान कार्यको भुक्तानी सम्वन्धमा
  5. नारायणपुर उद्योग वाणिज्य संघलाई सहयोग सम्वन्धमा
  6. डिजिटल सूचना पाटी सम्वन्धमा
  7. टोल फ्रि नम्बर राख्ने सम्वन्धमा
  8. छनोट समिति गठन सम्वन्धमा
  9. स्थापना दिवस सम्वन्धम

 

निर्णय नं. १

सूचना, संचार तथा तथ्यांक व्यवस्थापन महाशाखाबाट पेश भएको टोल विकास संस्था संचालन कार्यविधि २०७४ र बजार व्यवस्थापन कार्यविधि निर्माण समितिबाट पेश भएको बजार व्यवस्थापन कार्यविधि-२०७४ माथि छलफल गरियो | महाशाखाबाट र निर्माण समितिबाट पेश भएको कार्यविधि पारित गर्ने निर्णय गरियो |

 

निर्णय नं. २

घोराही उपमहानगरपालिकाका विभिन्न विषयगत महाशाखा/ शाखाबाट सम्पादन हुने कार्य र कार्य क्षेत्र भित्रका कामकारवाहीलाई विधि सम्मत तरिकाले सम्पादन गर्न तपशील अनुसारका कानून निर्माण गर्न आवश्यक भएको हुँदा कानून निर्माणका लागि निम्न ४ सदस्यीय कानून मस्यौदा निर्माण समिति गठन गर्ने निर्णय गरियो | समितिले आवश्यकता अनुसार विज्ञ समूह र कानुनी व्यक्तित्वको सल्लाहमा कानून निर्माण गरि नगर सभामा पेश गर्ने निर्णय गरियो |

 तपशील :

नगर प्रमूख : संयोजक

उप प्रमूख : सदस्य

विधयक समितिको संयोजक : सदस्य

प्रमूख प्रशासकीय अधिकृत : सदस्य

तपशील ऐन/ नियम :

  1. शिक्षा नियमावली -२०७४
  2. एफ.एम.रेडियो (व्यवस्थापन तथा संचालन) कार्यविधि -२०७४
  3. आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानून - २०७४
  4. कृषि व्यवसाय प्रवर्धन ऐन-२०७४
  5. सहकारी ऐन-२०७४
  6. नगर प्रहरी  (व्यवस्थापन तथा संचालन ) कार्यविधि - २०७४
  7. स्थानीय तहका कर्मचारी (व्यवस्थापन तथा संचालन) कार्यविधि - २०७४
  8.  विपद (व्यवस्थापन तथा संचालन ) कार्यविधि -२०७४

 

निर्णय नं. ३

घोराही उपमहानगरपालिकाको दोश्रो (हिउँदे) नगर सभा आगामी २०७४ साल फागुन १५ गते गर्ने निर्णय गरियो |

 

 

निर्णय ४.

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट स्वीकृत स्पेसिफिकेसन बमोजिम घोराही उपमहानगरपालिका क्षेत्र भित्र विभिन्न स्थानमा जनसहभागितामा आधारित सौर्य सडक बत्ति जडान कार्यक्रम अन्तर्गत घोराही उपमहानगरपालिकाको मिति २०७३/०३/३ को सार्वजनिक सूचना अनुसार दरभाउ पत्र स्वीकृत भै कार्यादेश अनुसार कार्य सम्पन्न गरेको हुँदा सम्झौता अनुसार भुक्तानी पाउँ भनी सिप्रदी प्रा.लि.को मिति २०७४/०९/०९ को पत्र प्राप्त भएको | सम्वन्धित टोल विकास संस्था र वडा कार्यालयको सिफारिस अनुसार कार्य सम्पन्न भएकोले भुक्तानी दिनु हुन भनी प्रतिवेदन समेत प्राप्त भएको हुँदा सिप्रदी संस्थालाई आ.व. २०७३/०७४को सौर्य सडक बत्ति जडान कार्यका लागि ७५ प्रतिशत भुक्तानी दिने र बाँकी २५ प्रतिशत मर्मत सम्भार सम्पन्न भए पश्चात मात्र भुक्तानी दिने निर्णय गरियो |

 

 

निर्णय नं. ५

नारायणपुर उद्योग बाणिज्य संघलाई व्यापारिक, कृषि तथा पर्यटन महोत्सव-२०७४ संचालनका लागि विशेष प्रायोजक हुने गरि रु ४,०००००|०० (अक्षरुपि चार लाख) आर्थिक सहयोग गर्ने निर्णय गरियो |

 

निर्णय नं. ६

घोराही उपमहानगरपालिकाबाट सम्पादित हुने कामकारवाहीलाई अझ बढि सरल र प्रभावकारी बनाउन कामकारवाहीसंग सम्वन्धित सूचनाहरु डिजिटल प्रणाली मार्फत आम नगरवासीहरुमा पुर्याउने उद्देश्यका साथ र घोराही उपमहानगरपालिकाको बढी जनसम्पर्क रहने बजार क्षेत्रको उपयुक्त स्थानमा डिजिटल सूचना पाटी राख्ने निर्णय गरियो |

 

निर्णय नं. ७

घोराही उपमहानगरपालिकाबाट संचालन हुने कामकारवाहीहरुलाई आम नगरवासीहरुमा सुसूचित गर्ने र काम कारवाहीसंग सम्वन्धित नगरवासीको सल्लाह, सुझाव र गुनासोहरुलाई सम्बोधन गर्न उपमहानगरपालिका भित्र एक टोल फ्री नं. राख्ने निर्णय गरियो |

 

निर्णय नं. ८

आ.व.२०७४/०७५ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार घोराही उपमहानगरपालिकाको पशु सेवा शाखाबाट लागत साझेदारीमा तपशील अनुसारको कार्यक्रम संचालन गर्न मिति २०७४/०९/०४ गते पत्रिकामा प्रकाशित प्रस्ताव आह्वान बमोजिम पर्न आएका प्रस्तावहरुको स्थलगत अनुगमन गरी छनौट गर्न तपशील अनुसार छनौट समिति गठन गर्ने निर्णय गरियो |

  •  

आर्थिक विकास समितिको संयोजक -संयोजक

सामाजिक विकास समितिको संयोजक - सदस्य

सार्वजनिक सेवा तथा क्षमता विकास समितिको संयोजक - सदस्य

पूर्वाधार विकास समितिको संयोजक - सदस्य

विधयक समितिको संयोजक - सदस्य

वातावरण तथा विपद व्यवस्थापन समिति - सदस्य

 

निर्णय नं. ९.

आगामी २०७४ साल माघ १५ गते नगरपालिकाको स्थापना दिवसको अवसरमा तपशील अनुसारका कार्यक्रम गरि स्थापना दिवसलाई भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरियो |

तपशील:

  • ५ नं. प्रदेश सभासद अमर बहादुर डाँगीज्यूलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गर्ने
  • १०० वर्ष नाघेका ज्येष्ठ नागरिकहरुलाई एक-एक वटा दोसल्ला र हर्लिक्स प्रदान गर्ने
  • वातावरणमैत्री उत्कृष्ट टोल विकास संस्थालाई सम्मान गर्ने
  • एस.इ.इ. परिक्षामा सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक प्राप्त गरेका एक एक जना छात्र/छात्रा र एक-एक जना दलित छात्र छात्रालाई सम्मान गर्ने
  • खेलकुदको क्षेत्रमा राष्ट्रिय / अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण भूमिका खेलेका नगरवासी खेलाडीलाई सम्मान गर्ने
  • विभिन्न व्यावसायिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका नगरवासी करदाताललाई सम्मान गर्ने ,
  • पुर्व नगर प्रमुख / उपप्रमुखलाई सम्मान गर्ने,
  • सेवा निवृत्त कार्यकारीलाई सम्मान गर्ने
  • विकास मुलक/ खोजमुलक पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने पत्रकारलाई सम्मान गर्ने

उपर्युक्त कार्यका लागि सम्वन्धित महाशाखा र शाखा प्रमूखलाई जिम्मेवारी दिने |