FAQs Complain Problems

बैठक नं. २९(२०७५।०२।१०)

प्रस्ताव:(मिति २०७५/०२/१०, बैठक नं. २९)

१.ऐन/ कानुन सम्वन्धमा

निर्णय नं. १:

मिति २०७४/१२/२१ गतेको नगर सभामा प्रस्तुत भएका तपशिल अनुसारका ऐन/कानुनहरु पारित गर्ने सम्वन्धमा थप अध्ययनको आवश्यकता भएकाले थप अध्ययन पश्चात संशोधन सहित पारित गर्न सम्मानित नगरसभाबाट कार्यपालिकालाई अधिकार प्राप्त भए बमोजिम नगर सभाका सदस्यहरु सम्मिलित कार्यपालिकाको आजको बैठकमा ऐन/कानुन पारित गर्ने सम्वन्धमा व्यापक छलफल गरियो | नगर सभाका सदस्यहरु सम्मिलित आजको बैठकमा प्राप्त भएका सुझावलाई समेत समावेश गर्दै संशोधन सहित ऐन/कानुनहरु पारित गर्ने निर्णय गरियो |

तपशिल:

ऐन/कानूनहरु :

  1. आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानून - २०७४
  2. सहकारी ऐन - २०७४
  3. शिक्षा ऐन - २०७४
  4. कृषि व्यवसाय प्रवर्धन ऐन - २०७४
  5. न्यायिक समिति (कार्यविधि सम्वन्धि) ऐन - २०७४
  6. एफ.एम. रेडियो संचालन तथा व्यवस्थापन ऐन - २०७४
  7. प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७४
  8. शिक्षा नियमावली - २०७४